×

NIC ASIA

सरसर्ती २४ घण्टा

इन्जिनियरिङ अध्ययन संस्थानले तोक्यो नयाँ शुल्क, सोमबारदेखि दसैँको अग्रिम टिकट बुकिङ

काठमाडाैं | असोज २०, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
चर्चित ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले २५ जनालाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको छ । 
शुक्रबार जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ प्रतिवादीलाई केन्द्रीय कारागारमा थुनामा पठाउन आदेश दिएको हो । 
अदालतले भन्सार एजेन्ट रुक्मिना सुब्बालाई भने ५ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले बताए ।
००००
सरकारी वकिलको कार्यालयले सीआईबीको प्रतिवेदनको आधारमा यसअघि २९ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर गरेको थियो । यो प्रकरणमा तीन जना भने फरार छन् । 
००००
इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा नयाँ अध्ययन शुल्क तोकेको छ। संस्थान कार्यान्वयन समितिले नयाँ शुल्क निर्धारण गरेको हो। 
नयाँ शुल्क अनुसार चार बर्षे बीई तथा बीआर्कको धरौटी सहित नियमित तर्फ ५६ हजार ७०० रूपैयाँ शुल्क तोकेको छ। त्यस्तै पूर्ण शुल्कीय तर्फ ४ लाख ९० हजार र विदेशी विद्यार्थीको हकमा १३ लाख १३ हजार ५०० रूपैयाँ कायम गरिएको हो ।
यसअघि  शुल्क विवादका कारण यसअघि भदौ २५ गतेदेखि गर्ने भनिएको प्रवेश परीक्षा रोकिएको थियो। अहिले संस्थानले शुल्क तोकेर प्रवेश परीक्षाको समेत सूचना जारी गरेको छ ।
००००
दसैं–तिहार तथा छठका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी सोमबारदेखि खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा शुक्रबार बसेको सरोकारवाला निकायको संयुक्त बैठकले असोज सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
००००
काठमाडौँ महानगरपालिकाले आगामी २३ गतेदेखि दसैँ लक्षित खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । कामपाले विगतका वर्षमा भन्दा यस वर्ष केही दिनअघिबाट चौपायाको स्वास्थ्य परीक्षण गर्न लागेको हो । अघिल्ला वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र बजार अनुगमन गर्दै आएको थियो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीले  निजामती सेवा विधेयक तथा नेपालको सार्वजनिक प्रशासनका सम्बन्धमा अध्ययन कार्यदल गठन गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सार्वजनिक प्रशासनका भएका, हुनुपर्ने तथा गरिनुपर्ने व्यवस्थाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न अध्ययन कार्यदल गठन गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
००००
नेपाल र युरोपेली मुलुक रोमानियाबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र रोमानियाका श्रममन्त्री सिमोना बुकुरा अप्रेस्कुले आज रोमानियास्थित श्रम मन्त्रालयमा हस्ताक्षर गरेका छन् ।
००००
राष्ट्रिय मानव अधिकार आयोगले जघन्य अपराधको माफीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग जानकारी माग गरेको छ ।
जघन्य अपराधमा अदालतबाट दोषी ठहर गरी जन्मकैदको सजाय भोगिरहेका व्यक्तिलाई संविधान दिवसको अवसरमा दिइएको आम माफीबारे आयोगले प्रधानमन्त्री कार्यालयसँग जानकारी माग गरेको हो ।
००००
सरकारले बझाङ भूकम्पमा परी निधन भएका व्यक्तिको परिवारलाई आर्थिक सहयोग स्वरूप तत्काल दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ । 
भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि बझाङ पुगेका प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन् । 
गत मंगलवार गएको भूकम्पमा एक जनाको निधन भएको थियो । यस्तै प्रभावितलाई आवास निर्माणका लागि तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ । 
००००
नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ ।
राष्ट्र बैंकले शुक्रवार एक सूचना जारी गर्दै साविककै आकार तथा रंगमा नयाँ नोट प्रचलन ल्याएको जानकारी दिएको हो ।
००००
संसद्मा प्रस्तुत विद्यालय शिक्षा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल शुरू भएको छ । शिक्षामन्त्री अशोककुमार राईले विधेयक प्रस्तुत गरेपछि यसमाथि सैद्धान्तिक छलफलमा संसद्मा प्रतिनिधित्व गर्ने दलका सांसदले छलफल शुरू गरेका हुन् ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भूकम्पबाट प्रभावितलाई निरास नबनाउन सरकारलाई आग्रह गरेका छन् ।
भूकम्प प्रभावित जिल्ला बझाङमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणलाई इंगिग गर्दै उनले यस्तो बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Rupse Holidays
Nabil box
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x