×

NMB BANK
NIC ASIA

दीर्घकालीन असर पर्ने निर्णय नगर्न कोशी प्रदेश सरकारलाई सर्वाेच्चको अन्तरिम आदेश [आदेशसहित]

साउन ७ गते पेशी, मुद्दालाई निरन्तर सुनुवाइमा राखेर निर्णयार्थ पेश गर्न आदेश

काठमाडाैं | असार २७, २०८०

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

कोशी प्रदेशमा नियुक्त भएका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।

Muktinath Bank

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले थापा नेतृत्वकाे सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न अन्तरिम आदेश जारी गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'अन्तिरिम आदेश माग गरेकाे सम्बन्धमा विचार गर्दा प्रस्तुत मुद्दामा तत्काल लिखित जवाफ पेश गर्ने र इजलास बाटै निर्णयार्थ सुनुवाइकाे मिति ताेकिएकाे हुँदा मुद्दाकाे अन्तिम किनारा नहुँदासम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नू/नगराउनू भनि अन्तरिम आदेश जारी गरिएकाे छ,' आदेशमा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

थापाको नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

Vianet communication
Laxmi Bank

साथै थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने सन्दर्भमा पेश भएको प्रस्ताव, समर्थन, दाबी, हस्ताक्षरलगायतका सम्पूर्ण कागजातसहित प्रदेश प्रमुखले गरेको निर्णयकाे सक्कल फाइलसमेत झिकाउन आदेश भएको हो । साउन ७ गतेकाे पेशी ताेकी प्रस्तुत मुद्दालाई निरन्तर सुनुवाइमा राखेर निर्णयार्थ पेश गर्न आदेश गरिएकाे हाे । 

कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले गत बिहीवार मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता थापालाई नियुक्ति गर्ने निर्णय गरेका थिए ।

त्यसपछि थापाले मुख्यमन्त्रीको शपथ गरी पदभारसमेत ग्रहण गरी कार्य गर्दै आएका छन् । 

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा बुधवार भएको प्रारम्भिक सुनुवाइ पछि उक्त आदेश गर्दै कारण देखाउ आदेश समेत जारी भएको हो ।

कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले रिट हालेका थिए । प्रदेश प्रमुख खापुङलेसंविधानको ठाडो उल्लंघन गरी मुख्यमन्त्री नियुक्त गरेको रिटमा उनले उल्लेख गरेका छन् ।

सभामुख बाबुराम गौतमसहितको हस्ताक्षर समावेश गरेर नेपाली कांग्रेसका थापालाई मुख्यमन्त्री बनाउने प्रदेश प्रमुखको निर्णय गैरसंवैधानिक भएकाले अन्तरिम आदेश जारी हुनुपर्ने माग गरिएको हो ।

मुख्यमन्त्री नियुक्त भएका थापासँग ४६ सांसद मात्र भएको र उक्त संख्या बहुमत नभएकाले नियुक्ति गैर संवैधानिक भएको रिटमा उल्लेख छ। नेकपा एमालेको सरकारले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकार गठनको प्रस्ताव आह्वान गर्नुपर्नेमा उपधारा २ अनुसार गरेकाले प्रक्रिया नै त्रुटिपूर्ण भएको एमालेको दाबी छ।

 

null

null

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x