साउन १६, २०८१
यो लेख धार्मिक हैन । तर, अलिअलि मार्मिक भने पक्कै हो । आफूलाई मन परेन भन्दैमा अपमान गर्नुको पनि एउटा हद हुन्छ । देवी प्रतिभा कसैको नोकर हैनन्, जे पायो त्यही भन्नका लागि । नोकरलाई पनि जे पायो त्यही भन्न मिल्दैन ...
काठमाडाैं | असार १३, २०८०
पशुपतिनाथको गर्भ गृहमा राखिएको जलहरीको तौल नापजाँच गर्दा समेत केही प्रश्न उठिरहेका छन् । पशुपतिनाथको जलहरी ‘पित्तल’को रहेको र तौलमा गडबडी छ भनी प्रश्न उब्जेपछि सदन नै अवरुद्ध बनेको थियो ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णयानुसार राखिएको जलहरी प्रकरणमा स्वाभाविक रूपले उनीमाथि प्रश्न तेर्सियो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)प्रति सत्ता पक्षको निरन्तर घेराबन्दीबीच पछिल्लो प्रकरणले एक खालको भ्रम अन्त्य गरेको छ ।
तौल, गुणस्तरका सबै वैज्ञानिक विधि, सरोकारवालाका संस्थागत प्रतिनिधि र सुरक्षा निकायको रोहबरमा तौल नापजाँच गर्दा समेत त्यसलाई फितलो बनाउने गरी बहस गरिनु पूर्वाग्रही मनोगत आक्रोश मात्रै सावित भएको छ । डिजिटल युगले फड्को मार्दासमेत जलहरीकै बहसले केही दिन सदन अवरुद्ध गरी समाजलाई दिग्भ्रमित पार्ने बहस जबर्जस्त प्रवेश गराइयो । जलहरीलाई सदनमै पित्तल भन्ने र तौल कम छ भन्नेहरू पनि अब भने जवाफदेही हुने कि नहुने अर्को कोणबाट बहस गर्न जरुरी छ ।
जुन ढंगले १० किलो सुन ओलीले नै ‘भ्रष्टाचार’ गरे भन्ने भाष्य निर्माण गरियो, त्यसको जवाफ पनि वर्तमान सत्तापक्षले दिनैपर्छ । त्यसको जवाफ दिइएन भने कसैप्रति बदला लिन आरोप लगाइदिए पुग्ने नजिर स्थापित हुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा महाकालेश्वर मन्दिरमा पूजाआजा, स्वदेश फर्किएपछि पशुपतिनाथको दर्शन, खप्तड दर्शनसँगै माओवादी केन्द्रकै सांसदले पशुपति जलहरीको गुणस्तर र तौलमाथि प्रश्न गर्नु संयोग मात्रै मान्न सकिन्न ।
हिन्दू धर्मप्रति प्रधानमन्त्री प्रचण्डको तीव्र चाहना र आफू कट्टर हिन्दूवादी देखिन अरूलाई दोषारोपण गर्ने ‘धार्मिक राजनीति’ले कसैलाई फाइदा गर्दैन । धेरैले के बिर्सेका छैनन् भने गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीत्वकालमा नै हो पशुपतिका मूल भट्ट माओवादीबाट कुटिएका । त्यही ‘पापमोचन’ वा क्षमाका लागि प्रचण्डले जलहरी प्रकरण अघि सारेको हुन सक्छन् ।
यही प्रकरणको अर्को पाटो, अनुत्पादक क्षेत्रमा जलहरी किन राखियो त्यसको जवाफ ओलीले दिनुपर्छ । पशुपतिनाथको उत्पत्ति हुँदा के सुनको जलहरी अनिवार्य थियो ? यी तथ्यहरू खोज्न नितान्त जरुरी छ । हिन्दूहरूको आस्थाको केन्द्र, राष्ट्रको पहिचान पशुपतिनाथ भन्नेमा कसैको फरक मत नहोला । तर, पशुपतिनाथमा सुनको जलहरी लगाउने कामको औचित्य भने पुष्टि हुन सकेको छैन ।
