×

NMB BANK
NIC ASIA

दयाहाङ–मिरुना ‘स्टारर’ नाङ्गो गाउँ : नेता मात्र हैन, जनतामाथि पनि प्रश्न

निर्देशक दीपेन्द्र लामा भन्छन्– फिल्मले दर्शकलाई यातना दिँदैन

काठमाडाैं | भदौ १९, २०८०

NTC
Premier Steels

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले सहकार्य गरेका दुईवटै फिल्म ‘कबड्डी ४’ र ‘जारी’ लगातार हिट भए । 

Muktinath Bank

उनीहरू यतिबेला अर्को फिल्म ‘नाङ्गो गाउँ’मार्फत दर्शकमाझ आउने तयारीमा छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भदौ २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई दीपेन्द्र लामाले लेखन एवं निर्देशन गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

निर्देशकसहित कलाकारद्वयले हालैको एक मध्याह्न मिडियाकर्मीसँग फिल्मबारे अन्तरक्रिया गरे । 

Vianet communication

सो क्रममा बोल्दै निर्देशक दीपेन्द्रले राजनीतिक पृष्ठभूमिमा केन्द्रित रहेर निर्माण गरिएको फिल्मले खराब नेता चुन्ने जनतामाथि प्रश्न गर्ने बताए । 

‘नेताहरू गलत भए, गलत व्यक्तिले जिते भनेर सबैले नेताहरूमाथि प्रश्न उठाउँछन्, तर ती गलत नेतालाई जनताले नै जिताएका हुन् । त्यसकारण जनतालाई हामीले किन प्रश्न नगर्ने ?’ दीपेन्द्रले भने, इमान्दारी नेतामा पनि चाहिन्छ, र जनतामा पनि चाहिन्छ । निर्देशकको रूपमा मैले यसपटक असल नेता चयन गर्ने नागरिकको दायित्वको विषय उठाएको छु ।’

फिल्मको नामलाई लिएर कथावस्तुबारे अनेक अनुमान हुने गरेको छ । कतिपयले गाउँमा मान्छे नै छैनन् भन्ने खालको कथा फिल्मले बोल्ने होलाजस्तो अनुमान गरेका छन् । 

‘गाउँबाट युवा विदेशिएका छन् भन्ने खालको अथवा गाउँमा कुनै उब्जनी नहुने होला त्यसैले नाङ्गो गाउँ भनिएको होला भन्नेजस्तो अनुमान धेरैले गर्नुभएको छ । तर, विम्बात्मक रूपमा ‘नाङ्गो गाउँ’ नामकरण गरिएको हो,’ दीपेन्द्रले प्रस्ट्याए । 

आफूले फिल्म बनाउँदै गर्दा सधैं निर्माताको लगानी सुरक्षित होस् भन्ने सोचेर काम गर्ने गरेको उनको भनाइ छ । दर्शकलाई पनि हलभित्र दुई घण्टा यातना नहोस् भन्ने आफ्नो चाहना हुने गरेको दीपेन्द्रले सुनाए ।

 

फिल्मको कन्टेन्टले दर्शकलाई केही न केही सोच्न बाध्य बनाओस् वा सोच्ने प्रेरणा देओस् भन्ने आफूलाई लाग्ने उनले बताए । 

राजनीतिप्रति चासो राख्ने एवं राजनीतिक लेखहरू धेरै पढ्ने भएकाले काम गर्न सजिलो भएको अनुभव दीपेन्द्रको छ । 

अभिनेता दयाहाङ राईले अहिलेको समाजको राजनीतिक चेत, राजनीतिले समाजमा पारेको प्रभावको विषयमा फिल्म बनेको बताए । 

पछिल्लो समय राजनीतिक विषयवस्तुमाथि बनिरहेका फिल्मभन्दा ‘नाङ्गो गाउँ’ फरक रहेको उनको दाबी छ । 

‘समाजभित्र हामीलाई जसले नेतृत्व गर्छन्, अथवा शासन गर्छन्, उनीहरूको दिमाग कस्तो हुन्छ अथवा उनीहरूको सोच कस्तो हुन्छ भन्ने कथा वरिपरि रहेर फिल्म बनेको छ,’ दयाहाङ भन्छन्, ‘यसमा हामीले देखिरहेका, भोगिरहेका थुप्रै चरित्र छन् । हरेक चरित्रलाई राजनीतिक उथलपुथलले पारेको असर फिल्मको कथा हो ।’ 

