×

NMB BANK
NIC ASIA

आफ्नै पहिचानले चिनिन चाहने मोनिका

मनैदेखि सौन्दर्यकर्म: ३ लाखको लगानी डेढ करोड पुग्यो, १० जनालाई रोजगारी

बुटवल | असोज २०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

विगत डेढ दशकभन्दा बढी समयदेखि सौन्दर्य कर्ममा छिन् रुपन्देहीको बुटवलकी मोनिका क्षेत्री । बुहारीले उद्यम गर्छुभन्दा नपत्याउने समाज छ हाम्रो । मोनिकाको हकमा भने यो लागू भएन । उनले घर–परिवारबाट पूर्ण साथ पाइन् । परिवारकै प्रेरणाले विस २०६६ देखि सौन्दर्य पेशामा लागेकी उनले मोनिका युनिसेक्स सलुन र स्कीन एण्ड हेयर लेजर खोलेकी छिन् । अहिले उनले यसैबाट प्रसिद्धीमात्र कमाएकी छैनन्, साथै सौन्दर्य कौशलमा पनि उतिकै प्रभावशाली देखिएकी छिन् । उनी आजकल मोफसलकै अब्बल मेकअप आर्टिस्ट र व्युटीसियन दरिएकी छिन् ।

Muktinath Bank

भित्रीमनदेखि नै आफू सौन्दर्य पेशामा लागेको मोनिका सगर्व भन्छिन् । यसर्थ पनि होला ३ लाख रुपैयाँको लगानीमा सौन्दर्य क्षेत्रमा पाइला चालेकी उनको लगानी अहिले १ करोड ५० लाखभन्दा बढी पुगिसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘भित्रीमनबाटै केही गरेर देखाउँछु भन्ने चाहनाबाट यो उद्यम शुरू गरेकी हुँ,’ विगत सम्झिँदै उनी भन्छिन्, ‘३ लाख रुपैयाँको लगानीमा म सौन्दर्य क्षेत्रमा पाइला चालेकी हुँ । अहिले लगानी १ करोड ५० लाखभन्दा बढी पुगिसकेको छ । व्यवसायप्रतिको लगाव, साहस र परीश्रमबाट सानका साथ अहिलेको भीडमा यो स्थानसम्म आइपुगेकी हुँ ।’ 


Advertisment
Nabil box
Kumari

मोनिकाले युनिसेक्स सलुनसँगै लगानी र सेवा विस्तार गर्दै यस क्षेत्रमा हालै स्कीन एण्ड हेयर, लेजर क्लिनिक सञ्चालन गरेपछि उनको चर्चा फेरि फैलिँदो छ । क्लिनिकको माध्यामबाट उनले स्किन (छाला) मा उपचारसँग सचेतना पनि सिकाउँदै छिन् । सौन्दर्य क्षेत्रमा निरन्तर अघि बढेकी उनी यो यात्रामा अझै सन्तुष्ट हुने अवस्थामा पुगेकी भने छैनन् ।  

Vianet communication
Laxmi Bank

हुन न आफ्नो कामबाट आफै पूर्ण सन्तुष्ट हुन कोही सक्दैन । महिला भएर व्ययसाय, उद्यममा आउन गाह्रो भए पनि चुनौती र अवसरलाई सन्तुलन गर्नसके सफल भइने मोनिकाको तर्क छ । ‘घरकै चुलोचौकोमा सीमित नभएर त्यस दुनियाँभन्दा बाहिर निस्कन सके महिलाले धेरै प्रगति गर्न सक्छन्,’ उनले थपिन् । सौन्दर्य पेशा अझै पनि धेरैको प्राथामिकतामा पर्न नसकेको मोनिकालाई लाग्ने गरेको छ । उनको हँसिलो अनुहार र मिजासिलो व्यवहारले ग्राहक आकर्षित गर्छ । केही नयाँ कुरा सिक्न खोज्ने र सकेसम्म छिटो सेवा दिने उनको स्वभाव हो । यही कारण उनको सलुनमा भीड लाग्छ । सलुन र स्कीन एण्ड हेयर लेजर छुट्टा–छुट्टै छन् । सलुनमा सौन्दर्यताको काम हुन्छ भने, लेजरमा छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञको रोहबरमा उपचार हुन्छ । ‘हामीकहाँ ब्युटीसियनले डाक्टरले गर्ने काम गरिरहेको पाइन्छ,’ मोनिका भन्छिन्, ‘स्कीन एण्ड लेजरको काम ब्युटीसियनले गर्ने होइन । बिशुद्ध छालारोग विशेषज्ञले गर्ने काम हो । ब्युटीसियन आफैँ डाक्टर बन्ने होइन ।’

जन्म बागलुङ, कर्म बुटवलः तालिम लिन काठमाडौंदेखि दिल्लीसम्म 
बागलुङमा जन्मिएकी मोनिकाको बुटवलका गगनबहादुर क्षेत्रीसँग किशोरी अवस्थामै विहे भयो । विहेपछि परिवारमा आर्थिक अभाव खासै झेल्नुपरेन उनले । यसैले उनी केही गरेर आफ्नै पहिचानले चिनिन् चाहन्थिन् । त्यो बेला उनी मात्र १६ वर्षकी थिइन् । त्यसो त मोनिकाको केही गर्ने सोच १६ वर्षभन्दा पनि सानै उमेरदेखि नभएको होइन । तर विहेपछि एक्कासी उनलाई सौन्दर्य क्षेत्रमा लाग्न मन लाग्यो । त्यो कुरा उनले श्रीमान् गगनसँग राखिन् । गगनले श्रीमतीको कुरा सहस्र स्वीकार गरे । त्यपछि उनले बुटवलमा सौन्दर्यसम्बन्धी १ वर्षे तालिम लिइन् । त्यसपछि काठमाडौं र भारतको नयाँ दिल्लीसम्म गएर अन्य कोर्स सिकेर आफूलाई दक्ष बनाइन् । त्यसपछि मोनिकाले निरन्तर आफूलाई उद्यममा जोडिएकी हुन् । अहिले ३५ वसन्तमा हिँडिरहँदा पनि कामप्रतिको उनको जाँगर कत्ति नघटी निरन्तर बढ्दो छ ।

