असोज १०, २०८०
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
लामो समयदेखि समाज विकास तथा अनुसन्धानमा लाग्दै आएको राजधानीको एउटा संस्था विकासमा अध्यात्मलाई जोड्ने विचारमा थियो । उसले यसका लागि सर्वप्रथम भारतको हरिद्वारमा सञ्चालित पतञ्जलि योगपीठको अवलोकन गर्ने निधो गर्यो ।
त्यतिबेला पतञ्जलि योगपीठको हालको जस्तो संरचना तयार भइसकेको थिएन । शहरकै एउटा छेउमा केही जमिन भाडामा लिएर सेवा दिँदै आएको थियो । अवलोकन भ्रमणमा जाने भएपछि संस्थाकै अध्यक्षको अध्यक्षतामा ३ सदस्यीय टोली बन्यो, जसमा अध्यक्षबाहेक संस्थाकै एक उच्च अधिकृत र गोपाल समावेश थियो । भ्रमणको उद्देश्य पतञ्जलि योगपीठको विकासको मोडल र उसको गतिविधि निरीक्षण गर्नु थियो ।
पतञ्जलि योगपीठ भारतीय सन्यासी रामदेव र उनका सहयात्री सुवेदी थरका एक नेपाली सज्जनको प्रत्यक्ष लगानी रहेको संस्था हो । स्वामी रामदेव योग शिविरका लागि प्रायः बाहिरै रहने भएकाले संस्थाको नेतृत्व सुवेदीले गर्दै आएका थिए, जो आचार्यजीको नामले बढी परिचित थिए । उनको बोलीचाली राम्रो थियो, ओठमा मुस्कान, बोलीमा मिठास तर व्यवहार भने खासै मन परेन गोपाललाई । साथीहरूलाई कस्तो लाग्यो कुन्नि ? सायद उनीहरूलाई पनि त्यस्तै लागेको हुनुपर्छ । उनी आफूलाई नेपाली भनेर चिनाउन खासै रुचाउँदैनथे ।
उनको बोली र बडीमा नेपाली भनेर चिनाउँदा आपूmप्रतिको दृष्टिकोण अर्कै हुन सक्छ भन्ने भाव प्रष्टै झल्कन्थ्यो । कुराकानीको क्रममा ‘तुम नेपाली’ भन्थे । ‘तुम लोग ऐसा कर सकते हो तो हम ऐसा करेंगें’ भन्न पनि पुगिरहेका हुन्थे । तथापि परदेशमा रहेर पनि एउटा नेपालीले गरेको प्रगति देखेर खुशी नै मानें ।
भ्रमणको उद्देश्य नै त्यस्तै रहेकाले टोलीका सदस्यले सर्वप्रथम बिरामीको अभिनय गरी चिकित्सालयको टिकट काटे । बिरामी जाँच्ने व्यवस्था ठीकै लाग्यो । खुला स्थानमा अस्थायी रूपले बारेर बिरामी जाँच्ने कोठाहरू बनाएका रहेछन्, जहाँ मुस्किलले एक पटकमा एक बिरामी र एक चिकित्सकसम्म अट्न सक्थे । पालो आएपछि सबैलाई एकएक गरी बोलाइयो ।
टोलीका सदस्यहरूले आ–आफ्ना बनावटी समस्या बताए । जाँच्ने काम सकियो । चिकित्सकले केही योगको प्रशिक्षण लिन र केही औषधि सेवन गर्न सुझाए । योग शिक्षकले एक पटकमा ५०–६० जना जतिलाई एक घण्टाको प्रशिक्षण दिँदा रहेछन् । १/१ घण्टा गरी प्रशिक्षण झण्डै दिनैभरी जस्तै चल्दो रहेछ ।
प्रशिक्षण सकिएपछि उनीहरू औषधिको बील बनाउन लागे वित्तीय कक्षतिर । काउन्टरवालाले जनही त्यस्तै हजार १२ सयजति भारुको बिल उठाए होलान् औषधिको । त्यसपछि पो थाहा भयो, पतञ्जलि योगपीठले मानिसलाई कसरी व्यवसाय चलाएको रहेछ भन्ने कुरा । बिल लिएपछि उनीहरू औषधि खरिद नगरिकनै बाहिर निस्के । किनकि उनीहरूलाई औषधिको आवश्यकता नै थिएन । बिरामी भएका भए पो औषधिको आवश्यकता पर्नु ।
त्यसपछि भ्रमण टोली संस्थाको अन्य गतिविधि निरीक्षण गर्नतिर लाग्यो । उनीहरूको विचार त योगपीठको बन्दै गरेको १५ अर्ब भारुको योजना निरीक्षण गर्नु पनि थियो तर त्यति नै बेला तत्कालीन राजा ज्ञानेन्द्रले सरकार अपदस्थ गरी सत्ता हातमा लिएको समाचार आयो । त्यसपछि मुलुक जल्ने भयो भन्ने डर र घरपरिवारको चिन्ताले भ्रमण स्थगित गरी त्यसैदिन साँझ स्वदेश फिर्तीको टिकट काटे । गोरखपुरसम्म त सजिलै आए तर गोरखपुर आइपुगेपछि भने ज्यादै नमिठो अनुभव गर्नुपर्यो, बस व्यवसायीका दलालीका कारण । यस्तै–यस्तै तीतामीठा अनुभव सँगाली बुद्ध एयरबाट त्यसैदिन अपराह्नतिर काठमाडौं आइपुगे ।