दयाहाङ अभिनीत ‘कबड्डी ३’मा पनि राजनीतिक कथावस्तु समावेश थियो । यद्यपि, उक्त फिल्म र ‘नाङ्गो गाउँ’को कथा धेरै नै फरक रहेको उनले बताए । 

दयाहाङले अगाडि भने, ‘त्यसमा काजी र मैँयाको पृष्ठभूमिमा आएको राजनीतिक अवस्था थियो । उनीहरूको प्रेम अथवा सम्बन्धलाई कहाँसम्म पुर्‍याउँछ भन्ने कथा जोडिएर आएको थियो । ‘नाङ्गो गाउँ’मा हरेक चरित्रलाई राजनीतिक अवस्थाले असर पारिरहेको छ । यसर्थ फिल्मका पात्रको पृष्ठभूमिहरू धेरै हिसाबले फरक छन् ।’ 

दयाहाङलाई पनि लाग्छ, आम मानिसले नेता ठीक भएनन् भनेर प्रश्न गर्ने वा आक्रोश पोख्ने परिपाटी छ । तर, खराब नेतालाई नेतृत्वमा पुर्‍याउने जनतामाथि खासै प्रश्न उठ्ने गरेको छैन ।

‘फिल्म हेरिसकेपछि दर्शकमा एक किसिमको प्रश्न खडा भयो वा आफैंले आफैंलाई ओहो ! साँच्चै यस्तै पो भइरहेको छ कि भन्ने प्रश्न वा जिज्ञासा राख्ने स्थिति बन्यो भने मात्र पनि फिल्मको सार्थकता हुन्छ,’ दयाहाङ भन्छन् ।

फिल्मले नेता र जनता दुवै सुध्रिनुपर्छ भन्ने सन्देश दिएको उनको भनाइ छ ।

अभिनेत्री मिरुना मगरले यस फिल्मको स्क्रिप्ट पढ्दाखेरी नै रोचक लागेको बताउँदै दर्शकले रुचाउने विश्वास व्यक्त गरिन् ।

राजनीतिक कथामा मिरुनाको यो पहिलो फिल्म हो । 

‘मेरो पात्र पनि एकदमै रोचक लाग्यो । हामी नागरिकको हिसाबले समाजमा बस्दा हामीले लिने एक्सनले त्यही समाजमा प्रभाव पार्छ । त्यो प्रभावले फेरि घुम्दैफिर्दै हामीमा नै कसरी असर पार्छ भन्ने फिल्मको स्क्रिप्टमा पाएँ,’ मिरुनाले भनिन्, ‘गाउँको माहोल हेर्दा पनि हाम्रो स्टोरीसँग अलिकति म्याच भएको हो कि भन्ने लाग्यो ।’ 

लामो समय लण्डन बसेकी मिरुना नेपालमा धेरै नबसे पनि राजनीतिक माहोल देखिरहेको र भोगिरहेको बताउँछिन् । राजनीतिक माहोल धेरै बुझ्न नसके पनि सक्दो बुझ्ने प्रयास गरेको उनको भनाइ छ ।

पछिल्लो समय आफूले काम देखाउने मौका पाएको समेत उनले बताइन् । फरक–फरक टीमसँग काम गर्न पाइरहेकी छु । काम देखाउने मौका पनि पाइरहेकी छु,’ उनी भन्छिन्, ‘अहिले पनि धेरै कुराहरू सिक्दैछु । अझै धेरै सिक्न मन छ ।’ 

मिरुनाले दयाहाङसँगै दुई फिल्म ‘रंगेली’, ‘घरज्वाइँ’मा पनि काम गर्दैछिन् । एकपछि अर्को फिल्ममा आफूहरूको सहकार्य हुनुमा दर्शक एवं निर्माता/निर्देशकको माया तथा विश्वास प्रमुख कारण रहेको मिरुनाले बताइन् । 

हिमाल शर्मा प्रस्तुतकर्ता रहेको ‘नङ्गो गाउँ’मा दयाहाङ र मिरुनासँगै कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर बाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झालगायतको समेत अभिनय छ । 

एकपछि अर्को हिट फिल्म दिएका निर्देशक, लगातार हिट फिल्म दिएका दयाहाङ र मिरुनाको जोडीका कारण ‘नाङ्गो गाउँ’लाई प्रतिक्षित चलचित्र मानिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x