कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
बुटवल | भदौ ५, २०८०
बुटवलका व्यापारी उमेश गौतम पसलका लागि सामान लिन हरेक महिना हवाइजहाजबाट काठमाडौं जान थालेको दुई वर्षभन्दा बढी भयो । बुटवल–नारायणगढ सडक विस्तारमा ढिलाइ हुँदा उमेशसहित धेरैजसो व्यापारी हवाइजहाज प्रयोग गर्छन् ।
‘हरेक सोमवार बुटवल बजार बन्द हुन्छ,’ उनी भन्छन्, ‘सामान राख्न महिनाको एकपटक आइतवार राति नाइट गाडी चढेर काठमाडौं जान्थें र भोलिपल्ट बेलुका फर्किन्थें । तर, बाटो विस्तारले कहाँ कतिबेला रोकिनुपर्ने हो भन्ने भएपछि मैले सडक प्रयोग गर्न छाडें ।’
चौबीसै घण्टा सवारी चाप हुने पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक विस्तारको कामले गति लिन नसक्दा चौतर्फी सास्ती लम्बिएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको स्तरोन्नतिले अपेक्षित गति नलिँदा त्यसको मार यातायात व्यवसायी, यात्रु र पर्यटन क्षेत्रले भोग्दै आएको छ ।
सवारी चाप बढेपछि पूर्वपश्चिम राजमार्गको मध्यखण्ड बुटवल–नारायणढको ११४ किलोमिटर सडक शहरी भेगमा ‘सिक्स लेन’ र जंगली क्षेत्रमा ‘फोर लेन’ मा विस्तार कार्य दुई खण्डमा विभाजन गरेर भइरहेको छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा बन्ने गरी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसन’ले ठेक्का लिएर वि.सं. २०७५ चैतबाट निर्माण शुरू गरेको थियो ।
ठेकेदारले काम गर्न नसकेपछि रद्द गरेर नयाँ प्रक्रियाबाट जानुपर्ने आवाज उठिरहेका बेला दोस्रोपटक झण्डै एक वर्ष (३५० दिन) आयोजनाको म्याद थपिएको छ ।
निर्माण शुरू हुँदा वि.सं. २०७८ भदौमा सक्ने सम्झौता थियो ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा विकास मन्त्री प्रकाश ज्वाला र नेपालका लागि तत्कालीन चिनियाँ राजदूत होउ यान्छीले सडक अवलोकन गरेर निर्माणलाई तीव्रता दिन आग्रह गरे पनि निर्माणको गति सुस्त छ ।
पहिला तीन घण्टा लाग्ने बुटवल–नारायणगढको यात्रा सडक स्तरोन्नतिमा भएको ढिलाइकै कारण ६ देखि ८ घण्टासम्म लाग्ने गरेको छ ।
यसबाट सडकमा यात्रा गर्ने यात्रुदेखि तीन जिल्लाका दर्जनभन्दा बढी पालिकाका बासिन्दा र व्यवसायमा नकारात्मक प्रभाव परेको छ ।
सडक विस्तारको शैलीलाई परिवर्तन गरी सडकको एक किनारतर्फ काम गर्ने र अर्कोतर्फबाट सवारीसाधनको सहज आवत–जावतको वातावरण सिर्जना गर्नुपर्ने आवाज उठेको छ ।
विभिन्न सिफ्टमा काम गर्ने गरी राति र दिनमा उत्तिकै शीघ्र गतिमा काम अगाडि बढाउन व्यवसायीले ठेकेदार कम्पनीसँग आग्रह गरेका छन् ।
नवलपुरको गैंडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचनले सडक स्तरोन्नतिमा भएको ढिलाइकै कारण नवलपुर क्षेत्रको अर्थतन्त्रमा ठूलो क्षति पुगेको बताए ।
‘सडक विस्तारको ढिलाइले नवलपुरसहित समग्र पश्चिम क्षेत्रलाई ठूलो घाटा भएको छ,’ भट्टचनले लोकान्तरसँग भने, ‘हामीले नवलपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुखलाई भेट गरी सडक विस्तारको काम छिटो गर्न भनेर ज्ञापनपत्र बुझाएका छौं । पानी केही रोकिएपछि तीव्रताका साथ काम हुन्छ भनी ठेकेदारले प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभयो । यही गति जारी रहे हामी आन्दोलन नै गर्नुपर्ने अवस्थामा छौं ।’
सडक स्तरोन्नति क्षेत्र गैंडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु, विनयत्रिवेणी, बर्दघाट, सुनवल र रूपन्देही देवदह पर्छन् । बर्खाका ठेकेदार कम्पनीले कामदारसमेत घटाएका छन् । सुनवल नगरपालिकाका प्रमुख (मेयर) विमला अर्यालले पानी पर्दा हिलो र नपर्दा धुलो उड्ने भएकाले सर्वसाधारणले पटक–पटक पालिकामा स्थानीयहरू समस्या लिएर आउने गरेको सुनाइन् ।
