मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
बुटवल | जेठ २३, २०८०
भारतीय बजारबाट विनाभन्सार सामान भित्र्याउँदा स्वदेशी बजार र राजस्व समेत सुक्दै गएपछि सीमा नाकामा कडाइ गर्न थालिएको छ ।
सीमावर्ती बजारमा हुने अवैध कारोवारलाई निरुसाहित गर्न रूपन्देहीको बेलहिया, बाँकेको नेपालगञ्ज, पश्चिम नवलपरासीको महेशपुर, कपिलवस्तुको कृष्णनगर नाकामा १०० रूपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिराउन थालिएको हो ।
घरायसी प्रयोजनका लागि सामान किन्न भन्दै दैनिक हजारौं नेपाली सीमावर्ती भारतीय सुनौली र नौतनवा, रुपैडिया, ठूटीबारी, बड्नी बजार पुग्ने गर्छन् ।
भारतीय बजारबाट खुलेयाम सामान नेपाल भित्रिँदा सरकारलाई राजस्व र नेपाली व्यवसायीको कारोबारमा समेत प्रभाव परेपछि सीमा नाकाहरूमा कडाइ शुरू गरिएको हो ।
एक सय रूपैयाँभन्दा बढी मूल्यका कुनै पनि सामान आयात गर्दा अनिवार्य भन्सार महसूल तिर्नुपर्ने कानूनी प्रावधान छ । तर, व्यावहारिक पक्ष भन्दै यसअघि यो नियम कडाइका साथ कार्यान्वयन गर्ने गरिएको थिएन ।
भन्सार नतिरी सामान भित्रिन नदिन रूपन्देहीको भैरहवा भन्सार कार्यालय, बेलहिया नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारमा कार्यरत कर्मचारी कडाइका साथ खटाइएको छ ।
भन्सार शुल्क तिर्नेको लाइन देखिन थालेको छ । उनीहरूले पारीबाट किनमेल गरी फर्केकालाई भन्सार प्रज्ञापनपत्र कटाएर भन्सार तिराउने गरेका छन् ।
भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले भारतीय बजारबाट किनमेल गरी फर्किनेलाई भन्सार तिरेर मात्र छाडिएको बताए ।
‘राज्यलाई राजस्व बढाउने भन्दा पनि पारी (भारतीय बजार) गएर किनमेल गर्ने प्रवृत्ति रोकेर स्थानीय बजारमै किनुन् भन्ने उद्देश्य हो,’ पौडेलले थपे, ‘दैनिक ५/७ हजार मान्छे सुनौली जान्थे । कडाइपछि भन्सारको झञ्झटले त्यसरी जाने क्रम घटेको छ । हाम्रो अभियानलाई निजी क्षेत्रले समेत पूर्ण साथ दिएको छ ।’
सीमावर्ती भारतीय बजार नेपाली ग्राहकले चलेका थिए । सीमा जोडिएका अधिकांश भारतीय बजार नेपाली ग्राहकको पहिलो रोजाइमा पर्ने गर्छन् । कोही बाध्यताले भारतीय बजार गर्छन् भने, कोही सस्तो सामान पाइने भन्दै किनमेलका लागि भारतीय बजार धाउँछन् ।
भरतको सुनौली बजारमा गएर दैनिक २ करोड रूपैयाँसम्म सामान नेपालीले किनमेल गर्ने गरेको निजी क्षेत्रको दाबी छ ।
रूपन्देहीको भैरहवा नाका नेपालकै दोस्रो ठूलो भन्सार नाका हो । दैनिक उपभोग्य सामानदेखि विवाह, ब्रतबन्ध, पूजाआजाका लागि समेत गुल्मी, पाल्पा, अर्घाखाँचीलगायत जिल्लाबाट नेपालीहरू दैनिक जाने गर्छन् ।
भैरहवा भन्सारको चालू आर्थिक वर्षको राजस्व संकलन लक्ष्य १५५ अर्ब रहेको छ । तर, आर्थिक मन्दीका कारण राजस्व लक्ष्य भेटाउन सक्ने अवस्था छैन ।
