×

NMB BANK
NIC ASIA

विमानस्थल हुँदै सुन तस्करी

क्विन्टल सुन प्रकरण : यी ४ कारणले नैतिक प्रश्नको घेरामा अर्थमन्त्री

काठमाडाैं | साउन ११, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास समेत भएर तस्करीको करीब १ क्विन्टल सुन बाहिरिएको पुष्टि भएपछि भन्सार विभाग र त्यसको तालुक मन्त्रालय (अर्थ मन्त्रालय) गम्भीर शंकाको घेरामा परेका छन् ।

Muktinath Bank

‘ब्रेक शु’को आवरणमा ल्याइएको सामान (सुन)लाई ‘एक्सरे मशिन’ले नै शंकास्पद देखाएको भएपनि जाँचपासको प्रक्रिया पूरा गरी बाहिरिन दिएको घटनाले गम्भीर शंका उब्जाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१६० पीस ‘ब्रेक प्याड’को करीब ६३ हजार भन्सार शुल्क बुझाएर भाडाको ट्याक्सीमा बाहिर निकालिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते सिनामंगलबाट बरामद गरेको थियो ।


Advertisment
Nabil box
Kumari

मातहतकै निकाय (भन्सार)बाट यति ठूलो परिमाणमा तस्करीको सुन बाहिरिएको पुष्टि भएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि गम्भीर नैतिक प्रश्न खडा भएको छ । 

Vianet communication
Laxmi Bank

यसकारण अर्थमन्त्रीमाथि प्रश्न

कारण १: अर्थमन्त्री महतमाथि प्रश्न उठ्ने पहिलो कारण हो, सुन विमानस्थलमा झरेदेखि बाहिरिँदासम्म उनी मातहतकै निकायको एकछत्र भूमिका । 

नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने सामानले विभिन्न प्रक्रिया पार गर्नुपर्ने हुन्छ । सामान आइपुग्नुअगाडि नै कसले भित्र्याएको, कुन परिमाणको र के सामग्री हो भन्ने जानकारी विमानस्थल भन्सारसहित तालुक निकायमा पुगिसकेको हुन्छ । जब विमानस्थलमा जहाज अवतरण गर्छ, तब नेपाल एयरलाइन्सले उक्त सामानलाई गोदामसम्म पुर्‍याउँछ । जुन एयरलाइन्सको जहाजमार्फत आएको सामान पनि नेपाल एयरलाइन्सले नै गोदामसम्म पुर्‍याउने हो, किनकि ‘ग्राउन्ड ह्यान्डलिङ’को जिम्मा उसैले पाएको छ । 

विमानस्थलका एक अधिकारीका अनुसार के सामान आएको हो भनेर हेर्ने वा कुनै किसिमको चेकजाँच गर्ने अधिकार नेपाल एयरलाइन्सलाई हुन्न ।

सामान गोदाममा पुगेदेखि नै शुरू हुन्छ भन्सारको एकछत्र भूमिका । गोदाममा राखिएको सामान डेलिभरी अर्डर लिनेसहितको प्रक्रिया पुर्‍याएर एजेन्टमार्फत प्रज्ञापन पत्र भर्नुपर्छ । सामान आयात गर्नेले भन्सार एजेन्टमार्फत प्रज्ञापन पत्रको विवरण भर्छन् । 

सामान विमानस्थल परिसरभित्रै रहेको गोदाम व्यवस्था कम्पनीमा राखिन्छ । त्यहाँ सामान रहँदै कुन जाँचकीले सामान हेर्ने, भन्सार अधिकृत को हुने भन्ने जानकारी स्वचालित प्रणालीबाट आइसकेको हुन्छ । आवश्यक प्रक्रिया पूरा गरेपछि त्यो सामानलाई जाँचकीले जाँच गरेर मूल्यांकन शाखामा पठाउँछ । भन्सारको दर मूल्यांकन भएपछि वा हुनुअगाडि नै भन्सार अधिकृतले सामान हेर्न सक्छन् । नियमअनुसार पैसा तिरेपछि गेट पास निकालिन्छ । त्यसमा कसरी लैजाने भनिएको छ, त्यही अनुसारको ढुवानी व्यवस्था गरेर विमानस्थल भन्सारबाट सामान बाहिरिने गरेको एक भन्सार अधिकृतले बताए । 

भन्सार जाँचकी र एजेन्टले हेरेको सामान कुन वर्गमा परेको छ भनेर सिस्टमले नै संकेत गरेको हुन्छ । भन्सारको नियमानुसार ‘रेड लिस्ट’मा परेको छ भने सबै सामान एक–एक गरेर हर्नुपर्ने हुन्छ । २ साउनमा पनि ‘ब्रेक शु’ एक्सरे मशिनमा राख्दा शंकास्पद छ भन्ने संकेत मिलेको पाइएको छ । कुनै वस्तु शंकास्पद भयो भने ‘एक्सरे टेक्निसियन’ले ‘रिचेक’ गर्ने भनेर (आरसी) लेखिदिएको हुन्छ । उक्त ‘ब्रेक शु’मा पनि आरसी लेखिएको विमानस्थल भन्सारले जानकारी दिएको छ ।

