कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
काठमाडाैं | साउन २९, २०८०
१७ वर्षमा सम्पन्न गर्ने गरी वि.सं. २०३५ सालमा शुरू भएको लुम्बिनी गुरूयोजना झण्डै आधा शताब्दी बित्दा पनि पूरा हुन सकेको छैन ।
४५ वर्षको अवधिमा सरकारी र दातृ निकायको ठूलो धनराशि खर्च भइसक्दा समेत लुम्बिनी गुरूयोजना अधुरै रहेको हो ।
बौद्ध धर्मालम्बीहरूको पवित्र धार्मिक तीर्थस्थल लुम्बिनीको गुरूयोजना जापानका प्रख्यात वास्तुविद् प्रोफेसर केन्जो टांगेले सन् १९७२ देखि १९७८ सम्म ६ वर्ष लगाएर बनाएका थिए ।
राजनीतिक नियुक्तिमा आउने पदाधिकारीले लुम्बिनी क्षेत्रको विकास र विस्तारभन्दा गुरूयोजनाविपरीतका काम गर्दै आएकाले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत स्थापित संस्था ओझेलमा पर्न थालेको छ ।
कर्मचारी र पदाधिकारीले आर्थिक लाभका लागि जथाभावी कोषभित्र भौतिक निर्माण अघि बढाउँदा लुम्बिनी विश्व सम्पदा सूचीबाट हट्न सक्ने खतरा बढ्दै गएको छ ।
सरकारले आर्थिक वर्ष २०७०/०७१ देखि राष्ट्रिय गौरवको आयोजनामा समेत लुम्बिनीलाई राखेको थियो ।
बेबी बुद्धको मूर्ति, थाइल्यान्डको सूचना केन्द्र, बुद्ध प्रतिमा, शान्ति दीप, सभाहल तथा विभिन्न देशहरूले निर्माण गरेका गुम्बा गुरूयोजनाविपरीत बनेका हुन् ।
गुम्बा तथा चैत्य बनाउन विभिन्न देश तथा संस्थालाई एक–एकवटा ‘प्लट’ दिने नियम बनाए पनि आफूखुशी वितरण गरिएको छ ।
सत्ता र शक्तिको आडमा नियुक्त हुने पदाधिकारीका कारण लुम्बिनीको वृहत्तर विकासमा आघात पुगेको विज्ञले बताउँदै आएका छन् ।
गुरूयोजनाकार वास्तुविद् केन्जोले लुम्बिनी क्षेत्रभित्र तीर्थयात्रीले पूर्णतः बौद्ध वातावरण पाउने गाउँको परिकल्पना पनि गरेका थिए । तर, त्यो साकार हुने देखिएको छैन ।
लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनीयर सरोज भट्टराईले गुरूयोजनाविपरीतका कुनै पनि काम नभएको दाबी गरे ।
‘लुम्बिनी विश्व सम्पदा सूचीबाट हट्ने कुरा हुँदैन,’ उनी भन्छन्, ‘सम्बन्धित निकायले हामी विकास कोषभित्र नेपाली सेनाले बनाएको अस्थायी सभाहलको विषयलाई लिएर युनेस्कोले सचेतचाहिँ गराएको हो । अहिले बनेको ५ हजारजना अट्ने क्षमताको सभाहल मायादेवी मन्दिरबाट ५ किलोमिटर टाढा पर्छ । सुन्दर लुम्बिनी विश्व सम्पदा सूचीबाट हट्ने कुरा आउँदैन ।’
भट्टराईले थपे, ‘अहिले हामी साढे दुई अर्बको काम गरिरहेका छौं । हामीलाई अब ५ अर्ब रूपैयाँ बजेट आवश्यक छ । यो वर्ष जम्मा ३५ करोड रूपैयाँमात्र बजेट छ ।’
गुरूयोजना कार्यान्वयनमा आएको ४५ वर्ष पुगिसक्दा बल्ल ८७ प्रतिशत काम भएको छ । गुरूयोजना सम्पन्न गर्न अझै साढे ७ अर्बभन्दा बढी रकम लाग्ने कोषले बताएको छ ।
लुम्बिनीलाई आध्यात्मिक केन्द्रका रूपमा विकास गर्ने, विश्वभरका बौद्ध तीर्थयात्री र पर्यटकलाई आकर्षित गरेर विश्व शान्तिको मुहान बनाउने, बुद्धसँग सम्बन्धित लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामको एकीकृत विकास गर्न तयार गरिएको वृहत्तर लुम्बिनी विकास गुरूयोजना कार्यान्वयन गरी पर्यटन विकास गर्ने कोषको काम हो ।
लुम्बिनीको विकासका लागि भन्दै वि.सं.२००८ सालमा लुम्बिनी प्रबन्धक समिति र वि.सं. २०२७ सालमा लुम्बिनी विकास परियोजना स्थापना भएर काम भइरहेको थियो । वि.सं.२०४२ सालमा लुम्बिनी विकास कोष स्थापना भयो । यसबीचमा कोषमा १०९ जना राजनीतिक नियुक्ति पाएर पदाधिकारी परिवर्तन भए ।