यस्तो अनुत्पादक क्षेत्रमा यतिका किलो सुनको जलहरी किन लगाइयो ? ज्योतिर्लिंग संरक्षणका लागि सुनबाहेक अन्य धातु थिएनन् ? केपी ओली सरकारले जुन निर्णय गर्यो यसमा बहस हुनु जरुरी छ ।
धार्मिक आस्थाबारेको बहस र जिकिर एउटा पक्ष होला, तर जनताप्रति उत्तरदायी र जनमतले लोकप्रिय पार्टी एमालेले यसबारे छर्लंग पार्नुपर्छ । भलै जलहरी नापतौलको प्रारम्भिक जानकारीअनुसार एमाले अध्यक्ष ओली पास मात्रै होइन ‘डिस्टिङ्सन’ ल्याउन सफल भएका छन् ।
सत्ता पक्षका सांसदहरूले जुन ढंगले प्रश्न उठाए त्यसको उत्तर यति भए पुग्छ । तर, जुन ढंगले आरोप लगाएर अविश्वासको खाडल सिर्जना गरियो, उनीहरूले पनि क्षमा माग्नु पर्छ ।
लाखौं भक्तजन पशुपति जान्छन् । भक्तजनहरूले गच्छेअनुसार भेटी–दान चढाउँछन्, त्यसको कहिल्यै लेखाजोखा हुँदैन ।
पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहेका भौतिक संरचना कौडीको भाउमा भाडामा लगाइएका छन् । पशुपतिनाथ मन्दिरको भेटी¬–दान, भौतिक संरचनाका भाडालगायतको आम्दानी पारदर्शी गरी त्यही आयस्रोतबाट जलहरी बनाइएको भए यति विघ्न विरोध हुने थिएन ।
पशुपतिनाथको सम्पत्ति, आयस्रोत, भेटी–दानलाई कसरी पारदर्शी बनाउने भन्नेबारे अधिकारसम्पन्न संसदीय वा स्वायत्त समिति बनाउन जरुरी छ ।
‘पशुपतिनाथले रक्षा गरुन् !’
पशुपतिनाथबारे चर्चा गरिरहँदा ऐतिहासिक कालखण्डलाई हेर्न जरुरी छ । ऐतिहासिक तथ्यले एघारौं शताब्दीअघि ब्राह्मणहरू नेपालको भूभागमा थिएनन् भन्ने देखाउँछ । बाल्मिकी रामायणलाई भानुभक्त आचार्यले नेपालीमा उल्था गरे । त्यसलाई मोतीराम भट्टले व्यापक बनाए । त्यसअघि हिन्दू धर्मका अन्य किताबहरू नेपालीमा उपलब्ध थिएनन् । स्वस्थानी, महाभारत, गीता, रामायण धेरैपछि नेपालमा भित्रिएका हुन् ।
यद्यपि पशुपतिनाथको सत्यताबारे धेरै अवधारणाहरू रहेकाले महत्त्व हुनु स्वाभाविक हो । हिमवत्खण्डः नेपालमहात्म्य प्रकरण, अध्याय–७५ ज्योतिर्लिंगको आविर्भावमा वर्णन गर्दै भनिएको छ–
‘कामधेनुले भनिन्– यो शिवलिंगको टुप्पो कसै गरे पनि फेला पर्दैन । यसको फेद तथा टुप्पो थाहा पाउन कोही पनि समर्थ छैन । आद्य ईश्वर र देवताका नायकको अनादि लिंगलाई कसैले पनि जान्न सकेको छैन । म पनि यसलाई जान्न सक्दिनँ । सूक्ष्म लिंगमाथि सधैं दूध पगारेर चढाउँछु । यो ठूलो ज्योतिर्लिंगलाई दूधले भिजाउँदैन । यसमा फूलहरू छन्, फूलमाथि मैले सधैं दूध खन्याएको छु । त्यो दूध कहाँ जान्छ मलाई थाहा छैन । लिंगको टुप्पोभन्दा तल करोडौं आश्चर्यजनक पाशुपत अस्त्रहरू छन् । करोडौंको सङ्ख्यामा तिनीहरू घुमिरहेका छन् । त्यहाँ जान को सक्छ ? । हे ब्रह्मा ! एउटा कुनै धूलो मात्र त्यहाँ पुग्यो भने त्यस अस्त्रले त्यसलाई हजारौं टुक्रा गरेर छियाछिया पार्छ । ती अस्त्रले टुक्रिएको त्यो धूलो आकाशमा उडेर बिलाउँछ भने त्यहाँ जान को सक्छ ? हे ब्रह्मान् ! यी बाह्रमासे जपा र केतकी नाम गरेका फूलहरूले रुद्रका सबै प्रिय वृत्तान्त जान्न सक्छन् ।।१८–२५।।’
