कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
काठमाडाैं | असोज १, २०८०
रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर– ४ फर्साटिकर निवासी वृद्ध दम्पती रत्नखर र मनरूपा रेग्मीलाई राम्रोसँग निद्रा पर्न छाडेको झण्डै २ वर्ष भयो ।
परोस् पनि कसरी ? ऋण लागेर आपत् परी बिक्री गरेको घरको ६४ लाख रूपैयाँ पैसा नपाएपछि वृद्ध दम्पती ‘बिलखबन्द’ मा परेका छन् । १५ धुरमा बनेको एक तले घर बिक्री गरेको दुई वर्ष भयो, तर पैसा हात परेको छैन ।
आफ्नै ज्वाइँको विश्वासमा परेर बिक्री गरिएको घरको पैसा हातमा नपरेको पीडा त छँदैछ, अर्कातिर घरजग्गाको स्वामित्व एकपछि अर्को व्यक्तिको हातमा पुगिरहेको छ ।
रेग्मी दम्पतीको यो पीडाको कथा वि.सं. २०७८ मंसिर १५ गतेबाट शुरू हुन्छ ।
मनरूपालाई ज्वाइँ (माइली छोरीका श्रीमान्) राजेश लम्सालले १५ मंसिर २०७८ मा मालपोत कार्यालय रूपन्देहीमा लगे । जग्गा पास गर्ने बेलामा जग्गा किन्न आएका कपिलवस्तुका खुम्बस गिरीले शर्त राखेर विभिन्न मितिका चेक दिन्छु भने ।
केही नबुझेकी वृद्ध मनरूपालाई राजेशले कसैलाई जानकारी समेत नदिई मालपोत पुर्याएका थिए । राजेशले चेक दिएपछि पैसा साटिन्छ, पीर गर्नुपर्दैन भनेर ज्वाइँले भनेपछि उनकैको विश्वासमा मनरूपाले आफ्नो नाममा रहेको कित्ता नम्बर २३८६ को जग्गा तथा घर कुम्भसको नाममा रजिस्ट्रेसन पास गरिदिइन् ।
‘पैसाको चौपट खाँचो थियो, अप्ठ्यारो परेपछि ऋण लिएर खर्च चलाएका थियौं, ज्वाइँको विश्वासमा परेर राजीनामा पास गरिदिएँ, तर पैसा कहिल्यै आएन,’ मनरूपाले दुःखेसो पोखिन् ।
बुटवल उपमहानगरपालिका–१२ तामनगर निवासी माया सुवेदीले जग्गा खरिद गर्ने गिरीलाई ज्वाइँ लम्सालसँग सम्पर्क गराएकी थिइन् ।
‘पैसा पाइन्छ भनेपछि कुनै आनाकानी नगरी हुन्छ भनें,’ वृद्ध रत्नखरले भने, ‘ज्वाइँले दलाल ल्याएर हाम्रो जग्गा अपरिचित व्यक्तिलाई बेचाए । अहिले यस्तो भयो, पैसा पाइएन ।’
ज्वाइँले नै आँखा चिम्लिएर बिचौलियाको पञ्जामा परिदिएको उनको गुनासो छ ।
‘आफन्त (ज्वाइँ)ले आँखा चिम्लिएर बिचौलियाको पञ्जामा पारिदिएपछि हाम्रो सम्पत्ति फस्यो,’ गहभरी आँसु पार्दै उनले भने ।
७२ वर्षका रत्नखर र ६५ वर्षकी मनरूपका ६ छोरीमध्ये ५ जनाको बिहे भइसकेको छ । कान्छी छोरी १७ वर्षीया आशा रेग्मीले बाआमाको स्याहार गर्छिन् ।
घर पास गर्दा गिरीले सोही दिनको मितिमा १० लाख रूपैयाँको चेक काटेर दिए । सो चेक पनि नसाटिएको र त्यसबापतको ४ लाख रूपैयाँ नगद ल्याएर दिएको मनरूपाले बताइन् ।
