×

NIC ASIA

क्याम्पसमा जालझेल

सानोठिमी क्याम्पसमा अनियमितता: अन्तर्वार्तादेखि नै गोलमाल, नभएको अनुभव जोडेर नियुक्ति

काठमाडाैं | भदौ ३, २०८०

Prabhu Bank
NTC
Premier Steels

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा सञ्चालित सानोठिमी क्याम्पसमा व्यापक अनियमितता भएको पाइएको छ । विभिन्न विषयका २७ आंशिक शिक्षक नियुक्तिका क्रममा अन्तर्वार्ता प्रक्रियादेखि नै अनियमितता भएको पाइएको हो ।

Muktinath Bank

योग्यता नपुगेका अयोग्य व्यक्तिलाई विषय विज्ञ (विशेषज्ञ) नियुक्त गरी अन्तर्वार्ता लिएको खुलेको छ । आंशिक शिक्षक छनोट गर्दा तोकिएको योग्यता समेत बेवास्ता गरी कामै नगरेको अवधिको समेत अनुभव गणना गरेर शिक्षक छनोट गरेको पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७९ माघ २२ गते क्याम्पस प्रशासनले विज्ञापन गरी नियुक्त गरेका विभिन्न विषयका २७ जना आंशिक शिक्षकहरूको नियुक्तिमा अनियमितता गरेको भेटिएको छ ।


Advertisment
Nabil box
Kumari

क्याम्पसको आन्तरिक स्रोतबाट व्ययभार बेहोर्ने, बढीमा शिक्षण सहायकले पाएसरहको पारिश्रमिक पाउने र अध्यापन कार्यमा क्याम्पसले तोकेबमोजिम कक्षाभार लिने गरी क्याम्पसमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकहरूलाई व्यवस्थापन गर्दा अनियमितता भएको हो ।

Vianet communication

वार्षिक १२ महिनाका लागि मात्र २५ हजारभन्दा कम नहुने गरी हाललाई तोकिएको कक्षाभारको आधारमा २७ जना आंशिक शिक्षक व्यवस्थापन गर्ने भनेर निर्णय भएको थियो ।

छनोट गर्नका लागि १ सय अंकमा ज्येष्ठताको ३० अंक, शैक्षिक योग्यताको २६ अंक, कक्षाभारको १० अंक, कृति, लेख र रचनाको ४ अंक र अन्तर्वार्ताको ३० अंक तोकिएको थियो । त्यही मापदण्डअनुसार छनोट गर्दा केही शिक्षकहरूको हकमा भने गडबड गरिएको छ ।

अन्तर्वार्ता लिन अयोग्यलाई विशेषज्ञको रूपमा मनोनयन

सानोठिमी क्याम्पसका प्रमुख जगतकृष्ण पोखरेलले जनसंख्यातर्फको अन्तर्वार्ता लिनका लागि त्रिभुवन विश्वविद्यालयको नियमविपरीत योग्यता नै नपुगेका उपप्राध्यापक तान्त्रिक खनाललाई नियुक्त गरेको खुलेको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नियममा पूर्व वा बहालवाला प्राध्यापक तथा सह-प्राध्यापकलाई अन्तर्वार्ता विज्ञको रूपमा नियुक्त गर्नुपर्ने प्रावधान राखिएको छ ।

तर, क्याम्पस प्रमुख पोखरेलले अन्तर्वार्तामा मूल्यांकन गर्नका लागि महेन्द्ररत्न क्याम्पस ताहाचलका उपप्राध्यापक तान्त्रिकाराज खनाललाई विषयविज्ञको रूपमा मनोनयन गरेर शिक्षक छनोट गरेको पाइएको हो ।

सो विषयमा परेको उजुरीमाथि राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनबाट समेत उक्त कुरा त्रिवि ऐन एवं नियमविपरीत रहेको पाइएको हो ।

