×

NMB BANK
NIC ASIA

मन्त्री र सांसदको शिलालेख मोह : ठेक्का नै नलागेको स्थानमा सडकको शिलान्यास

बैशाख २०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

ठेक्का नै नलागेको स्थानमा सडकको शिलान्यास गरिएको छ ।

Muktinath Bank

सुनसरीको सदरमुकाम इनरुवादेखि सीमावर्ती गाउँसम्म जोड्ने सडकको सुनसरी क्षेत्र नम्बर ४ का सांसद ज्ञानेन्द्र कार्की तथा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं ‘सचिन’ले संयुक्त रूपमा सडकको सोमवार शिलान्यास गरेका थिए । शिलान्यासको शिलालेखमा दुवैले नाम लेखाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडक इनरुवा–४ हनुमान चोकमा शिलान्यास गरिएको थियो । शिलान्यास गरिएको स्थानमा ठेक्का नै लागेको छैन । देवागञ्ज गाउँपालिकादेखि सडक निर्माण गर्ने गरी कोशी प्रदेशको पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय मोरङले ठेक्का लगाएको थियो । २३ किलोमिटर सडकमध्ये १० किलोमिटर सडकको मात्रै ठेक्का लागेको पूर्वाधार कार्यालय मोरङका प्रमुख इन्जिनीयर सुशील श्रेष्ठले बताए । कार्यालयले प्रदेश सरकारले निर्माण गर्ने  मोरङ र सुनसरी जिल्लाको सडक हेर्ने गर्छ । 


Advertisment
Nabil box
Kumari

अघिल्लो प्रदेशसभा कार्यकालमा नेपाली कांग्रेस संसदीय दलका तत्कालीन नेता राजीव कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा बजेट लगेका थिए । कोइराला गत निर्वाचनमा पराजित भएका थिए । उनी सुनसरी क्षेत्र नम्बर २(२) बाट एमालेका उम्मेदवारसँग पराजित बनेका थिए । अहिले शिलान्यास गरिएको स्थान सुनसरी क्षेत्र नम्बर २ मा पर्छ । सांसद कार्कीले निर्वाचन जितेको क्षेत्र सुनसरी ४ हो । 

Vianet communication
Laxmi Bank

केन्द्रीय सत्ता गठबन्धनमा एमाले नभए पनि प्रदेशमा भने राष्ट्रपतिको निर्वाचन अगाडिकै गठबन्धन कायम छ । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारमा अहिलेसम्म पनि माओवादी र जसपा छँदैछन् । मन्त्रालय भागबण्डा हुँदा भौतिक पूर्वाधार मन्त्रालय माओवादीको भागमा परेको थियो । केन्द्रीय गठबन्धनलाई समेत सहज हुने र सम्बन्ध समेत थप विस्तार गर्ने उद्देश्यले सांसद कार्कीलाई साथमा लिएर शिलान्यास गर्ने योजना रहेको मन्त्री चापागाईंले बनाएका थिए तर मन्त्री कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा शिलान्यास गर्ने दबाब दिएपछि ठेक्कै नलागेको सडकमा शिलान्यास गरिएको हो ।

‘सांसदज्यूका अगाडि मन्त्रीज्यूको पनि केही सीप लागेन,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘ठेक्का नलागेको स्थानमा शिलान्यास गर्न बाध्य हुनुपरेको छ । अब पुनः ठेक्का लागेकै स्थानमा शिलान्यास गर्नुपर्ने अवस्था बन्यो ।’ 

२३ किलोमिटरमध्ये साढे १० किलोमिटर सडक निर्माणको ठेक्का लागेको छ । सडक महावीर इन्जिनीयरिङ एन्ड कन्स्ट्रक्सन प्रालि काठमाडौंले ३२ करोड ८३ लाख ५ हजार ८०३ रुपैयाँमा ठेक्का पाएको हो । बजेटको सुनिश्चिता भए ३ वर्षभित्र सडक निर्माणको काम पूरा भइसक्ने पूर्वाधार कार्यालयका प्रमुख श्रेष्ठले बताए ।

सडक दक्षिणी सीमावर्ती देवानगञ्ज गाउँपालिका–६ राशिको चमैनिया पोखरीबाट शुरू भएर इनरुवा–४ मा रहेको सशस्त्र क्याम्प हुँदै मुख्य राजमार्गको हनुमान चौकमा जोडिनेछ । शिलान्यास गरिएको ठाउँ सडकको अन्तिम विन्दु हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x