त्यस्तै वि.सं. २०७८ माघ १५ गतेको मितिका लागि २५ लाख रूपैयाँको दोस्रो चेक काटिएको थियो भने २०७८ चैत ३० गतेका लागि २८ लाख रूपैयाँको तेस्रो चेक काटिएको थियो । ती सबै चेकको रकम जोड्दा ६३ लाख हुन आउँछ । त्यसबाहेक एक लाख रूपैयाँ छुट्टै नगद दिएकाले ६४ लाख रूपैयाँको हिसाब निस्किन्छ ।
तर, घर खरिद बिक्री गर्दा ७० लाखमा कागज भएको देखिएको छ । बाँकी ६ लाख रूपैयाँ बिचौलियाले आफ्ना लागि छुट्ट्याएको पाइएको छ ।
घर किनबेचमा मुख्य भूमिका खेलेकी बिचौलिया माया सुवेदीले धोका दिँदा ससुरालीसँगको पारिवारिक सम्बन्ध समेत बिग्रिने अवस्थामा पुगेको ज्वाइँ राजेशले बताए ।
‘म विदेश बसेर आएको मान्छे, जग्गाको कारोबार अहिलेसम्म गरेको थिइनँ, आफ्नै ससुरालीको घर बिक्रीका लागि माया सुवेदीले घर खरिद गर्ने मान्छे ल्याएपछि म पनि विश्वासमा परेर खरिद बिक्रीको काम भएको हो,’ राजेशले भने ।
पीडित परिवारले चेकबाउन्समा उजुरी हाल्ने तयारी गरे पनि घर किन्ने खुम्बसले नगद ल्याएर दिन्छु भन्दै झुलाएर ६ महिना कटाएको र अहिले काठमाडौंमा बस्दै आएको बताएका छन् ।
चेक काटेको मितिले ६ महिना नाघेमा चेकबाउन्समा उजुरी नलाग्ने कानूनी व्यवस्था छ ।
पीडितले आफूहरूमाथि ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय, रूपन्देहीमा उजुरी दर्ता गराएका छन्, तर प्रहरीले यसबारेमा कुनै कारवाही अघि बढाएको पाइएको छैन ।
दुवै पक्षबीच मध्यस्थकर्ताको भूमिका खेलेकी मायाले कुम्बसले घर खरिद गरेर पैसा नतिरेकाले आफू तनावमा परेको बताइन् ।
‘मैले नै कारोबार गराएकी हुँ, तर खरिद गर्ने कुम्बसले पैसा दिन्छु भनेर बारम्बार झुक्याइरहेका छन्, यसले मलाई समेत समस्यामा पारेको छ’ उनले भनिन् ।
रेग्मी दम्पतीको जग्गा खरिद गर्ने खुम्बस अहिले फोन अफ गरेर सम्पर्कविहीन बनेका छन् । उनले उक्त घर तेस्रो व्यक्ति सिर्जना श्रेष्ठलाई बिक्री गरिसकेको मालपोत कार्यालय भैरहवाको रेकर्डमा देखिन्छ ।
रेग्मी दम्पतीकी कान्छी छोरी आशाले दलालले आफ्नो सम्पत्ति खाइदिएपछि पारिवारिक पीडासँगै आफ्नो अध्ययनलाई समेत अघि बढाउन नसकेको गुनासो गरिन् ।
कक्षा १२ सम्म अध्ययन गरेकी उनले जग्गा बेचेर आएको रकमले साहुको ऋण तिर्ने र बाँकी रकमले घर खर्च एवं आफ्नो अध्ययनका लागि खर्च गर्ने योजना रहेको सुनाइन् ।
‘भिनाजुको विश्वासमा बुवाआमा पर्नुभयो, त्यो बेला म थिइनँ । पछि पैसा आउँछ भन्दाभन्दै २ वर्ष हुन लाग्यो, पैसा आएको छैन,’ छोरी आशाले भनिन् ।
गाउँका सोझा नागरिकको जग्गा झुक्याएर पास गराएको स्थानीयबासीले बताएका छन् । सरकारले यी पीडित दम्पतीलाई न्याय दिलाउन भूमिका खेल्नुपर्ने उनीहरूको भनाइ छ ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...