केन्द्रले उक्त विषयमा क्याम्पस प्रमुखसँग लिखित जवाफ नै मागेको थियो । प्राध्यापक तथा सह-प्राध्यपाक नपाएपछि बाध्य भएर उपप्राध्यपकलाई विषयविज्ञको रूपमा मनोनयन गर्नुपरेको क्याम्पस प्रमुख पोखरेलले जवाफ पठाएका थिए ।

त्रिविअन्तर्गतका प्राध्यापक र सह-प्राध्यापकहरूलाई विशेषज्ञमा नियुक्तिका लागि महेन्द्ररत्न क्याम्पस ताहाचलमा कार्यरत प्राध्यापक रमेश अधिकारीलाई अनुरोध गर्दा आफूबाहिर रहेको जानकारी दिएको, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जका सहप्राध्यापक केशव यादवलाई ल्याउन टाढा भएको कारण नसकिएको व्यहोरासहितको जवाफ उनले पठाएका थिए ।

'जनसंख्या शिक्षा विषयमा प्राध्यापक र सहप्राध्यापकहरूको संख्या न्यून रहेको तथा क्याम्पसको सूचनाअनुसार अन्तर्वार्ता कार्य नजिक रहेकाले कार्य सम्पन्न गर्न बाध्यात्मक परिस्थिति सिर्जना भएको हुँदा महेन्द्ररत्न क्याम्पस ताहाचलमा कार्यरत जनसंख्या शिक्षा विषयका उपप्राध्यापक तान्त्रिकाराज खनाललाई नियुक्त गर्नुपरेको हो,' पोखरेलले केन्द्रलाई दिएको जवाफमा उल्लेख छ ।

क्याम्पस प्रमुख पोखरेलले त्यस्तो जवाफ दिए पनि केन्द्रले भने नियमविपरीत कार्य भएकाले त्यसमा आवश्यक  कारबाही गर्न त्रिवि रजिस्ट्रारलाई निर्देशन दिएको छ ।

'जनसंख्या शिक्षा विषयको अन्तर्वार्ताको विषयविज्ञमा नियुक्त उप-प्राध्यापक तान्त्रिक खनालको त्रिवि नियमानुसार योग्यता नपुगेकाले योग्यता पुगेका विज्ञ नियुक्त गरी आवश्यक  कारबाही गर्नु/गराउनुहुन त्रिवि रजिष्ट्रारको कार्यालयलाई निर्देशन दिन उपयुक्त देखिन्छ,' राष्ट्रिय सतर्कता केन्द्रको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

कामै नगरेको समयको अनुभव समेत जोडेर शिक्षक नियुक्ति

सानोठिमी क्याम्पसले कामै नगरेको समयको अनुभव समेतलाई जोडेर शिक्षक छनोट गरेको समेत पाइएको छ । शिक्षा, योजना तथा व्यवस्थापन (ईपीएम) विषयकी शिक्षिका रुक्मा शर्मालाई काम नगरेको अवधिको ३ वर्षको अनुभव समेत जोडेर आंशिक शिक्षिकमा नियुक्त गरेको पाइएको हो ।

सोही क्याम्पसका ईपीएम विषयका आंशिक शिक्षक राजेन्द्र पोखरेलले रुक्मा शर्माको विषयमा राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी दिएका थिए ।

शर्माले कल्चर/हिस्ट्री विषयमा स्नातकोत्तर गरेर सानो ठिमी क्याम्पसमा २०६८ सालदेखि कल्चर/इतिहास विषय पढाउने गरेको, २०७१ सालदेखि २०७४ सालसम्म क्याम्पसमा नपढाएको, २०७४ सालमा ईपीएममा स्नातकोत्तर गरे पनि पुनः करिकुलम विषय पढाएको, ईपीएम विषय नै नपढाएको समयको पनि अनुभव गणना गरी कार्यविधिविपरीत छनोट गरिएको भन्दै उनले छानबिनका लागि उजुरी दिएका थिए ।

केन्द्रले पनि छानबिन गर्दा शर्माले ईपीएम विषय नपढाएको, क्याम्पसमा ३ वर्ष काम नै नगरे पनि सो अवधिको समेत अनुभव गणना गरेको तथ्य फेला परेको थियो ।

