×

NMB BANK
NIC ASIA

सरकारको नीति कार्यक्रममा विष्णु रिमालका २० सवाल

जेठ ५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सरकारको नीति तथा कार्यक्रममा २० वटा सवाल उठाएका छन् ।

Muktinath Bank

राष्ट्रपतिले कार्यक्रम प्रस्तुत गर्नु अघि रिमालले सामाजिक सञ्जालमार्फत आफ्नो फोकस विभिन्न २० वटा बुँदामा हुने उल्लेख गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नागरिकता र नेपाली पहिचानको विषय, विकासका प्रभावकारी कार्यक्रम र संरचना, अर्थतन्त्रको सवलीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास, उत्पादनसहितका विषयमा उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘सम्माननीय राष्ट्रपतिज्यूमार्फत् आज संघीय संसदमा प्रस्तुत हुने नेपाल सरकारको नीति तथा कार्यक्रमलाई अहिले मन्त्रिगरिषद्ले अनुमोदन गर्दैछ’ रिमालले भनेका छन्, ‘नीति तथा कार्यक्रम कस्तो आउला तरु धेरैको यसमा जिज्ञासा हुनसक्छ । मेरो फोकस निम्न २० बुँदामा हुनेछ ।’  

Vianet communication
Laxmi Bank

यस्ता छन् रिमालका २० बुँदे सुझाव

१. नागरिकता र नेपाली पहिचानको विषय कसरी सम्बोधन हुन्छ ?

२. विकासका कार्यक्रम प्रभावकारी ढङ्गले लागू गर्न नीतिगत र संरचनागत सुधारको प्रस्ताव के हुनेछ ?

३. लोकतन्त्रको सुदृढीकरण, सुशासनको ग्यारेन्टी र गुणस्तरीय सेवाको लागि कस्तो प्रस्ताव गरिने छ ?

४. दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरणका लागि कस्ता–कस्ता कदम चालिने छ ?

५. काम–रोजगारी–उद्यमशीलता र स्वदेशी उत्पादनको लागि चर्चा ल्याउने गरिएको मेक इन नेपाल कार्यक्रमको खाका कस्तो हुनेछ ?

६. शैक्षिक पूर्वाधार सुधार्न र गुणस्तरीय शिक्षाको लागि कस्तो योजना प्रस्तुत हुनेछ ?

७. खाद्य, आवास र खानेपानीको कार्यक्रम के हुनेछ ?

८. कृषि क्षेत्रको रुपान्तरण कसरी गरिने छ ?

९. उत्पादन, बिक्री वितरण र उपभोगका लागि ऊर्जा विकासको कार्यक्रम कस्तो हुनेछ ?

१०. कामलाई मर्यादित कसरी बनाइनेछ र सामाजिक सुरक्षा प्रणाली कसरी सुदृढ गरिनेछ ?

११. भरपर्दो सार्वजनिक यातायातको सुनिश्चतता र सडक पूर्वाधारबारे कस्तो कार्यक्रम आउने छ ?

१२. वैज्ञानिक भूमि व्यवस्थापन र सुकुम्बासी समस्या समाधानमा कस्तो पहल गरिने छ ?

१३. सस्तो, सहज र भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउने प्रस्ताव कस्तो हुनेछ ?

१४. युवा, स्टार्टअप, आन्टरप्रिनियरशीप र खेलकुदका सन्दर्भमा कस्तो प्रस्ताव आउनेछ ?

१५. पर्यटन, संस्कृति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको लागि के कार्यक्रम प्रस्ताव गरिने छ ?

१६. वन–वातावरण, जलवायु अनुकूलन र विपद् व्यवस्थापनको रोडम्याप कस्तो हुनेछ ?

१७. मतदातामा ५८ प्रतिशत रहेको महिला सशक्तीकरण र समाजका हरेक क्षेत्रमा उनीहरूको समानुपातिक सहभागिता कसरी बढाइने छ ?

१८. शान्ति प्रक्रियाको बाँकी रहेको काम र संक्रमणकालीन न्यायको विषय कसरी टुङ्ग्याइने छ ?

१९. राज्य संयन्त्र प्रभावकारी बनाइ राष्ट्रलाई बलियो बनाउने, सेटिंग र विचौलियाबाट मुक्त बनाएर स्वतन्त्र न्यायालयको ग्यारेन्टी कसरी गरिने छ ?

२०. राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन तथा सन्तुलित बाह्य सम्बन्धबारे कस्ता कार्यक्रम प्रस्तुत हुनेछ ?

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x