×

NMB BANK
NIC ASIA

एमाले र गठबन्धनको चेपुवामा कार्की

दोहोरो दबाबबीच दशैं मनाइरहेका मुख्यमन्त्री कार्की

विराटनगर | कात्तिक ७, २०८०

NTC
Premier Steels

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की दोहोरो दबाबबीच दशैँ मनाइरहेका छन् । उनी केन्द्रीय सत्ता गठबन्धन र आफैँले निर्माण गरेको नेकपा एमालेसहितको गठबनधनको दबाबमा छन् । एमालेले दशैँलगतै मन्त्रिमण्डल विस्तार गर्न दबाब दिइरहेको छ भने नेकपा माओवादी, एकीकृत समाजवादी र जसपा तथा कांग्रेसकै संस्थापन पक्षले तत्काल मन्त्रिमण्डल विस्तार नगर्न मुख्यमन्त्रीलाई दबाब दिइरहेका छन् । 

Muktinath Bank

एमालेको दबाब थेग्न कार्की प्रदेशसभाबाट विश्वासको मत पाएलगत्तै काठमाडौँ गएका थिए । गत कात्तिक १ गते विश्वासको मत पाएकै भोलिपल्ट अर्थात् कात्तिक २ गते उनी काठमाडौँ गएका थिए । एमालेले ३ गते नै सरकार विस्तार गर्न दबाब दिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि पठाएर नै गठबन्धनलाई नै समेटेर मन्त्रिमण्डल विस्तार गर्न सन्देश दिएका थिए । कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीले कात्तिक १ गते बिहान प्रदेशका गठबन्धनका नेता तथा मुख्यमन्त्रीलाई राखेर अब मन्त्रिमण्डल विस्तार गर्दा एमालेबाहेकका दललाई समेट्न निर्देशन दिएका थिए । 


Advertisment
Nabil box
Kumari

‘कांग्रेस प्रदेश कार्यालयमा ज्ञानेन्द्र दाइ, उद्धवजी, इन्द्रजी, राजेन्द्रजी, निर्मला लिम्बू र मुख्यमन्त्री पनि हुनुहुन्थ्यो,’ बैठकमा सहभागी भएका कांग्रेसका एक नेताले भने, ‘अब मन्त्रिमण्डल विस्तार गर्दा पहिलो चारणमा माओवादीलाई सरकारमा सामेल गराउने सहमति भएको छ । मुख्यमन्त्री पनि म गठबन्धनभन्दा बाहिर जान सक्दिनँ भन्नुभएको छ ।’

Vianet communication

एमालेले भने मन्त्रीहरूको नाम टुगो लगाएर बसेको छ । कात्तिक १२ गतै नै मन्त्रिमण्डल विस्तार गर्नु पर्ने दबाब दिन थालेको छ । कोजाग्रत पूर्णिमा कै भोलिपल्ट मन्त्रिमण्डल विस्तार गर्नु पर्ने एमालेको दबाब छ भने केन्द्रीय गठबन्धन अनुसारको गठबन्धनले भने माओवादीलाई सरकारमा सामेल गराउन दबाब दिएको छ । ‘३ गते नै मन्त्रिमण्डल विस्तार गर्नुहोस् भनेका थियौं । मुख्यमन्त्रीज्यू काठमाडौँ जानुभयो । आउँदा उहाँलाई ढिला भयो । टीका पछाडि भनेका छौं । सकिन्छ भने शुक्रबारसम्म गर्न भनेका छौं । ढिलो भयो भने आइतबारसम्म मन्त्रिमण्डल विस्तार गर्छौं भनेर मुख्यमन्त्रीले भन्नुभएको छ,’ एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीले भने ।

एमालेले मन्त्रीहरूको नाम भने टुङ्ग्याइ सकेको छ । पाचकर्ण राई, एकराज कार्की, लीला वल्लव अधिकारीको नाममा सहमति भइसकेको स्रोतले जनाएको छ । सिर्जना लिम्बू र रामप्रसाद मेहतालाई राज्यमन्त्री पठाउने भएको छ ।  यसअघिका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारमा उनीहरू मन्त्री थिए । 