त्यसपछि सामान दोहोर्‍याएर हेरेको र ‘ब्रेक शु’ नै रहेको भनेर छाडेको सीसी क्यामेरामा देखिएको छ । यो विषयमा राजस्व अनुसन्धान विभागले आवश्यक छानबिन गरिरहेको छ ।

सबै प्रक्रिया हेर्दा भन्सार आकर्षित हुने सामान सिधै भन्सारको दायरामा जाने र त्यो विमानस्थलबाट बाहिरिँदासम्म भन्सारकै मात्र निगरानी र दायित्व हुने देखिएको छ । भन्सारले आवश्यक ठानेको र सुरक्षा माग गरेको अवस्थामा बाहेक सुरक्षा निकाय समेत यसमा प्रत्यक्ष जोडिने देखिँदैन ।

एक क्विन्टल सुन तस्करी प्रकरणलाई हेर्दा जाँचपास गरेर बाहिरिन दिने निकाय (भन्सार) अर्थ मन्त्रालय र सुन बरामद गर्ने निकाय (राजस्व अनुसन्धान विभाग) प्रधानमन्त्री कार्यालयमातहत हुन् । 

यस प्रकरणमा भन्सार विभागले आफ्नै दायित्वको विषय भएको स्वीकार्दै ३ कर्मचारीलाई निलम्बन गरेर छानबिन समेत गरिरहेको छ । 

शुरूमा ७ दिनको म्याद राखेर शुरू भएको अनुसन्धान समयमा पूरा नभएपछि बुधवार पुनः ५ दिनको म्याद थपिएको भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्का बताउँछन् ।

कारण २: तस्करीको उक्त सुन बाहिरिँदा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक बिदामा थिए । भन्सार प्रशासक अरुण पोखरेल १७ असारदेखि ५७ दिनको बिरामी बिदा स्वीकृति गराएर बसेको थिए ।

ढाडको समस्या देखाएर पोखरेल लामो बिदामा बस्दा पनि अर्थ मन्त्रालयले नयाँ प्रमुख भन्सार प्रशासक पठाउन आवश्यक देखेन । बिदामा रहेका पोखरेल अमेरिका पुगिसक्दा पनि अर्थमन्त्रालय त्यति ठूलो अड्डा निमित्तको भरमा छाडेर गैरजिम्मेवार बनिरह्यो ।

विमानस्थल भन्सारजस्तो संवेदनशील अड्डालाई प्रमुखविहीन बनाएको २५ दिनपछि मात्र अर्थमन्त्रालयले कार्यालय प्रमुखको आवश्यकता देख्यो र नयाँ प्रमुख पठाएको छ । सुन तस्करी प्रकरणको एक सातापछि ९ साउनमा अर्थ मन्त्रालयले निजामती किताबखानाको महानिर्देशक रहेका टोकराज पाण्डेलाई  विमानस्थल भन्सारको प्रमुख बनाएर पठाएको हो ।

यति लामोसमय विमानस्थल भन्सारलाई प्रमुखविहीन बनाएर अर्थमन्त्री डा. महतले गम्भीर लापरबाही गरेको प्रस्टै देखिन्छ । 

विद्युतीय चुरोटमा सुन तस्करी भएको घटनाको अनुसन्धान चलिरहेकाले पनि यो कार्यालयलाई निमित्तको भरमा राख्ने कुरालाई स्वाभाविक मान्न सकिँदैन । 

फाइल तस्वीर

कारण ३: अर्थमन्त्री महतले आफूले जिम्मेवारी सम्हालेयता विमानस्थल भन्सारको निरीक्षण तथा अनुगमन समेत गरेको देखिँदैन । 

अर्थतन्त्रमा योगदान दिने र सरकारी आम्दानी प्राप्त हुने प्रमुख कार्यालयमध्ये एक हो, विमानस्थल भन्सार । १७ चैतमा अर्थमन्त्री नियुक्त भएका महत त्यसको करीब ४ महिनापछि आज (साउन ११ गते) मात्र स्थलगत निरीक्षणमा पुगे जबकि एक क्विटल सुन समातिएको एक साताभन्दा बढी समय बितिसकेको छ । यति महत्त्वपूर्ण कार्यालयको अनुगमन गर्ने फुर्सद नपाएका महतले यसबीचमा अर्थसँग सरोकार नै नराख्ने कार्यक्रममा जान भने फुर्सद निकाले । 

बिहीवार विमानस्थल भन्सार कार्यालयको निरीक्षणपछि उनले अवैध कारोबार रोक्न सबै सरकारी निकायको समन्वय आवश्यक भएको बताए । उनले भन्सार कार्यालयको निरीक्षणपछि मात्रै थाहा पाए, त्यहाँ जडित प्रविधिलाई पनि समयानुकूल स्तरोन्नति गर्नुपर्ने रहेछ । 

महतले एउटै निकायकाे भूमिकाले पूरा नतिजा नआउने पनि बताउन भ्याए ।

बेला बितेपछि मात्र काम गरेको देखाउनु र आफू (अर्थ मन्त्रालय)ले मात्र नसक्ने आशयको निरीह अभिव्यक्ति दिनुले पनि उनको अक्षमता र गम्भीर कमजोरी झल्काउँछन्, जुन उनीमाथि प्रश्न उठ्ने अर्को कारण पनि हो ।

