असोज १०, २०८०
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
नेपाली साहित्यमा चिरपरिचित नाम हो महेश पौड्याल । पेशाले उनी प्राध्यापक हुन्, प्राध्यापन गर्छन् त्रिवि अङ्ग्रेजी विभागमा तर साहित्य र सिर्जना रुचि हो, जहाँ राम्रै पकड जमाएका छन् उनले । आख्यान र गैह्रआख्यान निकै कृति पस्किसकेका पौड्यालका त्यत्तिकै सशक्त छन् फुट लेख–रचनाहरू पनि । यसबाहेक अनुवाद साहित्यमा पनि उत्तिकै जमेका छन्, स्तरीय अनुवाद साहित्यमा जानेमाने अनुवादकमै पर्छन् । तादी किनारको गीत उनकै औपन्यासिक कृति हो, जुन केहीदिनअघि एउटा भेटमा दिएका थिए । पहिलो संस्करण २०७२ सालमै प्रकाशित भएको भए पनि छरितो र परिमार्जितरूपमा दोस्रो संस्करण हालै प्रकाशित भएको हो यसको ।
तादी किनाराको गीत लघु औपन्यासिक कृति हो कलेवरको हिसाबले । पेज टर्नर प्रालिले प्रकाशित गरेको यसमा १२० पेज छ जम्मा मिलाएर, तर त्यसले दिएको वा दिन खोजेको सन्देश भने निकै गहिरो छ । कल्पना त छँदैछ कल्पनाविना उपन्यास नै हुँदैन, बन्दैन । धरातलीय यथार्थ पनि उत्तिकै सशक्त ढङ्गले आएको छ । दोलालघाट, सुनकोशी र इन्द्रावती सङ्गम आसपासका माझीबस्तीको कथा र व्यथाको सजीव चित्रण भेटिन्छ यसमा । कथाका मूल पात्र हुन् नुवाकोट तादी किनार सेरा बसाइँसरी आएका दोलाल घाटका लखुम माझी । उनकै जीवन कहानीको वरिवरि घुमेको छ उपन्यास । तर बसाइसराइसम्बन्धी वर्तमान् समस्या र तिनका कारण राम्रै उत्खनन् भएका छन् यहाँ ।
विकास हुनु नराम्रो होइन हुनुपर्छ । विकासका लागि प्रकृतिलाई चलाउनु पनि पर्छ । प्रकृतिलाई नचालाई विकासै हुँदैन । प्रकृतिको तीन अवस्था हुन्छ प्रकृति, विकृति र न प्रकृति न विकृति । प्रकृति त प्रकृति आफैँ भइहाल्यो, जसमा प्रतिक्षण भिन्नरूपमा प्रकट हुने शक्ति छ, तागत छ, सामथ्र्य छ । विकृति प्रकृतिकै विकृत रूप हो, जुन चराचर जगतको उत्पत्ति र विकाससित सम्बन्धित छ । न प्रकृति न विकृति भनेको पनि उसैको आदिम सत्ता हो, जसलाई ईश्वर, अदृष्ट जे पनि भन्न सकिन्छ । यसको अर्थ हो प्रकृतिमा विकृति नआइ वा नभइ विकास नै हुँदैन तर त्यही विकास विनाशको कारण भने बन्नुहुँदैन तर त्यही भएको छ लखुम माझीलाई । यसैका कारण आफ्नो थातथलो छाडेर हिँड्न बाध्य भएको छ ऊ ।
सुनकोशीमा माछा मार्ने र डुङ्गा खियाएर जीवन धान्ने परम्परागत पेशा थियो त्यस क्षेत्रका माझीबस्तीको । जब विकासमा नाममा नदीमा मोटर बोट कुद्न थाले, माछा मार्न पनि त्यस्तै आधुनिक प्रविधि वा प्रक्रिया अप्नाउन थालियो तब त्यहाँ उनीहरूलाई बसिखान गाह्रो पर्यो । उनीहरूको पेशा धन कुवेरहरूले हातमा पुग्यो, जसले गर्दा त्यहाँका माझीहरू विस्थापित हुन थाले । यसैको प्रतिनिधि पात्र हुन् लखुम माझी । यस प्रसङ्गले लखुमको मात्र होइन नेपालको तमाम बसाईँसराइ समस्यालाई देखाएको छ जस्ताकोतस्तै । हाम्रो यहाँ जति पनि बसाइँसराइ हुने गरेका छन् तिनका मूलमा कि विकासको खोजी छन् कि त्यसले निम्त्याएको विनाश ।
गुण्डाराज पनि अर्को सशक्त पाटो हो उपन्यासको । यो पनि लखुम माझीको मात्र नभइ गरिखाने तमाम नेपालीको समस्या हो । हप्ता असुलीको समस्या कहाँ छैन र ? चाहे जुनसुकै काम र नाममा हुने गरेको होस् । यसैको भर्याङ चडेर राजनीतिको शिखर चुम्नेहरूसमेत नभएका होइनन् । लखुम माझी दिनरात नभनी माछा मार्ने गथ्र्यो तर प्रत्येक पटक एउटा ठूलो माछो स्थानीय गुण्डा कुमारलाई भेटी चडाउनुपथ्र्यो । अन्यथा उसको माछा मार्ने पेशा नै बन्द हुन सक्थ्यो । हो, लखुमले माछा दिनुपथ्र्यो । अरुलाई त्यस्तै अर्को चीज दिनुपर्ला तर दिनुपर्ने पक्कै हो । आफूले दुःख गरेको कमाइमा समेत आफ्नो अधिकार नरहेपछि विकल्प खोज्नुको विकल्प नै के रहन्छ र !