नरहरिनाथले ‘इतिहास प्रकाशमा सन्धिपत्रसंग्रह’मा मेचीदेखि महाकालीसम्मका ऐतिहासिक स्थलहरूका अभिलेख दृश्य प्रतीकहरूमा ‘काष्ठमण्डप देवग्राम पशुपतिनाथ आर्यघाटमा ३ हजार वर्ष जति प्राचीन किरातकालिक विरुपाक्ष’को तस्वीर भनेर तस्वीर राखेका छन् । यी अनेकन तथ्यहरू हेर्दा पनि पशुपतिनाथमा सुनको जलहरीको आवश्यकता किन पर्यो भन्ने अनुत्तरित प्रश्नको जवाफ दिनुपर्छ ।
पशुपतिनाथको समाजशास्त्रीय अध्ययनमा डोरबहादुर विष्टले भाग्यवाद र विकासमा भनेका छन्,
‘दक्षिण भारतका शंकराचार्यबाट ईशाको पहिलो सहस्राब्दीमा भएको नेपाल भ्रमण बौद्ध धर्म र यसका लागि विध्वंशकारू साबित भयो । यसबाट पहिलेदेखि चल्दै आएको शिवपूजन परम्परामा पनि व्यवधान उत्पन्न भयो । शिवलाई पशुपतिनाथका रूपमा पुज्ने चलन नितान्त मौलिक नेपाली परम्परा थियो । शिव यस्ता स्थानीय देवता थिए जो धामी झाँक्रीका आङमा उत्रेर बोल्दथे अनि उनीहरूको सपनामा प्रकट हुन्थे । उनलाई यहाँका मानिसहरू लिंगको स्वरूपमा पनि पूजा गर्दथे । तर लिच्छविकालको अन्त्यतिर शंकराचार्य नेपाली राजा शिवदेवलाई मनाएर काठमाडौंको पशुपतिनाथ मन्दिरमा पूजा गर्ने आधिकारसम्पन्न पुजारीका रूपमा ब्राम्हाणहरूलाई नियुक्त गर्न सफल भए । यसपछि नेपालका सबै प्रमुख मन्दिरहरूमा ब्राह्मण पुरोहित राख्ने प्रचलन शुरू भयो जसले गर्दा उनीहरूको धार्मिक र राजनीतिक हैसियत उच्च हुन गयो र यसका साथै दानस्वरूप जमिन दिइने हुनाले उनीहरू आर्थिक रूपमा आत्मनिर्भर हुन पुगे ।’
पशुपतिनाथको व्यवहार साँच्चै भन्ने हो भने विभेदकारी छ । जसको पहुँच छ, जो धनाढ्य (कालोधनवाला किन नहोस्) छ, उसका लागि छुट्टै पूजापाठ हुन्छ । जो निमुखा छ, जोसँग पैसा छैन, उसले एउटा चन्दनको टीका लगाउन समेत पाउँदैन । दलितमाथिको धार्मिक व्यवहार झन् विवेदकारी छ । हिजो राजा–महाराजा र शासकहरूका लागि मात्रै पशुपति पवित्रस्थलका रूपमा स्थापित थियो । राजा जनताका थिए, तर आशीर्वादका रूपमा सधैं ‘पशुपतिनाथले हामी सबैको रक्षा गरुन्’ भन्ने मान्यता स्थापित गरियो । त्यसले के पुष्टि गर्छ भने पशुपतिनाथलाई सयौं किलो सुनको जलहरी लगाइदिएर अनि हजारौं लिटर दूधले नुहाइदिएर पवित्र हुने होइन, शासक र पुजारीहरूको मन सफा भए स्वतः सबैको कल्याण हुन्छ ।
यो लेख धार्मिक हैन । तर, अलिअलि मार्मिक भने पक्कै हो । आफूलाई मन परेन भन्दैमा अपमान गर्नुको पनि एउटा हद हुन्छ । देवी प्रतिभा कसैको नोकर हैनन्, जे पायो त्यही भन्नका लागि । नोकरलाई पनि जे पायो त्यही भन्न मिल्दैन ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...
केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो । बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...