×

NMB BANK
NIC ASIA

खोजी मुख्य तस्करको

एक क्विन्टल सुन प्रकरण : विभागकै अनुसन्धानमा टेकेर अघि बढ्दै सीआईबी

काठमाडाैं | साउन २१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

करीब एक क्विन्टल (आधिकारिक तौल लिन बाँकी) सुन प्रकरणमा प्रहरीले राजस्व अनुसन्धान विभागको अनुसन्धानलाई समेत आधार मानेर थप अनुसन्धान गर्ने भएको छ । विभागले अहिलेसम्म गरेको अनुसन्धानमा प्राप्त प्रमाणका आधारमा नयाँ तथ्य खोजी गर्न लागिएको प्रहरीले जनाएको छ ।

Muktinath Bank

‘विभागले अनुसन्धान शुरू गरेर जहाँसम्म पुगेको छ, त्यहीँबाटै अनुसन्धान उठान गरेर टुङ्गो लगाउँछौं,’ प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुवँरले लोकान्तरसँग भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागले अहिलेसम्म ट्याक्सी चालकदेखि कुख्यात भनिएका बेल्जियम नागरिक दावा छिरिङ समेत १८ जनालाई पक्राउ गरेको छ । क्यान्सरबाट पीडित रुक्मिना सुब्बालाई आवश्यक पर्दा हाजिर हुने गरी परिवारको जमानीमा छाडिए पनि थप १७ आरोपित हिरासतमा छन् ।


Advertisment
Nabil box
Kumari

विभागले संकलन गरेका प्रमाणहरू समेत प्रहरीलाई उपलब्ध गराउने र त्यहीँबाट थप प्रमाण जुटाउन प्रयास गर्ने आईजीपी कुँवरले बताए ।

Vianet communication
Laxmi Bank

‘विभागले प्रहरीलाई अनुसन्धान गर्न अनुरोध गरेको पत्रसहित प्रमाण र हालसम्मको अनुसन्धानका बारेमा विवरणहरू उपलब्ध गराउँछ, त्यहीँबाट अगाडि अनुसन्धान गर्छौं,’ आईजीपी कुवँरले लोकान्तरसँग भने ।

संलग्नता देखिएका र प्रमाण फेला परेका सबैलाई अनुसन्धानको दायरामा ल्याउने प्रहरीको तयारी छ । पछिल्लो समय विभिन्न राजनीतिक व्यक्तित्वहरूको नामसमेत जोडिएर आएको छ । केही व्यापारिक घरानाको नाम पनि जोडिएको छ, तर अहिलेसम्म प्रमाणले पुष्टि भएको अवस्था भने छैन । 

‘अनुसन्धानका क्रममा भेटिने जो कोही भए पनि प्रहरीले छाड्दैन्,’ आईजीपी कुवँरले भने, ‘हामीसँग करीब ३५ दिनको समय छ । योबीचमा अनुसन्धान टुंग्याएर अदालतमा टेकाउँछौं ।’ 

नेपालमा अहिलेसम्मकै ठूलो परिणाममा फेला परेको सुनको विषयमा संगठित अपराधमा पनि अनुसन्धान गर्नुपर्ने भन्दै बहस उठेको थियो ।

अब अनुसन्धानको दायरामा आएपछि प्रहरीले हङकङसम्म पुगेर अनुसन्धान गर्ने बाटो खुलेको छ । यसभन्दा अगाडि ३३ किलो सुन काण्डमा प्रहरीले दुबईसम्म पुगेर जालोको पर्दाफास गरेको थियो ।

हामी तयारी अवस्था छौंः सीआईबी 

क्विन्टल सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा पाएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान अगाडि बढाउन तयारी अवस्थामा रहेको बताएको छ ।

आइतवार अपराह्न सीआईबीकी निर्देशक किरण बज्राचार्यले आफूहरू विभागले दिने पत्र र फाइलको प्रतीक्षामा रहेको लोकान्तरसँग बताइन् । 

‘हामी तयारी अवस्थामा नै छौं । विभागले पत्रसहित प्रमाणका फोटोकपीहरू दिएलगत्तै अनुसन्धान शुरू गर्छौं,’ एआईजी बज्राचार्यले भनिन् । (अपडेट:विभागले आइतवार अपराह्न नै सीआईबीलाई पत्र दिएको छ । )

स्रोतका अनुसार सीआईबीले सुन प्रकरण शुरू भएदेखि नै प्राविधिक विषयहरूमा सूक्ष्म अनुसन्धान गरिराखेको थियो ।

विभागले जिम्मेवारी नसुम्पे पनि देशमा भएको संगठित अपराध र सुरक्षाको विषयमा अनुसन्धान गर्नु स्वाभाविक भएको प्रहरीका एक उच्च अधिकारीले बताए ।

‘यति ठूलो संगठित अपराधको विषयमा प्रहरीलाई चासो नहुने कुरा भएन नि, आफ्नो ढगंले अनुसन्धान गर्छौं नै,’ ती अधिकारीले भने । 

अहिलेसम्म के भयो ?

राजस्व अनुसन्धान विभागले सशस्त्र प्रहरी बलको सहयोगमा करीब सय किलो सुन साउन २ गते बरामद गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ‘जाँचपास’ भइसकेपछि ट्याक्सीमा लैजाँदै गर्दा सिनामंगलबाट सुन बरामद भएको हो ।

विभागले त्यसक्रममा तत्कालै ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राईलाई पक्राउ ग‍र्‍यो ।

त्यसपछि हङकङबाट स्कुटरको ब्रेक शुको रूपमा नेपालमा सुन ल्याउने रेडी ट्रेडका (कागजी) सञ्चालक दिलिप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई र तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङलाई पक्राउ परे ।

विभागले साउन ४ गते चिनियाँ नागरिक जिक्वान लिन र सामानको भन्सार छुटाउने कार्गो सञ्चालकहरू कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट तथा राजन श्रेष्ठलाई पक्राउ गरियो ।

सय किलो सुन बरामद गरेर हौसिएको विभागले साउन ७ गते कर्मचारीको त्रुटि देखिएको भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरेमा खटिएका सरोज श्रेष्ठलाई पक्राउ गरेको थियो । 

त्यही दिन भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा पनि पक्राउ परे । विभागले साउन १० गते सोह्रखुट्टेस्थित एउटा घरमा छापा हानेर सुन गाल्ने मशिनसहित ६६ कार्टुन ब्रेक शु बरामद गर्‍यो । 

गोदामका लागि स्थान मिलाइदिएको आरोपमा सुरेन्द्र तामाङलाई पनि पक्राउ गरियो । त्यसरी बरामद ब्रेक शुबाट सुन निकालिसकेको पाइएको अनुसन्धान अधिकारीहरू बताउँछन् ।

साउन १३ गते ठमेलमा रहेको भियाना होटलमा छापा मारी तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलाई समेत पक्राउ गरिएको छ ।

विभागले सुन प्रकरणमा शंकास्पद लागेको भन्दै राकेशकुमार अडुकियाको घरमा छापा हान्यो, तर केही पनि बरामद गरेन, न त उनलाई पक्राउ गर्न नै सक्यो । विभागले छापा हान्नुभन्दा अगाडि नै त्रिभुवन विमानस्थल हुँदै अडुकिया फरार भइसकेका थिए । 

यो विषयमा विभागले मात्र अनुसन्धान गर्न नसक्ने आवाज उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै निर्देशनमा सीआईबीलाई जिम्मेवारी दिइएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x