×

गीति नाटकसहित ‘परदेशी-२’ को प्रचार

काठमाडाैं | असोज १३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

परदेशिएका नेपालीको कथामा आधारित फिल्म ‘परदेशी २’ यही असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । कलाकारसहित निर्माण टिम अहिले फिल्मको प्रचारका लागि देश दौडाहामा निस्केको छ । 

yONNEX
IME BANK INNEWS
Sagarmatha Cement

फिल्मको कथालाई लिएर बनाइएको गीतिनाटक ‘बिदाइ’को मञ्चनसहित फिल्मको प्रचारात्मक कार्यक्रम भइरहेको फिल्मका निर्देशक नारायण रायमाझीले बताए । विद्यालय र कलेजमा गीति नाटक देखाउने गरिएको उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
shivam ISLAND

फिल्मको निर्माण टिमले बिहीबार र शुक्रबार पोखराका विभिन्न विद्यालय र कलेजमा नाटक मञ्चनसहित फिल्मबारे जानकारी गराएको थियो । फिल्मका अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारी पनि फिल्म प्रवर्द्धनमा सक्रिय छन् । सपूत अध्ययनका लागि विदेशिएको युवाको भूमिका फिल्ममा देखिँदै छन् । 


Advertisment
MAW JCB

नारायणगढ, नेपालगञ्ज र बुटवलमा प्रचारात्मक कार्यक्रम भइसकेको निर्देशक रायमाझीले बताए । पोखरापछि पूर्वी नेपालका विभिन्न सहरमा फिल्मको टिम पुग्ने जनाइएको छ । बडादसैँको छेकोमा प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’ सपूत अभिनित पहिलो फिल्म हो । 

Vianet communication
Laxmi Bank

गायन करिअरको शिखरमा रहेकै बेला सपूत ‘परदेशी २’बाट नायकका रुपमा उदाउँदै छन्। अभिनेत्री अधिकारीको अभिनय यात्रामा भने यो ३३औँ फिल्म हो । पहिलोपल्ट ‘हिरो’ का रूपमा ठूलो पर्दामा आउँदा दङ्ग र उत्साहित रहेको सपूतले बताए ।

'नायकका रूपमा यो मेरो परीक्षा हो, शुरूमै ब्राण्ड ब्यानर र सफल फिल्मको सिक्वेलमा अभिनय गर्न पाउनु आफैमा सुखद् कुरा हो,' उनले भने, 'अहिले फिल्मको प्रचारका क्रममा दर्शकहरू भेटिरहेका छौँ, राम्रो प्रतिक्रिया आइरहेको छ ।' 

विद्यालय र कलेज केन्द्रित प्रवर्द्धनको कार्यक्रमले नयाँ पुस्तालाई फिल्मप्रति अभिरुचि जगाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे । नायिका केकी अधिकारीले मौलिक कथामा राम्रो फिल्म बनेको बताइन् । आफ्नो फिल्म करिअरमा ‘परेदशी २’ले विशेष अर्थ राख्ने उनले उल्लेख गरिन्। 

'परदेशी २ नेपाली परिवेश र जनजीवनको कथा हो, फिल्म राम्रो बनेको छ, दर्शकको साथ पाउनेमा हामी ढुक्क छौँ,' उनले भनिन् ।

शुक्रबार नायक सपूतको गृहजिल्ला बागलुङमा ‘परदेशी २’को प्रिमियर शोसमेत राखिएको थियो । जिल्लावासीले बाजागाजासहित उनीलगायत फिल्मका कलाकारलाई विशेष स्वागत गरेका थिए । 

उनले ‘परदेशी २’ को प्रर्दशनपछि मात्र फिल्म निर्देशन र अभिनयमा विषयमा थप निर्णय लिने बताए। सपूतले यसअघि आफ्नै कथा र निर्देशनमा फिल्म बनाउने सङ्केत गरेका थिए । उनका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’लगायत गीत चर्चित छन् । 

गायकका रूपमा ख्याती आर्जन गरेका सपूतलाई फिल्म फाप्छ या फाप्दैन त्यो त हेर्न बाँकी नै छ । रायमाझीको निर्माण तथा निर्देशनमा यसअघि बनेको फिल्म ‘परदेशी’ व्यावसायिकरूपमा सफल भएको थियो । सोही फिल्मको सिक्वेलका रुपमा ‘परदेशी २’ निर्माण गरिएको हो । 

फिल्ममा सपूत र अधिकारीसँगै वर्षा सिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलियालगायत कलाकारको अभिनय रहेको छ । 

नारायण रायमाझी र राजेश वंशलको संयुक्त निर्माण रहेको फिल्मका नेपालसहित भारत र अमेरिकामा छायाँकन गरिएको जनाइएको छ । रासस
 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २५, २०८०

थुप्रै अभिनेत्रीहरू विवाहपछि फिल्म क्षेत्रबाट गुमनाम छन् । एक समयका निकै हिट अभिनेत्रीहरू विपना थापा, अरुणिमा लम्साल, सज्जा मैनालीदेखि गरिमा पन्त, सुमिना घिमिरेसम्मलाई दर्शकले फिल्ममा नदेखेको लामो समय भइसक्यो ।&...

कात्तिक २८, २०८०

अभिनेता एवं निर्माता दीपकराज गिरी नयाँ फिल्मको तयारीमा जुटेका छन् ।  उनले आफ्नो समूह फिल्म निर्माणको तयारीमा लागेको जानकारी दिएका हुन् । फेसबुक पोस्टमार्फत उनले आफ्नो चलचित्र विसं. २०८१ सालको दशैँमा प्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २७, २०८०

नेपाली चलचित्र ‘बिहे पास’ युट्युबमा रिलिज गरिएको छ ।  तिहारको अवसर पारेर आइतवार युट्युबमा सार्वजनिक गरिएको चलचित्रले राम्रो भ्युज पाइरहेको छ ।  दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि ...

कात्तिक २०, २०८०

इओन लिम्बु र सिमोन गिरी दुवैका लागि पहिलो फिल्म हो – ‘दुई कदम’ । यो लभस्टोरी फिल्मलाई उदय सुब्बाले निर्देशन गरेका हुन्, जुन मंसिर २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । अहिले प्रचारप्रसारको ...

कात्तिक २२, २०८०

यसपालिको दशैं नेपाली चलचित्र (फिल्म)का लागि सफल रह्यो । दशैंको अवसर पारेर प्रदर्शनमा आएका ‘परदेशी २’ र ‘पशुपतिप्रसाद २ः भस्मे डन’ दुवै फिल्मले राम्रो व्यापार गरे । घरेलु बक्स अफिसमा यी...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x