कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
बैशाख १, २०८०
गाउँमा कोही नयाँ मान्छे देखियो भने स्थानीयहरू गुरुरु भेला हुन्छन् र सोध्न थाल्छन्, एयरपोर्टको कामले आउनुभएको हो ? एयरपोर्ट कहिले बन्ला र हामीहरूको स्थायी बसोबास टुंगो लाग्ला ?
तर, हरेक नयाँ मान्छे एयरपोर्टको कामले गएका हुँदैनन् । एकपटक होइन, दजनौंपटक उनीहरू यसरी खिन्न भएका छन् ।
स्थायी बसोबासको टुंगो लाग्ने आशैआशमा यहाँको एउटा पुस्ता बुढो हुन लागिसक्यो । तर, कहिले हो बसोबासको टुंगो लाग्ने थाहा छैन ।
यो कहानी हो, प्रस्तावित निजगढ विमानस्थल बन्ने ठाउँका स्थानीयको । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा बन्ने भनिएको निजगढ विमानस्थल प्रभावित क्षेत्रका झण्डै २ हजार घरपरिवार न्यूनतम् मानवीय आवश्यकताबाट समेत वञ्चित छन् । कुनै पनि बेला बस्ती उठ्ने भन्दै स्थायी संरचना बनाइएको छैन । सरकारले यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी र मोटरबाटो जस्ता आधारभूत आवश्यकताबाट नागरिकलाई वञ्चित गराएको छ ।
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा शुरू भएको चार दशक बितेको छ । प्रत्येक वर्षका बजेटमा निजगढ विमानस्थलको चर्चा हुन्छ अनि केही समयमै सेलाउँछ । केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा निजगढमा विमानस्थलको शिलान्यास गर्ने तयारी पनि भएको थियो । तर, पर्यावरणको मुद्दाले शिलान्यास हुन सकेन ।
निजगढमा विमानस्थल बनाउन नहुने भन्दै सर्वोच्चमा मुद्दा पर्यो । सर्वोच्चले विज्ञ टोली बनाएर विस्तृत अध्ययन गरेर मात्र निर्णय लिनु भन्ने आदेश गर्यो । त्यसपछि विज्ञ टोली गठन भयो उसले काम गरिरहेको छ ।
लुम्बिनी र पोखरामा बनेका विमानस्थल काठमाडौंको विकल्प बन्न सकेका छैनन् । काठमाडौं–तराई फास्टट्र्याक बनेमा राजधानीबाट यहाँको दूरी एक घण्टा (७६ किमी)को हुनेछ । त्यसैले पनि प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको महत्त्व बढेको हो । नेपालले कूटनीतिक पहलकदमी लिन सकेमा यो एसियाको महत्त्वपूर्ण ट्रान्जिट एयरपोर्ट बन्ने सम्भावना रहेको विज्ञहरू बताउँछन् ।
एम्बुलेन्स बोलाउन पनि फोन लाग्दैन
अप्टिकल फाइबर बिच्छ्याएको पूर्वपश्चिम राजमार्गबाट ३ किलोमिटरभित्र पर्छ टागिँया बस्ती, तर फोन लाग्दैन । पहिलेको डुमरवाना– ७ स्थित उक्त बस्ती अहिले जीतपुर सिमरा उपमहानगरपालिकाको १६ नम्बर वडामा पर्छ । यहाँको पूर्वाधार हेर्दा यो उपमहानगर भन्न सुहाउने स्तरको छैन ।
‘हामीले धेरैपटक सरकारसँग माग राख्यौं, तर यहाँ विकास कहिल्यै हुँदैन । खानेपानी छैन । बाटो देखिहाल्नुभयो । टावर छैन, भनेको बेलामा फोन लाग्दैन । बल्लबल्ल अहिले बिजुलीको लाइन आएको छ,’ स्थानीय कृष्णबहादुर रुम्बाले भने, ‘फटाहा नेताहरू चुनावको बेला आएर बाटो पक्की गर्दिन्छु, आकाशे ट्यांकी बनाइदिन्छु भन्छन्, जितेर गएपछि अत्तोपत्तो हुन्न ।’
रुम्बाका अनुसार यहाँका स्थानीयसँग जग्गाधनी पुर्जा पनि छैन ।
‘केहीसमय पहिला निस्सा कार्ड बाँढिदिए । चुनावको बेला तपाईंहरूलाई ६ महिनामा पुर्जा दिन्छौं भनेका थिए, तर अहिले देखा पर्नै छाडेका छन्,’ उनले आक्रोश पोखे ।
स्थानीय विष्णु गिरीले मानिसहरू बिरामी परेका फोन गरेर एम्बुलेन्स बोलाउने अवस्था समेत नरहेको बताए ।
‘मान्छे बिरामी भए भने यहाँ एम्बुलेन्स छैन । निजगढबाट एम्बुलेन्स मगाउन पनि भनेको बेलामा फोनको नेटवर्क लाग्दैन, कि रुखमा चढ्नुपर्छ, कि त धुरीमा,’ गिरीले लोकान्तरसँग भने ।
चारैतिर जंगलको बीचमा रहेको बस्तीमा जंगली जनावरले पनि सर्वसाधारणलाई सास्ती दिएका छन् । जंगली जनावर आएर दुःख दिँदा पनि प्रहरी र निकुञ्जलाई फोन गर्दा नलाग्ने समस्या रहेको स्थानीयले गुनासो गरे ।
‘यहाँ त हात्तीको सुरक्षा हुन्छ मान्छेको छैन,’ फिस्स हाँस्दै ६७ वर्षका ऋषि पुलामी मगरले भने ।
पर्सा राष्ट्रिय निकुञ्जबाट जंगली जनावर आएर खेती बालीमा नोक्सानी पुर्याइरहेको उनीहरूको गुनासो छ ।
स्थानीय दीपुलाल मोक्तान २०३२ सालदेखि राज्यले नागरिकमाथि अत्याचार गरेको आरोप लगाउँछन् ।
‘यही नगरपालिकाका अन्य वडामा हेर्नुस्, कति विकास भएको छ, यहाँ के छ खाली धूलोबाहेक ?’ उनले गुनासो गरे ।
जनप्रतिनिधिको गुनासो– पानी सदस्य हो, केही अधिकार छैन
गत स्थानीय तह निर्वाचनमा जीतपुर सिमरा उपमहानगपालिकाको १६ नम्बर वडा सदस्य जितेका प्रेमबहादुर गोलेले पनि टाँगियाबस्तीका नागरिक २०३२ सालदेखि आधारभूत आवश्यकताबाट वञ्चित रहेको बताए ।
‘यहाँ कुनै विकासको योजना छैनन्, टाँगियाबस्तीमा न बाटो छ, न स्वास्थ्य । ८ सय विद्यार्थी रहको स्कूलमा शिक्षकको दरबन्दी समेत छैन,’ उनले भने ।
जनप्रतिनिधि भए पनि जनताको समस्या समाधान गर्न नसकेकोमा उनी खिन्न छन् ।
‘सरकारले यहाँ एयरपोर्ट बनाउँछु मात्र भन्छ, जनताका समस्या समाधानको कुरै गर्दैन । हात्तीले मान्छे मारेकोमार्यै छ । कोही बेला धानको बोरा समेत लगेर खान्छ,’ उनले भने, ‘यहाँका जनतालाई कुनै गणतन्त्र आएको छैन ।’
पढ्नुहोस्, यो पनि :
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...