×

NMB BANK
NIC ASIA

नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता छ : अर्थमन्त्री महत

काठमाडाैं | असार १३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

Muktinath Bank

बुधवार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा सांसदहरूले प्रश्न उठाएको विषयमा जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताए । उनले आलुमा मुलुक आत्मनिर्भरतातर्फ उन्मुख भएको भन्दै प्याजमा पनि आत्मनिर्भर बनाउनका लागि मूल्य अभिवृद्धिकर भ्याटको व्यवस्था गरिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले मुलुकभित्र आलु–प्याज उत्पादन गर्ने उत्पादकहरू साना–साना रहेको भन्दै व्यावसायिक रूपमा एउटैले उत्पादन गर्न नसक्ने अवस्था रहेको बताए । उनले आन्तरिक उत्पादनका सप्लायर्सहरू पनि साना रहेकाले उनीहरू भ्याटको दायरामा आउनसक्ने बताए । अर्थमन्त्री महतले कालिमाटी तरकारी बजारमा विदेशबाट आयात हुने व्यवसायीहरूको समूह रहेको बताए ।


Advertisment
Nabil box
Kumari

उनले गोलभेडा नेपालमा उत्पादन हुँदाहुँदै पनि उपभोक्ताले कम पाइरहेको अवस्थामा उत्पादकहरूले सडकमा फालिरहेको बताए । उनले कालिमाटीमा बिचौलियाका कारण मुलुकभित्रको उत्पादनले प्रवेश नपाउने तर बाहिरबाट आएकाले सर्सर्ति प्रवेश पाउने अवस्था रहेको बताए । उनले मुलुकभित्रका साना–साना उत्पादन गर्नेहरूलाई यो भ्याट नलाग्ने बताए ।

Vianet communication
Laxmi Bank

उनले विदेशको सामान आयात गरेर सामान खरिद गरेमा भ्याट लाग्ने बताए । उनले आलु प्याजमा लगाएको भ्याटले नेपाली उत्पादकहरूलाई हौसला दिने दाबी गरे ।

उनले भने, ‘मुलुक आलुमा आत्मनिर्भरतातर्फ अघि बढ्दै गएको छ । प्याजमा पनि आत्मनिर्भरतातर्फ जानैपर्छ । त्यसो हुनाले हामीले मूल्य अभिवृद्धिकर भ्याटमार्फत आलु प्याजलाई आत्मनिर्भरतामा लैजान खोजेको हो । एकातिरबाट अनुदान सहुलियत, अर्को तर्फबाट भन्सारमा भ्याट लगाउँछौं । प्रश्न उठेको छ, आन्तरिक उत्पादनमा पनि लाग्ने भयो नि ? सरकारको अहिले पनि उत्पादकहरू साना–साना छन् । व्यावसायिक रूपमा एउटैले उत्पादन गर्दैन । सप्लायर्स पनि साना–साना छन् । किसानहरू धादिङ, काभ्रे, नुवाकोटका उत्पादन काठमाडौंमा खपत हुन्छ । उनीहरू भ्याटको परिधिभित्र आउँदैनन् । कालिमाटी तरकारी बजारमा विदेशबाट आयात हुने व्यवसायीहरूको समूह छ । उनीहरूले गोलभेडा नेपालमा उत्पादन हुँदाहुँदै पनि उपभोक्ताले कम पाइरहेको छ । उत्पादकहरूले सडकमा फालिरहेका छन् । त्यहाँ याक्सेसमा समस्या छ । उनीहरूको बलियो नेटवर्क छ । त्यसले गर्दा मुलुकभित्रको उत्पादनले प्रवेश पाउँदैन । बाहिरबाट आएको सर्सति प्रवेश गर्छ । मुलुकभित्र नै साना–साना उत्पादन गर्नेहरूलाई यो भ्याट लाग्दैन । विदेशको सामान आयात गरेर सामान खरिद गर्छ भने भ्याट लाग्छ । डिपार्टमेन्ट स्टोरमा जसले किन्छ । डिपार्टमेन्ट स्टोरमा किन्नेहरूले नेपाली उत्पादन किने भने पनि भ्याट लाग्छ । डिपार्टमेन्ट स्टोरमा जाने अलि हैसियत भएको मानिस नै जान्छ । साना–साना पसलहरूमा कुनै भ्याटको व्यवस्था छैन । भ्याटको परिधिमा पर्ने डिपार्टमेन्ट स्टोरबाहेक अन्य कुनैमा लाग्दैन । यो भ्याटले नेपाली उत्पादकहरूलाई हौसला दिन्छ । यो व्यवस्थाले आम उपभोक्तालाई समस्या पर्दैन ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x