×

NMB BANK
NIC ASIA

गर्मीले सकस

तराईमा गर्मीले उकुसमुकुस : लू चल्दा सकेसम्म घरभित्रै बस्न चिकित्सकको सुझाव

बुटवल | जेठ २१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

एक सातादेखि तराई/मधेशका अधिकांश क्षेत्रमा तापक्रम ह्वात्तै बढ्दा गर्मीले सीमा नाघेको छ । रूपन्देहीसहित तराईका धेरै जिल्लामा पाँच दिनयता तापक्रम ४० डिग्रीभन्दा बढी मापन गरिएको छ, जसले गर्दा तातो हावा ‘लू’ चल्न थालेपछि तराईका जिल्लाको जनजीवन उकुसमुकुसपूर्ण बनेको हो । 

Muktinath Bank

लगातार पाँच दिनसम्म ४० डिग्रीभन्दा माथि तापक्रम पुगेमा लू चल्ने गर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 शनिवार रूपन्देहीमा ४१, पश्चिम नवलपरासीमा ४०, कपिलवस्तुमा ४०, बाँकेमा ४१ र बर्दियामा ४० डिग्रीसम्म तापक्रम पुगेको थियो । आइतबार पनि तापक्रम ४० डिग्रीभन्दा माथि नै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

गर्मी अझै बढ्दै जाने जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन् । पश्चिमी वायु सक्रिय नभएकाले गर्मी अझै केही दिन बढ्दै जाने उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

‘विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम् तापक्रम वृद्धि भइरहेको देखिन्छ,’ मानन्धरले लोकान्तरसँग भनिन्, ‘काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र तराई भू–भागम मुख्यतयाः मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको छ । अझै केही दिन वर्षा हुने देखिँदैन ।’

null

वरिष्ठ मौषमविद् मानन्धरले थपिन्, ‘तत्काल अर्को सिस्टम आएर तापक्रम घट्ने सम्भावना देखिँदैन । सुदूरपश्चिमका पहाडी जिल्ला, कर्णाली र गण्डकीमा आंशिक बदलीले केही राहत छ । बाग्मती, लुम्बिनी र मधेशमा तापक्रम बढ्दो छ । यसबाट बच्नुपर्ने अवस्था आएको छ ।’ 

बुटवल, भैहरवा, नेपालगञ्ज, गुलरिया, घोराही, परासी क्षेत्रका शहरमा उखर्माउलो गर्मीले सर्वसाधारण काममा निस्कन सकेका छैनन् भने धेरै ठाउँमा विद्यालय समेत गर्मीले बन्द गरिएका छन् । 

प्रि–मनसुनमा पानी नपर्दा बढ्दो तापक्रम दुई दिन वा बढी समय कायम रहने असामान्य गर्मीको अवस्थालाई ‘हिट वेभ’ भनिन्छ ।

वैशाख पहिलो साता पनि तराईका केही स्थानमा ‘हिट वेभ’ नै भन्न मिल्ने गरी तापक्रम बढेको हो । हिउँद र प्रि–मनसुनमा पनि खासै पानी नपरेकाले तापक्रम बढ्न सहयोग गरेको मौसमविद्हरूको विश्लेषण छ ।

देशभर चर्को गर्मी बढेसँगै लू चल्ने तराई क्षेत्रका बासिन्दाले शर्तकता अपनाउनुपर्ने सुझाव चिकित्सकले दिएका छन् । गर्मीको जोखिमलाई कम आँक्दा त्यसले घातक असर पार्ने लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक डा. नेत्र रानाले बताए । 

‘तातो हावाबाट बच्न घरभित्र बस्ने, बाहिरी वातावरणमा नजाने, हिँडनैपर्ने अवस्था आए छाता र टोपीको प्रयोग गर्ने गर्नुपर्छ,’ रानाले भने, ‘प्रशस्त पानी र झोलिलो पदार्थ पिउनुपर्छ ।’ 

मौसम विज्ञान विभागले जेठ १८ देखि असोज १३ सम्मको अवधिलाई मनसुनी समय मानेको छ । गत वर्ष एक साताअघि नै नेपालमा मनसुन भित्रिएको थियो । यस वर्ष समयमा नै मनसुनी वर्षा हुने सम्भावना कम देखिएको छ । 

अहिलेको प्रणाली हेर्दा मनसुनी वर्षा शुरू हुन्छ भन्ने अवस्था छैन । अरू बेला भारतको केरलामा जुन १ मा मनसुन शुरू भइसक्थ्यो । त्यहाँ अझै प्रणाली विकसित भइसकेको छैन । त्यसैले समयमा नै मनसुनी वर्षा हुने सम्भावना न्यून देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा विशेष गरी मे र जुन महिनामा अत्यधिक गर्मी हुने गरेको छ । तर, केही वर्षदेखि अप्रिलमै अधिकतम तापक्रम पुग्ने गरेको विज्ञहरू बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x