×

NMB BANK
NIC ASIA

कालो कोटभित्रको सेतो शर्ट

काठमाडाैं | भदौ २४, २०८०

NTC
Premier Steels

कोट नेपालीहरूको अनिवार्य पोसाकजस्तै बनिसकेको छ । विवाह-ब्रतबन्ध, भोजभतेर होस् वा बर्थडे पाटी जताततै कोट लगाउने चलन बढ्दो छ । पाटी भन्नेबितिक्कै पार्टीको कुरा पनि आइहाल्छ । अहिले पार्टी प्रवेश र परित्याग गर्दा समेत चट्ट कोट लगाउने चलन छ । 

Muktinath Bank

स्कुल-कलेज र विश्वविद्यालयको पोसाकमा पनि प्रायः कोट छुट्दैन । कोट-पाइन्टसँगै छालाको चिल्लो जुत्ता र आँखामा चस्मा लगाई ठाँटिएर हिँड्ने मान्छे अहिले जताततै भेटिन्छन् । एक जमाना थियो कोट लगाउने मान्छेको छुट्टै पहिचान हुन्थ्यो। खैर त्यो कुरा अहिले पुरानो भैसक्यो । अचेल जंगलको बाँदर र सडकको कुकुरलाई समेत कोट लगाइदिन्छ मान्छे ! 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खासमा कोट धेरै रुचाइएको हो कि कोटको महत्त्व गिरेको हो ? त्यो भगवान् जानून् ! तर, कलियुगका भगवान् कोटमै सजिएर आउँछन् । अस्पतालको बेड होस् वा अदालतको बेन्च कोट नभई हुन्न । कोट लगाउनु अहिले सामान्य बनिसकेको छ। कालो, सेतो, खैरो कोट आदि । 


Advertisment
Nabil box
Kumari

एकताका दौरा सुरुवाल र टोपी सामन्तीको पहिचान भन्दै शर्ट पाइन्टमा ठाँटिएर सरकारमा गएका कमरेडले सत्ताच्युत भएपछि थाहा पाएछन् सत्ताको साँचो त सुरुवालको सुर्कोमा बाँधिएको हुँदो रहेछ। हुन पनि हो कम्मरमा पेटी बाँध्न नजान्नेले कसरी देशमा नीति नियम बाँध्थे होला र ! 

Vianet communication
एकताका दौरा सुरुवाल र टोपी सामन्तीको पहिचान भन्दै शर्ट पाइन्टमा ठाँटिएर सिंहदरबार छिरेका कमरेडले सत्ताच्युत भएपछि थाहा पाएछन् 'सत्ताको साँचो त सुरुवालको सुर्कोमा बाँधिएको हुँदो रहेछ।'

जे हुन्छ नेपाल मै हुन्छ। नेपालीले चान्स पाए गर्छ ! कोट पाइन्टमा ठाँटिएर जागिर खान एक कम्पनीमा अन्तर्वार्ता दिन गएको युवा कोटको रङ्ग र शर्टको बटन थाहा नपाएपछि फालिन्छ । ऊ अहिले खाडीमा पसिना बगाउँदै छ रे !

नसकिने भो ! दौरा सुरुवाल लगाएर सत्तामा बस्नेले युवालाई देशमै कोट लगाउने वातावरण नबनाई दिएपछि कसको के लाग्छ र ! हुन त स्वदेशमा भोटो लगाउन लाज मान्नेलाई पनि के नै भन्न सकिन्छ र ! आफ्नो पहिरन र पहिचान त्यागी विदेशी पहिरनमा रमाउने बढो प्रतिस्पर्धा जो चलेको छ।

विषय र प्रसंगले कुरा अनेकतिर घुमे पनि खासमा कुरा कालो कोटभित्रको सेतो शर्टको गर्नु थियो । अब त्यतैतिर जाऔं है त । च्याउ उम्रे झैँ उम्रेका कानूनमा स्नातक पढाइ हुने 'ल कलेज' आजभोलि जताततै छन् । पढ्न पाँचै वर्ष लाग्छ । बर्सेनि सयौं विद्यार्थी कानूनमा स्नातक गर्न प्रवेश लिन्छन् । एकथरि युवा जो १२ पढेपछि एकछिन नेपालमा रोकिन मान्दैनन् । कसरी हुन्छ विदेश जाने तरखर गर्छन् । अर्कोथरि कानून पढ्नेको धैर्यता पनि मान्नै पर्छ। हिजो औंलामा गन्न सकिने कानून पढ्नेहरू अहिले बजारमा छ्याप्छ्याप्ती छन् । तिनको व्यवस्थापन कसरी हुन्छ ? गम्भीर विषय छ । ल कलेजहरू बेरोजगार उत्पादन गर्ने कारखाना त बन्दै छैनन् ? त्यसो नहोस् । 