‘सुनवल क्षेत्रमा सडकका कारण दैनिक दुर्घटना बढेका छन्,’ विमलाले लोकान्तरसँग भनिन्, ‘जनताको गुनासो आएपछि ठेकेदारलाई तीन/चारपटक नगरपालिकामा बोलाएर दबाब पनि दिएका छौं । हामीसँगको कुराकानीमा हुन्छ/गर्छाैं भन्छ । भनेका एक/दुई दिन यसो काम गरेजस्तो पनि गर्छ, त्यसपछि उही चाल छ । काम ठप्प जस्तै छ । जति भने पनि सुन्दैन ।’
अहिले भइरहेको सडक निर्माणको शैलीलाई परिवर्तन गरी सडकको एक किनारतर्फ काम गर्ने र अर्कोतर्फबाट सवारीसाधनको सहज आवत–जावतको वातावरण सिर्जना गर्नुपर्ने व्यवसायीको माग छ ।
विभिन्न शिफ्टमा काम गर्नेगरी राति र दिनमा उत्तिकै शीघ्र गतिमा काम अगाडि बढाउन आवश्यक रहेको पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले बताए ।
खरेलले भने, ‘जति बनाउने हो, त्यति मात्र भत्काउने । त्यो बनिसकेपछि बाँकी ठाउँ भत्काएर काम गर्नुपर्थ्यो । बुटवलदेखि गैंडाकोटसम्म सबै उधिनेको छ । कहीँ कालोपत्रे भएको छैन । सवारी साधनले सडकले ध्वस्त नै बनायो । ५ वर्ष पुग्ने गाडी मेन्टिनेन्स खर्च एक वर्षमै सकिएको छ ।’
आयोजनाका भौतिक प्रगति जम्मा ३८ प्रतिशत मात्र भएको छ । दाउन्ने पूर्व खण्डमा ४० प्रतिशत र दाउन्ने पश्चिम खण्डमा ३६ प्रतिशत काम भएको आयोजनाले जनाएको छ ।
बुटवल–नारायणगढ सडक आयोजनाको पश्चिम खण्डका शशांक मिश्रले वर्षायामका कारण अहिले अहिले प्रभावकारी रूपमा काम अघि बढ्न नसकेको बताए ।
‘ठूला पुलहरू निर्माण सकिएका छन्,’ मिश्रले भने, ‘मध्य वर्षा भएकाले अहिले पानीले नबिगार्ने कामहरू भइरहेका छन् । पश्चिम खण्डका एकतर्फगरी अहिलेसम्म १५ किलोमिटर सडक कालोपत्रे भएको छ । पानी रोकिएपछि कामले गति लिन्छ ।’
दाउन्ने पश्चिम खण्डमा बनाउनुपर्ने ठूला ९ वटा पुलमध्ये अहिलेसम्म ३ वटा बनिसकेका छन् । अन्य ३ वटा सम्पन्न हुने चरणमा पुगेका छन् । बाँकी ३ वटाको काम भइरहेको छ ।
त्यस्तै साना ३८ वटा पुल बनाउनुपर्नेमा अहिलेसम्म ३१ वटा बनिसकेका छन् । बाँकीको काम हुँदैछ । २५० वटा कल्भर्ट निर्माण गनुपर्नेमा १५० वटा बनिसकेको पश्चिम खण्डका इन्जिनीयर शशी श्रेष्ठले बताए ।
‘९ वटा पुलेसामध्ये २ वटा बनेका छन्,’ श्रेष्ठले भने, ‘अहिलेसम्म १५ किलोमिटर पिच भएको छ । १५ किलोमिटर कालोपत्रे हुने चरणको काम भएको छ । अहिले वर्षाका कारण केही ढिलाइ भएजस्तो भए पनि हामी काम गरिरहेका छौं ।’
त्यस्तै पूर्वी खण्डमा १२ वटा ठूला पुल बनाउनुपर्ने छ । अरुणखोला, विनयत्रिवेणी जस्ता ठूला खोलामा लामा पुलहरूको अहिले काम भइरहेको छ । पूर्वी खण्डमा एउटा पनि ठूला पुल बनिसकेको छैन । साना धेरै कल्भर्टहरू बनिसकेका छन् ।
पूर्व खण्डका इन्जिनियर अरविन्द मिश्रले ठूलो काम भइरहेकाले त्यसको भौतिक प्रगति खासै नभएजस्तो लागे पनि काम भइरहेको दाबी गरे । सडक निर्माणको ठूलो समस्या दाउन्नेमा छ ।
सडक विस्तार कार्यको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं.२०७५ चैत ८ गते बुटवलमा शिलान्यास गरेका थिए । सडक विस्तारको योजनाकार एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल हुन् । एसियाली विकास बैंकको ऋण सहयोगमा बन्ने सडकका लागि १६ अर्ब ९९ करोड ५२ लाख रूपैयाँमा लागत छ ।
आर्थिक केन्द्र बुटवल र पर्यटकीय केन्द्र चितवनको नारायणगढलाई ‘फास्ट ट्रयाक’ सडकले जोड्न सडक विस्तार शुरू गरिएको हो । भारतबाट आउने मालबाहक ट्रकदेखि काठमाडौंबाट पश्चिमका विभिन्न जिल्लामा जाने गाडीका लागि यो एक मात्र सडक हो ।
सडक निर्माणको कूल लागतमध्ये एसियाली विकास बैंक (एडीबी) ले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराएको छ भने बाँकी रकम नेपाल सरकारकै लगानी हुनेछ ।
पूर्वपश्चिम राजमार्ग वि.सं. २०२२ सालमा तत्कालीन राजा महेन्द्रको योजनाअनुसार शिलान्यास भई वि.सं. २०२८ सालमा निर्माण सम्पन्न भएको थियो ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...