उनीहरूलाई अहिलेसम्म चक्काजाम र आगजनीका कारण बाटो पाउनै गाह्रो पर्ने अवस्था सिर्जना भइसकेको होला भन्ने लागेको थियो काठमाडौंमा तर यहाँ त मानौं केही पनि भएको छैन जस्तो गरी यथावत् दिनचर्या चलिरहेको रहेछ । ट्याक्सी चालक भाइबाट शाही ‘कु’लाई धेरैले राम्रो मानेका र केहीले दीपावली नै गरेको थाहा पाएर छक्क परे । यसबाट उनीहरूलाई सत्ताधारी र सत्ताकांक्षीहरूको व्यवहारबाट नेपालीहरू कति बढी वाक्क भएका रहेछन् भन्ने बुझ्न त्यति टाडा जानुपरेन ।
नेपालीहरूको बानी के छ भने जो आए पनि नयाँ आउनासाथ केही हुन्छ कि भन्ने आशले खुशी हुने गर्छन् । उनीहरूलाई खुशी हुन खासै केही चाहिँदैन । विना रोकटोक दुःखजिलो गरी एक पेट खान र एक आङ लाउन पाए मात्रै पनि पुग्छ । नत्र त भीआईपीहरूको सवारीले बाटो अवरुद्ध मात्र नगरिदिए पनि किन पो ठूलै उपलब्धि ठानी खुशी हुन्थे होलान् र ।
भो छाडौं यी कुरा । त्यति टाढा पुगेर पनि पतञ्जलि योगपीठको पूरा गतिविधि नहेरी फर्कनुपरेकोमा साह्रै नराम्रो लाग्यो उनीहरूलाई । तथापि रामदेवको उद्योगले चाँडै नै गरेको विकासलाई आश्चर्यजनक नै माने । महामुनि पतञ्जलिको योगदर्शनमा कूल १९५ सूत्र छन् क्या र ! तिनमा एउटा सूत्रलाई व्यवहारमा ल्याएका हुन् रामदेवले ।
एउटै सूत्रलाई भजाउँदा त त्यति ठूलो चमत्कार हुन्छ भने सबै सूत्रलाई प्रयोगमा ल्याउन सक्ने हो भने कस्तो होला सोझै अनुमान गर्न सकिन्छ ।
हाल पतञ्जलि योगपीठको उत्पादनले विश्वव्यापी रूप लिएको छ । भारतकै कुरा गर्ने हो भने पनि १५ प्रतिशतभन्दा बढी बजार त्यहीँको उत्पादनले ओगटेको छ भन्ने सुनिन्छ । अध्यात्म भनेको यस्तो लाइन हो, जहाँ कसैले पनि शंका गर्दैैनन् । अध्यात्मको तुरूप लगाउनुपर्छ जे गरे पनि हुन्छ । उदाहरणका लागि पतञ्जलि योगपीठको उत्पादनलाई नै लिन सकिन्छ । त्यहाँको उत्पादनको गुणस्तरबारे भारत सरकार आफैंले आवाज उठाइरहेको छ । तैपनि व्यापार घट्नुको सट्टा निरन्तर उकालो लागिरहेको छ । नेपालमै पनि यसले राम्रै बजार पाएको छ । पछिल्लो अवस्थामा त उसले शाखा विस्तार नै गरिसकेको छ ।
पतञ्जलिको उत्पादन भन्ने बित्तिकै आँखा चिम्लेर विश्वास गर्ने धेरै छन् यहाँ । रामदेव र उनका सहयात्री आचार्यजी भनेपछि कतिपय नेपालीहरू यति हुरुक्क हुन्छन् कि देख्नासाथ मानौं भगवान् नै आए जस्तो गरी अघिपछि लाग्न थाली हाल्छन् । केही समयअघि उनीहरू आउँदा यहाँका एक उच्चस्तरीय नेता आफैं सवारीमन्त्रीको भूमिकामा उभिएका थिए, जो हाल मुलुककै विशिष्टतम पदमा आसिन हुन पुगेका छन् ।
जेहोस्, जसरी गरे पनि पतञ्जलि योगपीठले गरेको प्रगतिलाई भने मान्नैपर्छ । हामीले पनि चाहने हो भने त्यस्तै नभए पनि त्यस्तै खालको केही गर्न पक्कै सक्छौं तर अरूको मुख ताक्ने र उनीहरूकै प्रचारमा रमाउने बानी परेकाले हुनुपर्छ हालसम्म त्यतातिर कसैको ध्यान पुगेको छैन । यसलाई सम्झिँदा भने दिक्क लाग्ने गरेको छ रे गोपाललाई ।
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...