×

NMB BANK
NIC ASIA

काठमाडौं, १९ भदौ - दिवंगत निर्देशक शिव रेग्मीले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर’ मा अभिनेता थिए श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री थिइन् झरना थापा । चलचित्रले अभिनेत्री झरना थापाको वृत्ति (करीअर) लाई अझै उचाइँमा पु–याएको थियो । उक्त चलचित्रलाई सुनील कुमार थापाले निर्माण गरेका थिए । अहिले भने यही सफल चलचित्रको नाममा पछाडि ‘२’ राखेर निर्माण गरिएको सिनेमा ‘ए मेरो हजुर २’ प्रदर्शनमा छ । चलचित्र ‘ए मेरो हजुर’ मा झरना थापालाई अभिनेत्रीका रूपमा देखिएको थियो भने अहिले थापाले निर्देशनमा डेब्यु गरेकी छन् ।

प्रेमकथामा आधारित चलचित्र ‘ए मेरो हजुर २’ भने आशा गरिएअनुसार सफल बन्न सकेको छैन । चलचित्रको न कथानक अब्बल लाग्छ, न त निर्देशकीय क्षमता नै कलात्मक देखिन्छ । यो चलचित्र पनि प्रायः नेपाली चलचित्रजस्तै औसतमै थन्किएको छ ।

एक लाइनमा, आफ्नो कसम पूरा गर्न युवाले गर्ने प्रयत्न नै चलचित्रको मूलकथा हो ।

काठमाडौंमा परिवारसँगै बस्दै आएको प्रेम (सलिनमान बानियाँ) ले साथीहरूलाई आफ्नो बाल्यकालको प्रेम प्रसङ्ग सुनाउँछ । साथीहरूको सहयोग र हौसलामा प्रेम आफ्नो बाल्यकालको माया भेट्न पोखरा पुग्छ । संयोग कस्तो परिआउँछ भने उनीहरूले पोखरामा पाइला टेक्नासाथ नै प्रेमको भेट माया (साम्राज्ञी राज्यलक्ष्मी शाह) सँग हुन्छ । प्रेमले पहिलो भेटमै मायालाई चिन्छ तर मायाले प्रेमलाई नचिनेझैं गर्छे । यता बिहे हुने पक्का भइसकेकी माया र मायाकै लागि पोखरा आएको प्रेमबीचको अन्तर्द्वन्द्व कसरी अगाडि बढ्दै जान्छ भन्ने बुझ्न फिल्म नै हेर्नुभए हुन्छ ।

डायरीको जमाना, गण्डकी स्कूलको बस, श्रीकृष्ण श्रेष्ठका शुभचिन्तक धर्मेन्द्र (बुद्धि तामाङ) को माध्यमबाट चलचित्रमा बालकथाको प्रेम बुझाउन खोजिएको छ । केही दोहोरिने संवादले पनि बाल्यकालको सम्झनालाई प्रस्ट पार्न खोजेको छ । तर निर्देशकलाई कथा अघि बढाउन भने सकस परेको छ । अर्थात् चलचित्रको प्रस्तुतीकरणले नै प्रेमकथालाई कमजोर बनाएको छ । संवादकै बलले कथालाई अगाडि बढाउँदै लैजानु नेपाली चलचित्रको नियति नै भइसक्यो ।

सामीप्यराज तिमिल्सेना र हरिहर अधिकारीले लेखेको चलचित्रको कथा खासै बलियो छैन । फिल्ममा कतिपय दृश्य अनावश्यक लाग्छन् । कथा तन्काउनै जबर्जस्ती राखिएका दृश्य र संवादले घटनाक्रमलाई अल्झाइदिन्छ तर दर्शक रिझाउन सक्दैन । दोहोरो अर्थ बुझाउने केही संवादले दर्शकलाई बेलाबेलामा हँसाउँछ । यद्यपि फिल्मका केही संवाद भने मन छुने खालका छन् । पहिलो हाफको तुलनामा दोस्रो हाफ अझै कमजोर बनेको छ ।

चलचित्रमा प्रायः कलाकारको अभिनय औसतभन्दा माथि पुग्न सकेको छैन । सलिनमान बानियाँको अभिनय कामचलाउ छ । साम्राज्ञीको अभिनय पात्रअनुसार सुहाएको छ । बरू सलोन बस्नेत र समलिंगीको भूमिकामा देखिएका कलाकार आजस्र ढुंगानाले भने सुहाउँदो अभिनय गरेका छन् ।

पोखराको लेकसाइड, मुस्ताङ र तिलिचो वरिपरिका दृश्यले चलचित्रलाई आकर्षक बनाउन खोजेको छ । तिलिचो यात्राका दृश्य, त्यहाँका खोंच र साँघुरा बाटोको दृश्यलाई सुन्दर तरिकाले क्यामरामा कैद गरेका छन् छायांकनकार सञ्जय लामाले ।

गीत संगीत चलचित्रको सबल पक्ष हो । फिल्मका सबै गीतले मन छुन्छन् । तर पार्श्व ध्वनि भने कमजोर लाग्छ । एउटै गीतको धुन बारम्बार दोहोरिन्छ । निर्देशक झरना थापाले नयाँ पुस्ता र पुरानो पुस्ता दुवैलाई नै मन पर्ने खालको फिल्म बनाउन भने खोजेकै हुन् । तर उनको निर्देशकीय क्षमता औसतभन्दा माथि पुग्न सकेको छैन ।

चलचित्रमार्फत मनोरञ्जन खोज्ने दर्शकका लागि यो चलचित्र ठीकै लाग्न सक्छ । धेरै नै आशा गरेर हलसम्म जाँदा भने चलचित्रले हिस्स बनाइदिन्छ । तर मुस्ताङका केही दृश्य, तिलिचो ताल, पोखरा वरिपरिका दृश्य, केही बलिया र केही दुई अर्थ लाग्ने संवादले फ्रेस भने बनाउँछ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x