खैर ठीकै छ ! कालो कोट, सेतो शर्ट, चट्ट टाई र टल्कने कालो जुत्तामा ठाँटिएर ल कलेज जानु र आफन्त साथीभाइले वकिल सा'प भनेर बोलाइदिँदा मनको लड्डु घिउसँग खानुजस्तै हो ।

सायद सबै कानून पढ्नेहरूको दिनचर्या यस्तै चल्छ । 'मेरो मुद्दा फ्रीमा लड्दिनु है' भन्नेदेखि 'म अपराध गर्छु, मलाई बचाउनू है' भन्नेसम्मका कुरामै चित्त बुझाउनुपर्ने अवस्था छ । 

फलानोको छोरा/छोरी कानून पढ्छ, फलानो वकिल बन्दैछ भन्ने कुरादेखि कालाकोटेहरू दूधलाई पानी र पानीलाई दूध भन्न पछि पर्दैनन् भन्नेसम्म पनि चर्चा हुन्छ । 

देख्नेले भलै कोट भित्रको सेतो शर्टमा ध्यान नदेलान् तर, नजरअन्दाज पनि गर्दैनन् । झन् मैलो दाग लागेको शर्ट कालो कोटमा फिटिक्कै सुहाउँदैन। 

कालो कोट भित्रको सेतो शर्टबारे चर्चा गरौं । तिनलाई के थाहा कालो कोटभित्र एक संवेदनशील सेटो शर्ट पनि  छ। म त्यही सेतो शर्टबारे कुरा गर्दै छु, जुन शर्टले हाम्रो कानूनको क्षेत्रमा भविष्य निर्धारण गरेको छ । क्षेत्राधिकार राखेको छ । हदम्याद तोकेको छ । जसले हामीलाई अनुशासन र धैर्यताको कडीमा बाँधेको छ। 

सेतो शर्ट जसमा कुनै दाग लागेपछि मेटाउन बहुतै गाह्रो पर्छ। होसियार भएर पहिरिनु पर्छ । देख्नेले भलै कोटभित्रको सेतो शर्टमा ध्यान नदेलान् तर, नजरअन्दाज पनि गर्दैनन् । झन् मैलो दाग लागेको शर्ट त कालो कोटमा फिटिक्कै सुहाउँदैन। हो त्यहीँ सेतो शर्टजस्तै हो हामी कानून पढ्नेको भविष्य । जसमा दाग लाग्यो भने कानून पढ्नुको कुनै औचित्य नै रहँदैन । जसरी हदम्याद नाघि दर्ता गर्न अदालतमा मुद्दा ल्याइन्छ ।

सेतो शर्ट हाम्रो चरित्र हो। चरित्रमा लागेको दाग मेटाउन मुस्किल पर्छ। सेतो शर्टजस्तै हो हाम्रो व्यक्तित्व । जसरी शर्टलाई सफा राख्न प्रयत्न गर्छौं त्यसरी नै हामीले आफ्नो व्यक्तित्व विकास गर्नु पर्ने हुन्छ । स्वच्छ राख्नु पर्ने हुन्छ । प्रकृतिजस्तै निर्मल राख्नु पर्छ। स्वच्छ व्यक्तित्त्व, असल चरित्र, अनुशासन र धैर्यताविना लिएको कानूनी शिक्षा प्रयोजनरहित नै हुन्छ। 

कानूनका उपभोक्ताले रुचाउने खालको व्यक्तित्व विकास गर्नुपर्छ । तबमात्र कानून पढेकोमा सार्थकता हुन जान्छ। कानूनको अज्ञानता क्षम्य नभए झै कानून पढ्नेलाई पनि आफ्नो सेतो शर्टमा दाग लगाउन छुट हुँदैन । मैलो बनाउन र चरित्र धमिल्याउन पनि । जुनमा पनि दाग छ भनेर पन्छिन पनि मिल्दैन। यो एक संवेदनशील क्षेत्र हो । यस क्षेत्रमा संयमित हुनु अनिवार्य छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २, २०८१

नेकपा (एकीकृत समाजवादी)ले यतिबेला आफ्नो अस्तित्वको लडाईँ लडिरहेको छ । मैले अस्तित्व भनेर पार्टीमाथि धावा बोलेको हो कि भन्ने पाठकलाई लाग्न सक्छ, तर नेकपा एस यतिबेला अस्तित्वको लडाईँमै छ । पार्टी स्थापना भएको करि...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x