'शिक्षा योजना तथा व्यवस्थापन विषयकी शिक्षिका रुक्मा शर्माले मिति २०७१ देखि ०७४ सालसम्म पढाउन छाडेको पाइयो । छाडेको ३ वर्ष अवधिको समेत जेष्ठताबापतको नम्बर निजलाई जोडेको देखियो,' केन्द्रको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

३ वर्ष अध्यापन छुटेको समयको अनुभव नम्बर गणना गर्न मिल्ने वा नमिल्ने भन्ने विषय आंशिक शिक्षक व्यवस्थापन कार्यविधि २०७९ मा समेत व्याख्या गरेको नपाइएपछि केन्द्रले त्रिवि ऐन, नियम, विनियम र कार्यविधिमा भएको व्यवस्थासहित सोको जवाफ पठाइदिन सानोठिमी क्याम्पसलाई पत्राचार गरेको थियो ।

तर, त्यस विषयमा क्याम्पस प्रमुखले स्पष्ट जवाफ पठाएनन् । त्यसपछि केन्द्रले त्रिवि कानूनबमोजिम रजिस्ट्रारको कार्यालयलाई छानबिन गरी  कारबाही गरेको विवरण केन्द्रमा पठाउन निर्देशन दिएको छ ।

अन्तर्वार्तामा आचरणविपरीत व्यवहार देखाएपछि शून्य अंक

अर्थशास्त्र विषयका उम्मेदवार गंगाबहादुर थापाले अर्थशास्त्र विषयको नतिजालाई लिएर केन्द्रमा उजुरी दिएका थिए । अन्तर्वार्तामा सहभागी भएका थापालाई अन्तर्वार्तामा शून्य अंक दिएपछि उनले उजुरी दिएका थिए ।

'अन्तर्वार्ता कक्षमा प्रवेश गर्नुअघि सही गराई भित्र प्रवेश गर्नासाथ अन्तर्वार्ताकार र क्याम्पस प्रमुखलगायतले मलाई गालीगलौज, बेइज्जत गर्दै अपशब्द प्रयोग गरिएको थियो । मैले अर्थशास्त्रमा अन्याय र असमानता भयो भन्नासाथ तपाईं तुरुन्त बाहिर जानुहोस् भनी निकालेकाले उक्त विज्ञापनको सम्पूर्ण कागजात नियन्त्रणमा लिई छानबिन गरी पुनः अन्तर्वार्तामा सहभागी हुने व्यवस्था मिलाइपाऊँ,' भन्दै थापाले केन्द्रमा उजुरी दिएका थिए ।

त्यस विषयमा केन्द्रले जवाफ माग्दा क्याम्पस प्रमुख पोखरेलले भने थापाले गलत आचरण देखाएकाले अन्तर्वार्तामा शून्य नम्बर दिइएको जवाफ पठाएका थिए ।

'अन्तर्वार्ता लिने सबैले निजको महलमा अमर्यादित कार्य गरेको भनी कैफियत जनाई शून्य नम्बर दिएको र सो सम्बन्धमा नतिजा प्रकाशित गर्न बसेको क्याम्पस कार्य समितिको बैठकले पनि निजलाई आंशिक शिक्षक व्यवस्थापन प्रक्रियामा सहभागी नगराउने निर्णय गरेको हो,' क्याम्पस प्रमुख पोखरेलले केन्द्रलाई पठाएको जवाफमा उल्लेख छ ।

केन्द्रले पनि छानबिन प्रतिवेदनमा थापाको विषयमा बोली रहन परेन भन्ने उल्लेख गरेको छ ।

नियमविपरीत करार शिक्षकलाई विभागीय प्रमुखको नियुक्ति

सोही क्याम्पसमा क्याम्पस प्रमुखले करार सेवामा रहेका शिक्षकहरूलाई ऐन/नियमविपरीत विभागीय प्रमुखको जिम्मेवारी दिएको पाइएको छ ।

