×

NIC ASIA

वीरगञ्जस्थित दुवै भन्सार कार्यालयको राजस्व सङ्कलन घट्यो

पर्सा | साउन ३, २०८०

Prabhu Bank
NTC
Premier Steels

पर्साको वरिगञ्जस्थित दुवै भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेनन् । 

Muktinath Bank

वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको ६० प्रतिशत र  सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले ६२ प्रतिशत मात्र राजस्व सङ्कलन गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक वर्ष २०७९/८० मा रु दुई खर्ब ६० अर्ब ९७ करोड दुई लाख आठ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ६० दशमलव २० प्रतिशत अर्थात् रु एक खर्ब ५७ अबै आठ करोड मात्र राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख डिलाराम पन्थीले जानकारी दिए । यो अघिल्लो दुई आर्थिक वर्षको भन्दा कम राजस्व सङ्कलन भएको हो । 


Advertisment
Nabil box
Kumari

सो भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको ९३ प्रतिशत र आर्थिक वर्ष २०७७÷७८ मा लक्ष्यको ९७ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । आव २०७९/८० मा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसक्नुमा आर्थिक तरलता प्रमुख कारक रहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत ढकालको भनाइ छ । 

Vianet communication

विश्वव्यापीरूपमा देखिएको आर्थिक मन्दी, पेट्रोलियम पदार्थ, नयाँ सवारीसाधन र औद्योगिक कच्चापदार्थको आयातमा आएको कमीले राजस्व सङ्कलन घटेको कार्यालय प्रमुख पन्थीले बताए । 

यस्तै पर्साको सिर्सिया सुक्खा बन्दगाह भन्सार कार्यालयले पनि आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको ६२ दशमलव ८८ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ । आर्थिक वर्ष २०७९/८० मा रु ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ४२ अर्ब ४० करोड २२ लाख ९२ हजार मात्र राजस्व सङ्कलन भएको सिर्सिया सुक्खा बन्दगाह भन्सार कार्यालय प्रमुख रामप्रसाद मैनालीले जानकारी दिए ।

सो भन्सारले अघिल्लो आव २०७८/७९ मा लक्ष्यको ९४ दशमलव ९८ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x