×

NMB BANK
NIC ASIA

मौद्रिक नीति समग्र आर्थिक स्थायित्व कायम गर्ने गरी आउनुपर्छ : अर्थमन्त्री महत

काठमाडाैं | असार २६, २०८०

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मूल्यवृद्धि नियन्त्रण गर्ने मात्रै लक्ष्य नभएर समग्र आर्थिक स्थायित्व कायम गर्ने भएको बताएका छन् ।

Muktinath Bank

मंगलवार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिद्वारा आयोजित नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा विषयक सामाजिक संवाद कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले मुलुकको वर्तमान आर्थिक सूचकहरूले खुकुलो मौद्रिक नीति ल्याउन मिल्ने देखाएको बताए । उनले मौद्रिक नीतिको लक्ष्य मूल्यवृद्धि नियन्त्रण गर्ने मात्रै नभएर समग्र अर्थतन्त्रमा स्थायित्व र आर्थिक वृद्धिउन्मुख गराउने भएको बताए । उनले वर्तमान आर्थिक सूचकहरू अनुरूपमा चाँडै आउँदो वर्षको शुरूमा नै मौद्रिक नीतिले सम्बोधन गर्ने बताए । उनले खुकुलो मौद्रिक नीति आउँदा बैंकिङ क्षेत्रमा देखिएको तरलता पुँजी प्रवाह नभएको अवस्थालाई मद्दत पुग्ने बताए । उनले बैंकिङ क्षेत्रले पनि आफ्नो तहबाट गर्न सक्ने बैंकिङ क्षेत्रभित्र रहेका समस्याहरू समाधान गर्नुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

उनले बैंकहरूले ठूला लगानीकर्तामा मात्रै लगानी प्रवाह गर्ने तर मध्यम र साना लगानीकर्तामा पुँजीप्रवाह नगर्ने प्रवृति रोक्नुपर्ने बताए । उनले नेपालमा बैंकर्स र उद्योगीहरू एउटै हुनु सामान्य भएको भन्दै विश्वका अन्य मुलुकमा त्यस्तो नभएको बताए । उनले उद्योगी व्यवसायीहरूसँगै अलिअलि पुँजी भएकाले पुँजीअनुसार बैंकमा सञ्चालन भएको बताए ।

Vianet communication
Laxmi Bank

उनले उद्योगीहरू नै बैंकर्स भएकाले बैंकको पुँजी प्रवाह त्यहीँभित्र मात्रै हुने परिस्थिति रहेको बताए । उनले बैंकहरूले आगामी दिनमा ठूला लगानीकर्ता मात्रै नभएर मध्यम, साना लगानीकर्ता र उत्पादनशील क्षेत्र पुँजी प्रवाह गर्नुपर्ने बताए । 

उनले बैंकिङ क्षेत्रले धेरै उत्पादनशील क्षेत्रमा लगानी भएन, अनुत्पादक क्षेत्रमा बढी लगानी गरे भन्ने गुनासो रहेको बताए ।