करार सेवामा रहेका शिक्षकहरूमध्येका ताराप्रसाद न्यौपानेलाई नेपाली शिक्षा, लक्ष्मी जिसीलाई गणित शिक्षा, विष्णुप्रसाद पौडेललाई स्वास्थ्य, शारीरिक तथा जनसंख्या शिक्षा विषयको विभागीय प्रमुखमा नियुक्त गरिएको छ ।

त्यसैगरी करारका कर्मचारी नरहरि आचार्यलाई छात्रावास सञ्चालन तथा वार्डन प्रमुखको रूपमा जिम्मेवारी दिइएको छ ।

केन्द्रीय विभाग प्रमुख तथा विभागीय प्रमुखसम्बन्धी त्रिवि विनियम २०७८ को उपविनियम १०(४) मा स्थायी उपप्राध्यापक मात्र विभागीय प्रमुख हुन पाउने व्यवस्था छ ।

विभागीय प्रमुखसम्बन्धी विनियम, २०७८ विपरीत क्याम्पसको विभिन्न विभागको विभागीय प्रमुखमा करार शिक्षकहरूलाई नियुक्त गरेको पाइएको हो ।

त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को दफा १९ को उपनियम (१) (२) र (३) बमोजिम ज्येष्ठतम् प्राध्यापक, सह-प्राध्यापक नभएमा वरिष्ठताको आधारमा स्थायी उप-प्राध्यापकलाई नियुक्त गर्न सकिने छ भन्ने व्यवस्था छ ।

सो विषयमा केन्द्रले क्याम्पस प्रशासनसँग लिखित जवाफ माग्दा स्थायी उपप्राध्यापकले जिम्मेवारी नलिँदा बाध्यतावश करारका शिक्षकहरूलाई विभागीय प्रमुखको जिम्मेवारी दिनु परेको जवाफ आएको छ ।

'यस क्याम्पसमा रहेका विभागहरूमध्ये अधिकांश विभागमा जेष्ठताको आधारमा प्राध्यापकहरूको सहमतिमा निश्चित अवधिसहित तोकी नियुक्त गरिएको र केही विभागमा क्याम्पसमा कार्यरत स्थायी सिनियर प्राध्यापकलाई विभागीय प्रमुखको जिम्मेवारी दिँदा चिठी नबुझ्ने, मौखिक रूपमा विभागीय प्रमुखका लागि अनुरोध गर्दा जिम्मेवारी नलिने तथा पन्छिने कार्य गरेकाले क्याम्पसको पठनपाठनलाई सुचारु गर्न बाधा हुने भएका कारण बाध्यतावश अर्को व्यवस्था नभएसम्मका लागि नियुक्त गरिएको हो,' क्याम्पस प्रमुखले केन्द्रलाई पठाएको जवाफमा उल्लेख छ ।

त्यसैगरी नरहरि आचार्यको व्यवहार सरल रहेको, विद्यार्थीलाई सम्झाउन सक्ने र छात्रावास सञ्चालन गर्न निपूर्ण देखिएकाले वार्डेनमा अर्को व्यवस्था नभएसम्मका लागि नियुक्त गरिएको जिकिरसहित क्याम्पस प्रमुखले जवाफ पठाएका थिए ।

नेपाली शिक्षा विषयका ताराप्रसाद न्यौपाने र गणित शिक्षा विषयकी लक्ष्मी जिसी अघिल्लो क्याम्पस प्रमुखबाट नियुक्त भई निरन्तर रहेको र वार्डेनको हकमा क्याम्पसले तयार गरेको क्याम्पस छात्रावाससम्बन्धी निर्देशिका २०७४ अनुसार नै नियुक्त गरिएको उनको जिकिर छ ।

उक्त विषयमा केन्द्रले त्रिवि नियमविपरित नियुक्त भएका विभिन्न विषयका (करार) विभागीय प्रमुखहरूलाई त्रिवि विभागीय प्रमुख सम्बन्धी विनियम, २०७८ को दफा १०(४) बमोजिम नियुक्त गराउन रजिस्ट्रारलाई निर्देशन दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x