काम सिकेर दक्ष भएपछि आफैँ ब्युटीपार्लर खोल्ने योजना रहको मोनिका बताउँछिन् । ‘शुरूमै धेरै लगानी गरेर खोल्नुभन्दा सानोबाट नै काम शुरू गरे सफल भइन्छ भनेर उनी ब्युटीकेयर एण्ड कस्मेटिक संचालन गरेँ,’ उनले भनिन् । स्थापनाको छोटो समयमा नै ब्युटीकेयर एण्ड कस्मेटिकबाट राम्रौ आम्दानी भएपछि यसलाई थप स्तरीय र व्यस्थित गर्दैै जाने सोच मोनिकाले बनाइन् । तर, धेरै लगानी गरेर सर्ने आँट उनमा आएन् । यसबारे उनी भन्छिन्, ‘धेरै टाढादेखि आउनुहुन्छ, सेवा लिनुहुन्छ । हाम्रो सेवा मन परेर फेरि दोस्रो पटक पनि आउनुभएको हुन्छ, त्यो कुराले म एकदमै खुशी छु ।’

उनको आँटमा श्रीमान्को साथ
श्रीमान् गगन सेनाबाट सेवानिवृत्त भएर आएपछि गत वर्षको फागुनमा आधुनिक र स्तरीय डिजाइनसहित बुटवलको अमरपथबाट बीपी चौकमा उनले आफ्नो व्यवसायलाई सेवासँगै लगानीलाई स्थानान्तरण गरिन् । नयाँ ठाउँमा मोनिका ब्युटीकेयर एण्ड कस्मेटिकको नामलाई परिवर्तन गरी मोनिका युनिसेक सलुन एण्ड एकेडेमी बनाइन् । ‘मैले सोचेभन्दा धेरै नै राम्रो हुँदै गइरहेकोे थियो । अन्य ठाउँमा सर्नका लागि लगानी धेरै लाग्ने भएकाले म एक्लै आटँ गर्न पनि सकिनँ,’ उनी भन्छिन्,  ‘श्रीमान् पनि रिटायर्ड भएर आउनुभयो । उहाँलाई पनि यससम्बन्धी सामान्य काम सिकाए । त्यसपछि गत वर्षको फागुनमा व्यवस्थित रुपमा नै वीपी चोकमा सर्यौँ । व्यवसायमा मेरो आँट र श्रीमान्को साथ रहेको छ ।’

शुरूमा लेडिज (महिला)हरूको मेकअप र कपाल काट्ने लगायतका काम गरेकी मोनिका अहिले जेन्स (पुरुष)हरूको पनि मेकअप लगायतका काम गर्ने गर्छिन् । मोनिका पहिला नै लेडिज र जेन्स दुवैको काम गर्न सक्षम थिइन् । तर आफूलाई एक्लै असहज लागेकाले लेडिजको मात्रै गरेको उनको भनाइ छ । ‘पहिला म मात्रै थिएँ, एक्लै जेन्सको काम गर्ने आँट आएन । अहिले श्रीमान् भएपछि लेडिज–जेन्स दुवैको काम सहज रुपमा गर्छु ।’ 

मोनिकाको सैलुनमा अहिले १० जनाले रोजगारीसमेत पाएका छन् । स्वदेशमै रोजगारी सिर्जना गर्न पाएकोमा उनी खुसी छिन् । 

सफलतासँगै मोनिकासँग चुनौतीका चाङ छन् । समय बदलिएसँगै संसारभर आधुनिकता धेरै अघि बढिसकेको उनले महसुस गर्न थालेकी छिन् । ‘अहिलेको पुस्ताले चलेको ‘ट्रेन’लाई ‘फलो’ गर्ने गर्छन् । हाम्रो नेपाली समाज पनि अहिले सौन्दर्यतर्फ एकदमै सचेत बनिसकेको देखिन्छ । यो हाम्रा लागि पनि चुनौती हुन जान्छ । हामी यस्तै चुनौतीबीच अघि बढिरहेका छौं,’ उनी भन्छिन् ।

मोनिकाको विचारमा सुन्दर बन्नु भनेको स्वस्थ हुनु पनि हो । आफूलाई निखार ल्याउनु हो र आत्मबल बलियो बनाउनु हो । कतिपयले सौन्दर्यलाई गलत दृष्टिले हेर्ने गरेको पाइएको उनको अनुभव छ । यस्तालाई उनले सुझावसमेत दिइन् । 

‘कतिपयले ब्युटीपार्लर, हेयर एन्ड मेकअप स्टुडियो तथा सैलुन जानुलाई समय र पैसाको बर्बादीका रूपमा हेर्छन्, तर वास्तविकता त्यो होइन । सुन्दर देखिने चाहना हरेक व्यक्तिमा हुन्छ । सुन्दरतालाई निखार ल्याउने काममात्र हो हाम्रो । यसर्थ यसलाई सकारात्मक रुपमा लिनुपर्छ,’ उनले थपिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x