×

NMB BANK
NIC ASIA

जसले चलचित्रको चरित्रमा डुब्न पशुपतिमा २ महिना बिताए

चैत २१, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

दीपेन्द्र के. खनालको निर्देशनमा चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को यतिबेला पशुपति परिसरमा धमाधम​ छायांकन भइरहेको छ । 

Muktinath Bank

यो चलचित्रबाट अभिनेता विपिन कार्की एवं अभिनेत्री स्वस्तिमा खड्काको गेटअप लुक्स बाहिरिएको छ । छायांकनमा व्यस्त भइरहेका अर्का अभिनेता सौगात मल्लको लुक्स भने निर्माण टिमले सार्वजनिक गरेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो चलचित्रको छायाङ्कनअघि अभिनेता सौगातले २ महिना पशुपति परिसरमा समय बिताएका थिए । 


Advertisment
Nabil box
Kumari

निर्माण टिमका अनुसार उनी हरेक दिन पशुपतिनाथ परिसरमा पुग्थे । मास्क लगाएर सामान्य व्यक्तिसरह पशुपति पुगेर उनले त्यहाँको माहोल बुझ्ने प्रयास गर्दथे । त्यहाँ भेटिने व्यक्तिको आनीबानी, भाषा, भेषभूषासहित धेरै कुरा सिक्ने उनले प्रयास गरेका थिए । पशुपतिनाथ दर्शन गर्न आउने र त्यहाँ बस्दै आएका साधुहरूसँग समेत सौगातले कुराकानी गरेका थिए ।

Vianet communication

कतिपय दिन उनी त्यहीँ बस्ने, त्यहीँ खानपिन समेत गरेका थिए । 

सौगात यस्ता सीमित अभिनेताभित्र पर्छन्, जो आफ्नो चरित्रभित्र छिर्न हरसम्भव तयारी गर्छन् । मिडियामा कम आउने उनले दर्शकमा आफ्नो कुशल अभिनय छाप छाडिसकेका छन् ।

‘पशुपति प्रसाद २ः भष्मे डन’ छायांकन भइरहँदा पनि सौगात कसैसँग खास्सै बोलचाल गर्दैनन् । लुक्स सार्वजनिक हुने डरले फ्यानहरुसँग पनि उनले तस्वीर खिचाउने गरेका छैनन् ।

निर्देशक दीपेन्द्र के. खनालका अनुसार ‘पशुपति प्रसाद २ः भष्मे डन’मा सौगात पात्र निकै रोचक छ ।

पशुपतिमा लामो समय बिताउँदा अहिले काम गर्न पनि सजिलो भएको अनुभव सौगातको छ ।

व्यावसायिक तथा समीक्षात्मक दुवै रुपमा सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा निर्माण ‘पशुपति प्रसाद २ः भष्मे डन’ निर्माण भइरहेको हो ।

आगामी दशैंको फूलपातीमा प्रदर्शनमा आउने घोषणा भइसकेको चलचित्रमा यसअघि ‘पशुपति प्रसाद’मा शीर्ष भूमिकामा रहेका खगेन्द्र लामिछाने लेखक एवं निर्माताका रुपमा मात्र छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x