‘हाम्रो राजस्व संकलनका मुख्य स्रोत मोटरसाइकल र गाडी हुन्,’ पौडेल भन्छन्, ‘आर्थिक मन्दीले गाडीको आयात ८३ प्रतिशत घटेपछि लक्ष्य भेटाउने कुरा धेरै टाढा पुग्यो ।’
बाँकेको नेपालगञ्ज भन्सारले पनि नाकामा पूर्ण कडाइ गर्न थालेको छ । नेपालगञ्ज भन्सार कार्यालय, बाँकेका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले भन्सार शुल्क लिन मिल्ने सम्पूर्ण सामानको भन्सार अनिवार्य गर्न थालिएको बताए ।
‘नेपालगञ्ज बजार सुनसान र भारतीय रूपैडिया बजारमा भीडभाड भयो,’ शर्माले लोकान्तरसँग भने, ‘नाकामा भन्सारले कडाइ गर्न थालेपछि पारी किन्न जानेको संख्या आधाभन्दा बढीले घटेको छ । पहिले दैनिक दैनिक ३ हजार मानिस भारतीय बजार जान्थे भने, अहिले दैनिक १ हजारदेखि १२ सयसम्म गएका छन् ।’
भारतीय बजारमा सुर्खेत, दैलेखदेखि रोल्पासम्मका मानिसहरू किनमेलका लागि पुग्ने गर्छन् ।
‘उनीहरूले ल्याउने दालमोठदेखि नमकिनसम्मका सामानमा भन्सार लिन थालिएको छ,’ शर्माले थपे, ‘नेपालगञ्ज भन्सारको वार्षिक राजस्व लक्ष्य २९ अर्ब छ । राजस्व लक्ष्य भेटाउन सक्ने अवस्था थिएन, नाकामा कडाइ बढाएपछि लक्ष्य भेटाउन सक्ने आशामा हामी पुगेका छौं ।’
लुम्बिनी प्रदेशका प्रमुख नाकाहरूमा कडाइले मासिक ५ करोड रुपैयाँसम्म राजस्व संकलनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
रूपन्देहीका प्रहरी प्रमुख एसपी भरतबहादुर विकले सीमावर्ती बजारबाट किनमेल गरी सामान लिएर फर्केका सबैलाई लाइनमा राखेर भन्सार तिराउनका लागि सहजीकरण गरिएको बताए ।
कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुका प्रमुख गगनबहादुर विकेले भन्सार नतिराई कुनै पनि सामान नछाडिएको बताए ।
‘नाकामा स–साना समान ल्याउनलाई कडाइ गरिएको छ,’ विकेले भने, ‘खुला क्षेत्रबाट हुने चोरी तस्करीलाई पनि कडाइ गरिएको छ । यसले देशको राजस्व संकलन वृद्धि हुनुका साथै नेपाली बजार गुल्जार हुने हाम्रो आशा छ ।’
नेपालको कूल १ हजार ७०० किलोमिटर क्षेत्र खुला सीमा भारतसँग जोडिएको छ, जसले गर्दा प्रहरी र प्रशासनको आँखा छलेर तस्करी समेत हुने गरेको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सीमा नाका चेकजाँचमा कडाइ सकारात्मक कार्य भएको बताए । उनले यो कार्यले स्थानीय बजार चलायमान हुनुका साथै देशको समग्र अर्थतन्त्रमा समेत प्रभाव पर्ने दाबी गरे ।
उनले भने, ‘चेकजाँच कडाइलाई निरन्तरता दिनुपर्छ, यसले चोरी तस्करीलाई पनि निरुत्साहित गर्छ । बेलहिया नाकाजस्तै अन्य नाकाहरूमा चेकजाँचलाई कडाइ गर्नुपर्छ ।’ नेपालका भन्सार नाका राजस्व संकलनमा प्रमुख स्रोतहरू हुन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...