संस्कृति तथा पर्यटनमन्त्री लुम्बिनी विकास कोषको पदेन अध्यक्ष रहने प्रावधान छ । विकास उपाध्यक्षको भूमिका ‘सेरेमोनियल’ रहन्छ । हाजिरी गर्न पर्दैन । तलबभत्ता पनि हुँदैन । नीतिगत तहमा मात्रै भूमिका हुन्छ । अन्तर्राष्ट्रिय सम्बन्ध बढाउने तथा कोषको आय बढाउन पहल गर्ने कार्य उपाध्यक्षको हो । सम्पूर्ण कार्यकारी र प्रशासनिक भूमिका भने सदस्य सचिवको हुन्छ ।
हरेक सरकार परिवर्तनसँगै लुम्बिनी विकास कोषमा पदाधिकारी परिवर्तन हुँदै आएका छन् । कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले हालै कार्यभार सम्हालेर काम शुरू गरेका छन् । नवनियुक्त उपाध्यक्ष लामाले गुरूयोजना विपरीतका काम आफूले रोक्ने पदभार ग्रहण कार्यक्रममा बताएका थिए ।
लामाले मायादेवी मन्दिर मर्मतका लागि ७ करोड रूपैयाँ आफूले व्यक्तिगत रूपमा उपलब्ध गराउने घोषणा समेत गरेका छन् । त्यसबाहेक विभिन्न दातृ निकायले ठूलो रकम सहयोग गर्दै आएका छन्, त्यसको हिसाबकिताब नै छैन ।
पछिल्लो समय पर्याप्त बजेट विनियोजन गर्दै आएको सरकारले सही काममा खर्च भए/नभएकोबारे अनुगमन र नियमन गर्न सकेको छैन । सरकारले लुम्बिनीको विकासका लागि करीब ७ अर्ब रुपैयाँ खर्च गरिसकेको छ ।
लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले गुरूयोजना पूरा गर्नु सबैको दायित्व भएकाले टीमवर्कमा काम गर्न नयाँ उपाध्यक्षलाई सुझाव दिए ।
‘लुम्बिनीसँगै जोडिएका ७ वटा साइटमा पर्यटक बढाउनेदेखि गुरूयोजना पूरा गर्ने दायित्व उपाध्यक्ष हो,’ सदस्य सचिव शाक्यले भने, ‘हामी सबै मिलेर अब गुरूयोजना पूरा गरी लाग्नुपर्ने भएको छ ।’
संस्कृतिविद् डा. गितु गिरीले लुम्बिनीमा बनेका अनुचित कम्पोनेन्टदेखि गेटहरू समेत अबको उपाध्यक्षले रोकेर गुरूयोजनाअनुसार नै काम गराउन सक्नुपर्ने बताए । बुद्ध जन्मस्थल लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधार पनि हो ।
लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटकीय ‘चेन’ बनाएमा पर्यटकको बसाइ लम्ब्याउन सकिने सम्भावना पनि उत्तिकै छ । बुद्धका अनुयायीहरू आफ्नो जीवनमा एकपटक लुम्बिनी जसरी पनि पुग्नुपर्छ भन्ने भावना राख्छन् ।
विश्वभरमा बौद्ध धर्म मान्ने र बौद्धमार्गीहरूको संख्या अर्बको हाराहारीमा रहेको अनुमान छ । यति धेरै संख्यामा बौद्ध धर्मावलम्बी र बौद्धमार्गी हुँदा पनि नेपालले त्यसको फाइदा लिन नसकेको संस्कृतिविद् गिरीको भनाइ छ ।
विदेशी बौद्धिष्टहरू नगण्य मात्रामा लुम्बिनी आउँछन् । लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार, ब्रान्डिङ एवं मार्केटिङको अभावमा लुम्बिनीमा केही पर्यटक मात्र आउने गरेका छन् ।
त्यसमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी नेपाल भित्रिने पर्यटकहरू निकै कम आउने गरेका छन् । लुम्बिनी आउने विदेशी पर्यटकमध्ये ९० प्रतिशत बढी स्थलमार्गको बेलहिया (भैरहवा) नाका हुँदै आउँछन् ।
काठमाडौं आउने विदेशी प्रायः लुम्बिनी आउँदैनन् । त्यस्तै लुम्बिनी आउने धेरै अन्यत्र जाँदैनन् ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...