×

NMB BANK
NIC ASIA

कांग्रेस बैठकका निर्णय

कांग्रेस बैठकः पार्टीभित्र सल्लाह गरेर देउवाले मन्त्री छान्ने, बारा २ मा उम्मेदवारबारे १९ गते निर्णय लिने

चैत १६, २०७९

NTC
Premier Steels

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समितिको बैठकले १० वैशाखमा हुने उपनिर्वाचनका लागि २ क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ ।

Muktinath Bank

तनहुँ २ मा नेविसंघका पूर्वसभापति गोविन्द भट्टराई र चितवन २ मा पूर्वजिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी प्रवक्ता डा. प्रकाशशरण महतले दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बारा २ मा भने १९ चैतमा पुनः केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समितिको संयुक्त बैठक बसेर आवश्यक निर्णय गर्ने उनले बताए। 


Advertisment
Nabil box
Kumari

बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्दैछन् । यसैले कांग्रेसले पनि उम्मेदवार नउठाई उनैलाई सहयोग गर्ने नीति लिएको छ । तर २० चैतमा उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन मात्रै कांग्रेसले घोषणा गर्ने भएको हो । 

Vianet communication

कार्यसम्पादन समितिको बैठकले मिटरब्याजीबाट पीडित हुनेको समस्या समाधानका लागि पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

‘मिटरब्याजी पीडितबाट आहत नागरिकको समस्याप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । कानुनी व्यवस्थासँगै आवश्यक समाधानका लागि सरकारले तत्परता देखाउनुपर्छ र समाधान गर्नुपर्ने निर्णय हामीले गरेका छौं,’ महतले भने। 

सरकारमा मन्त्री चयनबारे के निर्णय गर्‍यो कांग्रेसले ? 

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीभित्र सबैसँग सल्लाह गरेर सभापति शेरबहादुर देउवाले सरकारमा मन्त्री पठाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले तोकेको योगदान, दक्षता, समावेशी र प्रादेशिक सन्तुलन मिलाएर सभापतिले मन्त्रीमा नाम पठाउने जानकारी दिएका छन् । 

‘मन्त्रिपरिषद्मा कांग्रेसले भाग लिनेबारे चर्चा भएको छ । कार्यसम्पमादन समितिले पहिले नै योगदान, दक्षता, समावेशी र प्रादेशिक सन्तुलनका आधारमा मन्त्री चयन गर्ने भनेको थियो । यसैलाई मध्यनजर गरेर सरकारमा सदस्य पठाउने निर्णय भएको छ’, महतले भने, ‘नामको विषयमा हामीले तोकेको मापदण्डलाई टेकेर सभापतिले सबैसँग छलफल गर्नुभएको छ । सल्लाह र सुझाव लिनुभएको छ । यसकै आधारमा सभापतिले प्रधानमन्त्रीलाई नाम दिनुहुन्छ । शपथ कहिले हुन्छ भन्ने प्रधानमन्त्रीले खबर गर्नुहोला ।’ 

रास्वपा सहभागिताबारे 

सरकार विस्तारमा राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सहभागी नहुने निर्णय कांग्रेसले गरेको छ । 

‘रास्वपाले सरकारलाई साथ दिएको छ । तर तत्काल होइन पछि सरकारमा कसरी जाने भन्नेमा उहाँहरूसँग परामर्श भएको होला भन्ने बुझेका छौं । अहिलेलाई यही निर्णय भएको छ,’  महतले भने ।

रास्वपालाई आगामी दिनमा सरकारमा समेट्नेबारे प्रधानमन्त्रीले नै परामर्श गर्ने जानकारी उनले महतले बताए। 

बिहीबार विस्तारित हुँदै गरेको मन्त्रिपरिषद् विस्तारमा कांग्रेस, माओवादी, जसपा, नेकपा एस, जनमत, लोसपा, नागरिक उन्मुक्तिसहितका दल सहभागी हुँदैछन् ।

तर १९ सिट भएको रास्वपाले भने तत्काल सरकारमा सहभागी नहुने जनाएकव छ। १० वैशाखमा हुने उपनिर्वाचनमा रास्वपाका सभापति रवि लामिछाने फेरि चितवन २ बाट निर्वाचन लड्दैछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x