उनले भने, ‘राष्ट्र बैंकलाई ठूलो चिन्ता मौद्रिक नीति खुकुलो बनाउँदा मूल्यमा समस्या आउँछ कि भन्ने कुरा आएको थियो । अहिले आएको तथ्यांकहरूले पनि अब आउने मौद्रिक नीतिलाई खुकुलो गर्ने प्रशस्त ठाउँ इन्डिकेटरले पनि सपोर्ट गर्ने अवस्था आएको छ । मौद्रिक नीतिको लक्ष्य मूल्यवृद्धि नियन्त्रण गर्ने मात्रै होइन । समग्रमा राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिको लक्ष्य भनेको समग्र अर्थतन्त्रमा स्थायित्व र आर्थिक वृद्धि उन्मुख गराउनु हो । त्यही अनुरूपमा चाँडै आउँदो वर्षको शुरूमा नै मौद्रिक नीतिले सम्बोधन गर्नेछ । बैकिङ क्षेत्रमा देखिएको तरलता पुँजी प्रवाह नभएको अवस्थालाई मद्दत पुग्नेछ । बैंकिङ क्षेत्रले पनि आफ्नो तहबाट पनि के गर्न सकिन्छ, बैंकिङ क्षेत्रभित्र रहेका समस्याहरू ठूला लगानीकर्ताहरूमा मात्रै लगानी प्रवाह हुने र मध्यम र साना लगानीकर्तामा नहुने अवस्था छ । नेपालमा बैंकर्स र उद्योगीहरू एउटै  हुने रियालिटी होे । यद्यपि त्यो सामान्यतया अरु देशमा त्यस्तै हुँदैन । हाम्रो त्यही किसिमबाट चलेको छ । उनीहरूसँगै अलिअलि पुँजी छ । त्यही पुँजी बैंकमा जम्मा भयो । पछि पब्लिकहरूले पनि योगदान गरे । त्यसरी नेपालमा बैंकिङ क्षेत्रको विकास भयो । त्यसो भएकाले बैंकको पुँजी प्रवाह त्यहीँभित्र हुने परिस्थिति छ । अहिले एउटा गुनासो बैंकिङ क्षेत्रले धेरै उत्पादनशिल क्षेत्रमा लगानी भएन, उपभोक्ताको क्षेत्रमा अनुत्पादक क्षेत्रमा बढी लगानी भयो भन्ने कुरा आएको परिप्रेक्ष्यमा उतातिर पनि बैंकिङ क्षेत्रले ध्यान दिनेछ । राष्ट्र बैंकले पनि यसतर्फ ध्यान दिनेछ भन्ने विश्वास लागेको छ । म सबैलाई भन्दिनँ, केही बैंकहरू प्रिबोटरी नीति अपनाएको प्रत्यक्ष प्रमाणहरू मैले प्राप्त गरेको छु । केही बैंकको सूचना मकहाँ आइपुगेको छ । बैंकले गलत गरेका छन् । हामीकहाँ कोलाटल बेसिस लेन्डिङ (धितोमा आधारित ऋण प्रवाह) रहेको छ । कोलाटल लेण्डिङको तुलनामा धेरै हाई कोलाटल लिने प्रवृत्ति छ । अहिले महंगो ब्याजदर भइरहेको लगानीकर्ताहरूलाई रिपेमेन्ट गर्न कठिन भइरहेको अवस्थामा कोलाटल लिने काम भइरहेको छ । यो सबै ब्याजदर मिलेमतोमा गर्ने, सबै कुरा मिलेमतो गर्ने कुरा सह्य हुँदैन । तैंले पनि नबढा, मैले पनि बढाउँदिनँ भन्ने विषयलाई मान्न सकिँदैन । त्यसमा प्रतिस्पर्धा तर हेल्दी प्रतिस्पर्धा गर्नुपर्छ ।’

उनले बैंकर र व्यवसायी एकै व्यक्ति भइदिँदा समस्या आएको बताए । उनले केही बैंकहरूले धितोमा ऋणीलाई दुःख दिएको सूचना आफूलाई आएको बताए । उनले केही बैंकले धेरै धितो राखेर थोरै ऋण दिने र पछि सबै धितो सस्तो मूल्यमा लिलामी गरेर कब्जा गर्न थालेको सूचना पाएको भन्दै बैंकहरूलाई सचेत हुन आग्रह गरे । उनले मिलेमतोमा ब्याजदर तोक्ने परिपाटी गलत भएको पनि बताए । उनले बैंकहरूले मिलेर ब्याजदर तोक्दा नागरिकले छनोटको सुविधा नपाएको बताए ।

उनले सबैले मिलेर ब्याजदर यति राख्ने भन्ने कुरा ठीक नभएको भन्दै प्रतिस्पर्धा सुनिश्चित गर्न आग्रह गरे । उनले निजी क्षेत्रका बैंकहरू पनि निक्षेपकर्ताको सुरक्षा के हुने हो भन्ने हाहाकारको अवस्था आउँदा पनि त्यसलाई तुरुन्तै पुनःस्थापना गर्न आत्मविश्वास भएको अवस्था भएकाले नेपालको वित्तीय क्षेत्रलाई नमूनाको रूपमा अगाडि बढाउन जरुरी रहेको बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x