कारण ४: मन्त्री महतको कमजोरीले तस्करीको एक क्विन्टल सुन एकैपटक बाहिरएको भन्दै उनकै पार्टी नेपाली कांग्रेसभित्र समेत प्रश्न उठेको छ । 

कांग्रेस सांसद सुनिल शर्माले अर्थमन्त्रीको कमजोरीले उनकै मातहतको कार्यालयबाट सुन बाहिरिएको भन्दै संसद्मै आमरण अनशनमा बस्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री मातहतको कार्यालयले सुन समाउन सक्ने, तर अर्थमन्त्रीमातहतको कार्यालयले थाहै नपाउने विषयमाथि प्रतिनिधिसभा बैठकमा प्रश्न गर्दै शर्माले बुधवार प्रतिनिधि सभाको बैठकमा भने, ‘देशमा क्विन्टलका क्लिन्टल सुन तस्करीबाट छिरिरहँदा थाहा नपाउनेले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’

आफ्नै पार्टीबाट यति गम्भीर प्रश्न उठ्नुले पनि उनी यत्तिकै पन्छिन मिल्ने देखिँदैन । 

पूर्व अर्थमन्त्री भन्छन्, ‘यसमा जिम्मेवारी अर्थकै हो’

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले विमानस्थल भन्सारबाट सुन बाहिरिएको घटनामा अर्थमन्त्री नैतिक रूपमा जिम्मेवार हुने बताएका छन् ।

‘जुनबेला मन्त्री पदमा बहाल भइन्छ, त्यतिबेला मातहतको निकायमा हुने सबै घटनाप्रति मन्त्री नै जिम्मेवार हुने हो,’ एमाले उपाध्यक्ष समेत रहेका पाण्डेले लोकान्तरसँग भने, ‘आफू मातहत केही घटना घट्यो भने जिम्मेवार हुनुपर्छ । कमजोरी हुँदा नैतिकताका आधारमा राजीनामा दिने विषय पनि आउन सक्छ ।’

प्रत्यक्ष संलग्नता भएपनि/नभएपनि मन्त्रीको जवाफदेहिता हुने उनको तर्क छ ।

‘कति समय मन्त्री बने, कहाँ थिए भन्ने विषयले अर्थ राख्दैन । मातहतको निकायमा भएको विषयमा आवश्यक छानबिन तथा अनुसन्धान गर्न सघाउने काम पनि मन्त्रीको हुन्छ । यो विषयमा नैतिक जिम्मेवारी लिने, राजीनामा दिने वा नदिने भन्ने विषय उनकै भयो, तर जिम्मेवारीबाट पन्छिन भने मिल्दैन,’ पाण्डेले थपे ।

अर्थशास्त्री गोविन्दराज पोखरेलले सुन तस्करीका कारण नेपालको छवि नै धमिलो बनेको भन्दै चिन्ता व्यक्त गरे । भन्सारबाट पास भएको सुनमा अर्थमन्त्रीको पनि पदीय जिम्मेवारी हुने उनको भनाइ छ ।

जर्मनी पुगेका पोखरेलले ‘ह्वाट्स एप’मा लोकान्तरसँग भने, ‘सुनकाण्डमा अर्थमन्त्रीको पदीय जिम्मेवारी त जोडिएकै छ, यसमा स्पष्टीकरण दिने, नैतिक जिम्मेवारी लिने वा जवाफदेही बन्ने उनको कुरा भयो । तर, जे जस्तो आदर्शका कुरा गरे पनि यस्ता घटनाको सर्जरी नै नगरेसम्म फेरि दोहोरिँदैन भन्न सकिँदैन ।’

टालटुलका लागि मात्र छानबिन गरेर जरोसम्म नपुग्ने हो भने जनअपेक्षा पूरा नहुने र तस्करी पनि नरोकिने उनको विश्लेषण छ ।

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री सुनको विषयमा संसद्मा विपक्षीले धर्म निभाउने काम मात्रै गरेको भन्दै यसलाई जरैदेखि केलाउनुपर्ने बताउँछन् । मातहतका कर्मचारीले आफ्नो काम नगरेको देखिएको भन्दै क्षेत्रीले त्यसमा अर्थमन्त्रीको नैतिक जिम्मेवारी हुने बताए । 

‘अर्थमन्त्रालय अन्तर्गतका कर्मचारीले गर्ने काम नगरेको, ब्रेक शुमा शंका लागेपछि पनि पुनः राम्रोसँग चेकजाँच नगरेको देखिएको छ, यस्तो कमजोरीको जिम्मेवारी अर्थमन्त्रीको पनि हुन्छ,’ क्षेत्रीले लोकान्तरसँग भने ।

आफू मातहतको निकायबाट हुने गम्भीर लापरवाहीको घटनामा पनि नैतिक जिम्मेवारी नलिने हो भने अब सबै नेपाली शंखघण्ट लिएर वनारस गए हुने उनको टिप्पणी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x