माया, प्रेम, मिलन, बिछोड, हाँसो रोदन त उपन्यासको अङ्ग भइ नै हाले । यस्ता प्रशङ्ग आउँछन्, जान्छन् । तादी किनारको गीतमा पनि त्यस्तै भएको छ । उपन्यासको कल्पनाशीलता उच्च छ । साथमा धरातलीय यथार्थलाई पनि छाडिएको छैन । सबै प्रशङ्गहरू तैलधारावत शिलशिलाबद्ध भएर बगेको छन्, जसले गर्दा उपन्यासलाई रोचक र पठनीय बनाएको छ ।
साहित्य खासगरी पूर्वीय दर्शन साहित्य सुखान्तको पक्षपाती छ । पहिलेका साहित्य प्रायः सबै यसै धारमा बगेका छन् । कालिदासको अभिज्ञान शाकुन्तल सुखान्त हो, लक्ष्मीप्रसाद देवकोटाको शकुन्तला पनि सुखान्त नै हो । अरुहरूमा पनि यस्तै पाइन्छ । त्यतिमात्र होइन पहिले–पहिले बनेका चलचित्रहरूमा समेत सुखान्तकै प्रयोग पाइन्छ । यसको अर्थ यो होइन कि दुःखान्तको प्रयोग भएकै छैन । पछिल्लो अवस्था आएर त बढी नै भएको छ भन्नुपर्छ ।
मदनमणि दीक्षितको माधवी पनि आफैँमा दुःखान्त नै हो । गालव र माधवीको भेट भएको छैन उपन्यासमा । उनलाई खोज्ने क्रममै चरैैवैति चरैवैति भन्दै लेखकले उपन्यास टुङ्गाएका छन् । थाहा छैन दीक्षितजी बाँचेका भए यसको अर्को भाग पनि आउँथ्यो कि ! आएको भए भेट पनि गराउँथे कि सायद तर अहिलेको अवस्था यही हो कि माधवी दुःखान्त नै हो । उनकै अनुयायी बनेर पौड्यालजीले पनि दुःखान्तकै प्रयोग गर्न रुचाएका छन् यहाँ । तादी किनारमा अवस्थित धुपीको रुखलाई तादीको भेलले हुत्याएपछि लखुमको छोरा बिकवालाई उसकी बालप्रेमिका मालश्रीसँग भेट गराएका छैनन् उनले । थाहा छैन उनीहरूको भर्खरै कसिन लागेको प्रेमको गाँठोलाई तादी नदीले चुडाएर कता पुर्यायो । हुन सक्छ उनले पनि ती दुईको भेट निम्ति अर्को भाग बाँकी राखेका पो हुन् कि ? जे होस् अहिलेलाई उनीहरू बिछोडकै अवस्थामा छन् र पाठकले भेट भइदिएको भए हुन्थ्यो भन्ने अपेक्षा भने राख्छन्जस्तो लाग्छ ।
माझीहरूको संस्कार र संस्कृतिलाई राम्रै सम्बोधन भएको छ उपन्यासमा । यो पनि उपन्यासको अर्को सबल पक्ष हो भन्नुपर्छ । यसबाहेक यहाँ उनीहरूका गरिबी यसरी चित्रण भएका छन् कि तिनले नेपालको तमाम गरिबी एकैसाथ सम्बोधन गरेका छन् । कैयौँ अन्धविश्वास र परम्परा तोडिएका छन् । निःसन्देह परम्परा भन्ने कुरा मानिसले बसाएका हुन्, जुन समय सापेक्ष भए चल्छन् नभए तोडिन्छन् । लखुम माझीले त्यही गरेका छन्, जुन समयले मागेको छ । लखुमको विवाहमा माझीहरूले सानैमा केटाकेटीको बिहे बोल्ने परम्परा तोडिएको छ । उसका छोरा बिकवाको कुरा गर्ने हो भने उपन्यास आफैँले तोडिदिएको छ । यसलाई पनि अर्को मजबुत पक्ष मान्नुपर्छ जस्तो लागेको छ ।
तथापि भन्न मन लागेको त के हो भने ठूलो माछा मारेर लखुमको विवाह भएको जुन कुरा छ त्यसले भने वर्तमानलाई सम्बोधन गर्दैन कि ! किनभने उपन्यास आधुनिक ढाँचामा बुनिएको छ तर उपन्यासकै मूलपात्रको बिहे भने ठूलो माछा मारेर भएको छ । पैले–पेले त्यस्तै थियो होला तर लखुम अहिलेको मानिस हो । अहिलेको जमानामा ठूलो माछा मारेर विवाह गर्ने चलन छ कि छैन ? यो सर्जकको निजी विचार हो । त्यसमा बोल्ने अधिकार उनलाई मात्र छ । त्यसैले यो उनैमाथि सुरक्षित राख्दै पंक्तिकार आफ्नो भनाइलाई ‘रिजर्ब’ राख्न चाहन्छ ।
जे होस् उपन्यास सबल छ । लेखकको लेखन कार्य जारी रहोस् । यस्तै–यस्तै अन्यान्या साहित्यिक खुराक पढ्दैजान पाइयोस् यिनै कामनाका साथ अहिलेलाई बिट मार्न चाहन्छु ।
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
जीवन त्यस्तो चमत्कार हो, जो आफैँमा शून्य छ, शून्यमा विचरण गर्छ । ऊ शून्य पनि हो अनि शून्यकै खेल पनि हो । शून्यबाटै उठ्छ, शून्यमै खेल्छ र शून्यमै हराउँछ । हराउँछ भन्नुको अर्थ बिलाउँछ भन्ने होइन । त्यसैले त पुनः उठ्छ ...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...