अधिकारी, मेहता र निरन राईले १२ दिन मात्रै मन्त्री पदमा बहाल रहेका थिए । मुख्यमन्त्री कार्कीसँग एमालेले ५ वटा मन्त्रालय मागेको छ । यसअघि  राम बहादुर राना मगरलाई मुख्यमन्त्री कार्कीले मन्त्री बनाइसकेका छन् ।  

निरन राईलाई भने भागबन्डामा एउटा मन्त्रालय बढी आए मात्रै पठाउन गरी सहमति भएको स्रोतले जनाएको छ । यसअघि मन्त्री बनेका तिलकुमार मेयाङवो र बुद्धिकुमार राजभण्डारीलाई भने मन्त्री नबनाउने भएको छ ।
 
सत्तारूढ गठबन्धनले गरेको निर्णयविपरीत नेकपा एमालेको समर्थन लिएर कांग्रेसका ८ सांसदको विद्रोहबाट मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीलाई सत्तारूढ गठबन्धनले पनि विश्वासको मत दिएको थियो । 

कार्कीले डा.शेखर कोइरालाले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको सहमतिअनुसार अगाडि बढ्ने भन्दै सरकार विस्तार केही समय धकेल्न संकेत गर्दै आएका छन् । 

पाँच मन्त्रालय दाबी गरेको एमालेले मुख्यमन्त्री कार्कीसँग विश्वासको मतअगाडि नै भागबन्डा टुंगो लगाउनुपर्ने र एमालेबाहेक अन्य दललाई सरकारमा नल्याउने प्रतिबद्धता जनाउनुपर्ने अडान लिएको थियो । तर, एमालेले यस्तो अडान राखिरहँदा मुख्यमन्त्री कार्की भने प्रदेशमा रहेका गठबन्धन दलहरूको बैठकमा केही समयभित्रै सरकारलाई गठबन्धनको सरकारको स्वरूप दिने प्रतिबद्धता जनाएका थिए । 

प्रदेशसभाबाट विश्वासको मतमा भारी समर्थन पाए पनि दोहोरो चेपुवामा परेका मुख्यमन्त्री कार्कीले राप्रपालाई सरकार ल्याउन समेत छलफल शुरू गरो स्रोतले जनाएको छ ।  राप्रपाले भने प्रमुख प्रतिपक्षी दलको मान्यता आफूले पाउनु पर्ने दाबी गरेर प्रदेशसभा सचिवालयलाई पत्र नै पठाएको छ । राप्रपा बाहेकका  सबै दलले विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षी आफू रहेको जानकारी गराउँदै प्रदेश सभा सचिवालयलाई पत्र पठाएको राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले बताए । 

नेकपा एमालेले भने माओवादीलाई सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले माओवादीलाई सरकारमा ल्याए एक घण्टा पनि सरकारमा नबस्ने बताएका छन् । 

उता गठबन्धनमा आबद्ध दलहरूले भने सरकारबाट एमाले बाहिरिनुपर्ने प्रतिक्रिया दिएका छन् । ‘गठबन्धनभित्र छिरेको एमाले अब सरकारबाट बाहिरिनुपर्छ,’ माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘अब नैतिकताको आधारमा एमाले सरकारबाट बाहिरिनु राम्रो हुन्छ ।’

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले एमालेका प्रमुख सचेत रेवतिरमण भण्डारीलाई गठबन्धनको सरकार बनाएकोमा धन्यवाद भनेका थिए । विश्वासको मत लिने दिन  गत बुधवार प्रदेशसभाको बैठक कक्षमा छिर्दै गर्दा राईले गठबन्धनको सरकार बनाइ दिनुभएकोमा धन्यवाद कमरेड भनेका थिए । भण्डारीले भने हाँसेका मात्रै थिए । 

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पनि गठबन्धनको निर्णयको आधारमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको बताएका थिए । 

मुख्यमन्त्री केदार कार्कीले भने औपचारिक रूपमा सहमतिको सरकार बनाउन पहल गर्ने बताउने गरेका छन् । 

कार्कीलाई नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादी का ४ र जसपाका १ सांसदले विश्वासको मत दिएका थिए भने राप्रपाका ५ सांसदले विपक्षमा मतदान गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x