×

NMB BANK
NIC ASIA

प्रदेश सरकारलाई संघको रोग

सुदूरपश्चिमपछि गण्डकीमा ढल्यो एमालेको सरकार, थप दुई वटा प्रदेशमा पनि संकट

बैशाख ९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै प्रदेशमा एमाले नेतृत्वका सरकार भटाभट ढलेका छन् । पछिल्लो पटक गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । शनिबार प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि अधिकारी स्वतः पदमुक्त भएका हुन् । 

Muktinath Bank

शनिवार प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले बहुमतका लागि आवश्यक बहुमत पाउन नसकेको घोषणा गरेसँगै अधिकारी पदमुक्त भएका हुन् । प्रदेश सभामा भएको मत विभाजनमा अधिकारीको पक्षमा २४ र विपक्षमा ३५ मत परेको थियो । अधिकारीलाइ राप्रपाले मात्र समर्थन गरेको थियो । ६० सदस्य रहेको प्रदेश सभामा विश्वासको मतका लागि ३१ मत आवश्यक थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गण्डकीमा प्रदेश सरकार गुमेसँगै प्रदेशमा एमालेका दुई वटा सरकार बाँकी रहेका छन् । अब कोशीमा हिक्मत कार्की र लुम्बिनीमा लीला गिरी नेतृत्वको सरकार बाँकी रहेका हुन् । तर, दुबै सरकार धरमर र संकटमा छन् । 


Advertisment
Nabil box
Kumari

लुम्बिनीमा सरकार फेरबदल सहज भएपनि कोशी प्रदेशमा भने केही जटिलता छ । प्रदेश १ मा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्नेमा एमाले एक्लैसँग ४० सीट छ । कांग्रेस–माओवादी गठबन्धन बाहिर रहेको राप्रपाका ६ सांसद छन् । मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिने अवस्था आएर बहुमत जुटाउन नसकेपनि त्यहाँ ठूलो दलको हैसियतमा पुनः एमालेले नै सरकार बनाउने सम्भावना रहन्छ । 

Vianet communication
Laxmi Bank

कोशी प्रदेशमा विशिष्ट परिस्थिति रहेकाले केन्द्रीय गठबन्धनले काम नगर्ने माओवादीकै नेताहरुले बताउँदै आएकाले सरकार जोगिन्छ कि भन्ने झिनो आसमा कार्की देखिन्छन् । 

यसैगरी लुम्बिनी प्रदेशमा भने एमालेलाई सरकार टिकाइराख्न ४४ सांसद आवश्यक पर्छ, जहाँ एमालेका २९ सांसद छन् । राप्रपाका ४ सांसदको समर्थन प्राप्त गरेपनि एमालेले सरकार जोगाउन सक्दैन । 
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले वैशाख ११ मा विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि प्रदेशसभाको बैठक समेत आह्वान भइसकेको छ । 

पुस १० मा नेकपा एमालेले केन्द्रका पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेपछि ४ वटा प्रदेशमा माओवादीले एमालेका मुख्यमन्त्रीलाई समर्थन गरेको थियो । 
तर, नेकपा एमालेसँगै सत्ता सहयात्रा चलिरहेको समयमा माओवादीले विश्वासको मत नदिएपछि सुदूरपश्चिम प्रदेशमा राजेन्द्रसिंह रावल नेतृत्वको सरकार माघ २६ गते नै ढलेको थियो । 

फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेसलाई समर्थन गरेपछि केन्द्रदेखि प्रदेश सरकारमा समीकरण फेरिएको हो । एमालेसँगको भागवण्डामा आफूले पाएका कर्णाली र बागमती प्रदेश सरकारमा माओवादीका मुख्यमन्त्रीले विश्वासको मत लिइसकेका छन् । 

अस्थिरताका स्तम्भ बन्दै प्रदेश संरचना
संघीयता कार्यान्वनयको ६ वर्ष नपुग्दै प्रदेश संरचना मुख्यमन्त्री र मन्त्री उत्पादनका कारखाना जस्तै बन्न पुगेका छन् । राजनीतिक भागवण्डा मिलाउने नाममा प्रदेशमा मनलाग्दी मन्त्रालय बनाउने र फुटाउने काम भइरहेका छन् । 

विश्वासको मतमाथि मतदान हुनुअघि अधिकारीले छोटो समयमा प्रदेश सरकार बदलिँदा संघीयता प्रति नै वितिष्णा उत्पन्न हुने भन्दै माओवादीलाई पुर्नविचार गर्न आग्रह गरेका थिए । 
‘पहिलो कार्यकालमा झ्याल झ्लायमा मन्त्रालय र आमा बुवाको नाममा कोष स्थापना गरेर प्रदेशको संरचना विबादमा पार्ने काम भयो । मैले छाड्दिएर तपाईहरु राम्रो सरकार बनाउनु हुन्छ भने छाडौँला,’ अधिकारीले भने । यसअघिका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बुवाका नाममा कोष खडा गरेपछि चर्को आलोचना गरेका थिए । 

अहिले प्रदेशको सरकार भत्काउनु पर्ने आवश्यकता नरहेको भन्दै अधिकारीले विश्वासको मत दिन आग्रह गरे । ‘माओवादीका साथीहरुले केन्द्रको राजनीतिका कारण समर्थन फिर्ता लिएको भन्नुभयो । १० चोटी सोचौं, छेपारोले जस्तै रंग नबदलौ’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x