×

NMB BANK
NIC ASIA

नक्कली शरणार्थी प्रकरण

अदालतमा प्रतिवादीहरूको बयान : प्रेम राईलाई पैसा दिएका छैनौं, गलत मनसायले नाम मुछियो

काठमाडाैं | जेठ २१, २०८०

NTC
Premier Steels

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरूले तत्कालीन गृहसचिव (हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख) प्रेम राईलाई पैसा नदिएको बयान अदालतसमक्ष दिएका छन् ।

Muktinath Bank

साथै यस विषयमा उनीसँग कुनै किसिमको कुराकानी वा गतिविधि नभएको उनीहरूको बयान छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन गृहमन्त्री रामबहादुर थापा 'बादल' का सुरक्षा सल्लाहकार समेत रहेका प्रतिवादी इन्द्रजीत राईले तत्कालीन गृहसचिव राईलाई पैसा दिनुपर्छ भनेर आफूले कसैलाई नभनेको बयान गरेका छन् ।


Advertisment
Nabil box
Kumari

'सानु भण्डारीलाई सचिव प्रेमकुमार राईलाई पैसा दिनुपर्दछ भनी मैले भनेकै छैन । यो सम्पूर्णरूपले असत्य हो,' इन्द्रजीतले अदालतसमक्ष बयानमा भनेका छन्, 'प्रेमकुमार राई आफैंमा एक प्रतिष्ठित र इमान्दार सचिवका रूपमा राष्ट्रिय लेभलमा गनिनुभएको व्यक्ति हो । उहाँको विषयमा त्यस्तो कुरा म सोच्न पनि सक्दिनँ ।'

Vianet communication

तत्कालीन गृहसचिव राईको नाम गलत मनसायले अन्य प्रतिवादीले मुछेको पनि उनले बताएका छन् ।

'सचिवको गाडीमा विना ड्राइभरको सहमति कसैले कसरी पैसा राखिदिन सक्छ ? पैसा राखिदिएको भए सोको जानकारी ड्राइभरलाई समेत हुनुपर्ने हो । गृहसचिवको कार्यकक्षमा प्रवेश हुनुभन्दा पहिला सीसीटीभी तथा सुरक्षा गार्डको समेत अनुमति भएको हुनुपर्दछ । सो समेत रेकर्डमा चेक होस्,' उनले बयानमा भनेका छन्, 'तसर्थ गृहसचिवको गाडीमा पैसा राखेको र गृहसचिवको कार्यकक्षमा भेटेको भन्ने कुरा काल्पनिक हो । नाम मुछ्नु उहाँको गलत मनसाय हो ।'

त्यसैगरी पक्राउ परेका अर्का प्रतिवादी केशव दुलालले पनि तत्कालीन गृहसचिव राईलाई पैसा नदिएको बयान गरेका छन् ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पैसा दिएको उनले अदालतसमक्ष स्वीकार गरे पनि तत्कालीन गृहसचिव राईलाई पैसा नदिएको बताएका छन् ।

‘रामबहादुर थापा ‘बादल’, प्रेमकुमार राई, डा. अजय क्रान्ति, राजेश्वर स्थापित, राजेश बज्राचार्य, लीला जिसी र टोपबहादुर रायमाझीलाई म, मेरा आफन्त र कुनै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिनु भनी कुनै रकम दिएको छैन,’ दुलालले अदालतसमक्ष भनेका छन् ।

प्रतिवादीमध्येका सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, इन्द्रजीत राई, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, टेकनारायण पाण्डे, बालकृष्ण खाँण, टेकनाथ रिजाल समेतलाई चिनेको भए पनि कुनै रकम नदिएको उनको बयान छ ।

'सानु भण्डारीको डायरीमा मेरो नाम लेखी उल्लेख भएको रकम सानु भण्डारीमार्फत इन्द्रजीत राईलाई बुझाउन मैले दिएको रकम भन्ने सन्दर्भमा डा. इन्द्रजीत राईलाई दिन भनी दिएको होइन, निज सानु भण्डारीसँग मेरो घर जग्गाको कारोबारका लागि लेनदेन भएको कुरा डायरीमा उल्लेख भएको हो,' दुलाले बयानमा थप भनेका छन्, 'प्रतीक थापाले म र मेरो आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी नक्सालस्थित निलगिरी थकाली भान्साघरमा बोलाई रु पच्चीस लाख नगदै लिएका हुन् । हामी ठगिएको थाहा पाई पैसा फिर्ता माग्दा उल्टै डर, धाकधम्की दिई हालसम्म पैसा फिर्ता दिएका छैनन्  ।'

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना प्रतिवादीहरूको बयान सम्पन्न भएपछि आइतवारदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस शुरू भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x