×

NMB BANK
NIC ASIA

प्रहरी अनुसन्धान

शरणार्थी प्रकरण : बिहानदेखि रातिसम्मै बालकृष्ण खाँणको बयान जारी, किन हुँदैछ ढिलाइ ?

जेठ २, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान मंगलवार बिहान साढे ११ बजेदेखि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा शुरू भएको थियो । बिहानदेखि शुरू भएको बयान राति ८ बज्नै लाग्दासम्म जारी छ ।

Muktinath Bank

बयानका लागि दोस्रो दिन मंगलवार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा झण्डै ८ घण्टादेखि उनको बयान जारी छ । बिहान साढे ११ बजेदेखि शुरू भएको उनको बयान राति ८ बज्नै लाग्दासम्म चलिरहेको कार्यालयले जनाएको छ । 
 
कार्यालयका एक सरकारी वकिलका अनुसार खाँणले हरेक प्रश्नमा सोचेर र समय लगाएर मात्रै जवाफ दिइरहेका छन् । खाँणले ढिलाइ गर्दा अहिलेसम्म ३० वटा प्रश्नको मात्र जवाफ आएको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उहाँले मन्त्री रहँदा आफूले गरेको काम सोच्न र सम्झन पनि समय लागेको हुनसक्छ,’ ती वकिलले लोकान्तरसँग भने, ‘मन्त्रीले निर्णयमा हस्ताक्षर गरेको भए पनि कतिपयको जानकारी नहुनसक्छ । त्यही भएर सोचिरहनुभएको हुनसक्छ । हरेक प्रश्नमा विचार गरेर र समय लगाएर मात्रै जवाफ दिइरहनुभएको छ ।’


Advertisment
Nabil box
Kumari

आरोपी खाँणले दिएको बयान कम्प्युटरमा टाइप गर्ने, प्रिन्ट गर्ने र फेरि उनले पढेर हस्ताक्षर गरेपछि अर्काे प्रश्नमा जाने गरिएको छ ।

Vianet communication
Laxmi Bank

मंगलवारै उनको बयान सक्ने तयारी रहेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले लोकान्तरलाई बताए । ‘सम्भव भए आजै उहाँको बयान सकाउने तरखर छ,’ उनले लोकान्तरसँग भने ।

उनको बयान लिने कार्य सोमवारदेखि नै शुरू भएको हो तर उनले पेट खराब भएर आफूलाई सन्चो नभएको बताएपछि उनको बयान मंगलवार पनि गरिएको हो । 

अर्का आरोपित पूर्व उपप्रधानमन्त्री समेत रहेका सांसद टोपबहादुर रायमाझीको बयान सोमवार नै सम्पन्न भइसकेको छ । सोमवार अपराह्न ४ बजेदेखि राति साढे ९ बजेसम्म रायमाझीको बयान लिइएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x