जेठ १७, २०८०
मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले त्यसबाट ह...
जेठ १२, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले श्रीमतीलाई आफू प्रमुख रहेको अड्डाको लेखा शाखामा सरुवा गरेका छन् ।
श्रीमतीलाई आफ्नै कार्यालयको लेखा शाखाको जिम्मा दिएर उनले स्वार्थ बाझिने र विवादास्पद काम गरेका हुन् ।
तिवारी करीब चार महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रबन्धकका रूपमा सरुवा भएका थिए । यसअघिका महाप्रबन्धक प्रेमनाथ ठाकुर विवादमा तानिएपछि तिवारी त्यहाँ पुगेका थिए ।
आफू महाप्रबन्धक भएपछि तिवारीले श्रीमतीलाई आफैंले नेतृत्व गर्ने कार्यालयको लेखा शाखाको जिम्मा दिएको खुलेको हो । प्रतापबाबुकी श्रीमती रेनु राजस्व समूहतर्फकी कर्मचारी हुन् ।
‘आफू महाप्रबन्धक भएर आएपछि उहाँले श्रीमती रेनु तिवारीलाई लेखा शाखामा ल्याउनुभयो । पहिलो त, राजस्व समूहको कर्मचारीलाई लेखा शाखामा ल्याउनु हुँदैनथ्यो । दोस्रो, आफू मातहतको कार्यालयमा श्रीमतीलाई ल्याएर लेखा शाखाको जिम्मेवारी दिनु सरासर अनैतिक एवं शंकास्पद काम हो । नियत सफा हुन्थ्यो भने किन आफ्नै श्रीमती ल्याउनुपर्थ्यो ? के लेखामा अरू कर्मचारी छैनन् ?’ प्रश्न उठाउँदै स्रोतले लोकान्तरसँग भन्यो ।
राजस्व समूहका कर्मचारीलाई सामान्यतया लेखाको जिम्मेवारी दिइँदैन ।
‘विमानस्थलमा नल्याई नहुने अवस्था थियो भने उहाँलाई राजस्वको जिम्मेवारी दिएको भए हुन्थ्यो । तर, श्रीमानले आदेश दिने श्रीमतीले चेक काट्ने गरी वातावरण मिलाइएको देख्दा आशंका उब्जिएको छ,’ स्रोतले थप्यो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाल नागरिक उड्ययन प्राधिकरणअन्तर्गत पर्छ । नागरिक उड्ययन प्राधिकरणभित्र तिवारीले आफूलाई अरू भन्दा असल छवि भएको कर्मचारीको रूपमा दाबी गर्दै आएका थिए ।
‘तिवारी सर आफूलाई ‘हाई– इन्टिग्रिटी’ भएको इमान्दार कर्मचारीको रूपमा परिचय गराउनुहुन्छ । तर, आफू कार्यालय प्रमुख भएका बेला श्रीमतीलाई सबैको आँखा लाग्ने लेखा शाखाको जिम्मेवारी सुम्पेपछि स्वाभाविकरूपमा उहाँको ‘इन्टिग्रिटी’ माथि शंका गर्ने अवस्था आएको छ,’ स्रोतले भन्यो ।
उच्च स्रोतका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले कार्यालय प्रमुखको श्रीमती लेखा शाखाको जिम्मेवारीमा रहँदा प्रश्न उठ्ने भन्दै तत्काल त्यो कदम सच्चाउन तिवारीलाई पटक–पटक सचेत गराइसकेको छ । तर, तिवारीले प्राधिकरणको सुझाव समेत बेवास्ता गरेको स्रोतको दाबी छ ।
यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा तिवारीले पत्नीलाई आफूभन्दा पहिलेका महाप्रबन्धकले सरुवा गरेर ल्याएकाले स्वार्थ नबाझिने दाबी गरे ।
‘कार्यालय प्रमुखले नियम पालना गर्नुपर्दैन र ? कार्यालय प्रमुखको उत्तरदायित्व हुँदैन र ? सबै कर्मचारीले नियमपूर्वक काम गर्ने हो । मभन्दा अगाडिको जीएमले ल्याएको हो, त्यसमा म कसरी जोडिन्छु ?’ तिवारीले लोकान्तरसँग भने, ‘अरू कर्मचारीका पनि श्रीमान-श्रीमतीले पनि सँगै काम गरिरहेका छन् । यसमा स्वार्थ कसरी बाझिन्छ ?’
७ करोडका सामान अलपत्र
तिवारी यसअघि पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक भैसकेका व्यक्ति हुन् । उनको अघिल्लो कार्यकालमा करीब ७ करोड रुपैयाँ खर्चेर गरेर गुड्ने भर्याङ (स्केलेटर) खरिद गरिएको थियो । ‘त्यत्रो पैसा खर्च गरेर खरिद गरिएको स्केलेटर प्रयोगविहीन छ । त्यो पनि गलत काम हो,’ स्रोतले थप्यो ।
तिवारी स्केलेटर खरिद सम्बन्धमा आफूलाई थाहा नभएको भन्दै पन्छिन खोजे ।
‘स्केलेटर मैले खरिद गरेको होइन । मेरो पालामा भएको जस्तो लाग्दैन । सबै कुरा मलाई थाहा हुँदैन । भएको कुरा नियमसंगत हुन्छन्’ तिवारीले लोकान्तरसँग भने ।
मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले त्यसबाट ह...
चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड बुधवार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेक...
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् । फिजी, अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीका लागि आवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत ...
चार दिने औपचारिक भ्रमणको शिलशिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डलाई विदेश तथा संस्कृति राज्यमन्त्रीले मी...
कोशी प्रदेश सरकारले प्रदेशको नामकरणपछि असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका पहिचानवादीलाई वार्तामा आउन आज आह्वान गरेको छ । प्रदेश सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री तथा प्रवक्ता भक्ति सिटौलाले...
मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ७७०१ नम्बरको बस आज दिउँसो ४ बजे पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–५ मुग्लिनमा दुर्घटना ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...