×

NMB BANK
NIC ASIA

अर्जेन्टिनाका लागि मेसीले कटाए १०० गोल

चैत १५, २०७९

NTC
Premier Steels

कतार विश्वकप विजेता टोली अर्जेन्टिनाका लियोनेल मेसीले राष्ट्रिय टिमबाट १०० गोल संख्या कटाएका छन् ।

Muktinath Bank

नेपाली समय अनुसार बुधबार बिहान सकिएको खेलमा काराकाओविरुद्ध ह्याट्रिक गर्ने क्रममा मेसीले यो दुर्लभ संयोग आफ्नो नाममा लेखाएका हुन् । मेसीले १७३ खेल खेल्दा गोलसंख्या १०२ पुर्याएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेसीभन्दा अगाडि दुई जना खेलाडी मात्रै छन् । 


Advertisment
Nabil box
Kumari

पोर्चुगलका क्रिश्चियानो रोनाल्डोले १९८ खेलमा १२२ गोल गरेका छन् । इरानका अलि दाइ १४८ खेलमा १०९ गोल गरेर दोस्रो स्थानमा छन् । अब दोस्रो स्थानका दाइभन्दा मेसी ७ गोलले मात्रै पछाडि रहेका छन् । 

Vianet communication

मेसीले काराकाओविरुद्ध खेलको २० औं मिनेटमा गरेको पहिलो गोलबाट राष्ट्रिय टिमका लागि १०० गोल पूरा गरेका हुन् । त्यसपछि ३३ र ३७ मिनेटमा मेसीले गोल गर्दा ह्याट्रिक पनि पूरा गरे । 
मेसीले खेलमा एक एसिस्टसमेत गरे । 

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले काराकाओविरुद्ध ७–० गोलको फराकिलो जीत पनि हात पार्यो । यस अघिको मैत्रीपूर्ण खेलमा मेसीले पानामाविरुद्ध फ्रिकिकबाट शानदार गोल गर्दै ९९ संख्या पुर्याएका थिए । 

मेसीकै प्रेरणामा २०२२ मा अर्जेन्टिनाले कतारमा विश्वकपको उपाधि उचालेको थियो । मेसीले प्रतियोगितामा ७ गोल गरेका थिए । मेसी विश्वकपको सर्वोत्कृष्ट खेलाडी पनि चुनिएका थिए ।  

मेसीले २००५ मा राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए । १७ वर्षका अवधिमा मेसीले विश्वकप र कोपा अमेरिका जस्ता प्रतिष्ठित उपाधि दिलाउन प्रमुख योगदान गरेका छन् ।

उनले २०१४ मा अर्जेन्टिनालाई फाइनलमा पुर्याएका थिए । पटकपटक टिमलाई कोपाको फाइनलमा पुर्याए पनि उनी २०२१ मा भने यो उपाधि जित्न सफल भए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x