×

NIC ASIA

सरसर्ती २४ घण्टा

कांग्रेसको चियापानमा राजनीतिक सन्देश, कोशीमा फेरि खटपटको संकेत !

काठमाडाैं | कात्तिक १२, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका छन् । 

स्वागत गर्ने क्रममा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
००००
कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले हरेक वर्ष दशैंको कोजाग्रत पूर्णिमाको दिन चियापान गर्दै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०८० को दशैंको पूर्णिमाको दिन कांग्रेसले शनिवार केन्द्रीय कार्यालय सानेपामा दलका नेता, कुटनीतिज्ञ, कार्यकर्तासहित शुभेच्छुकलाई आमन्त्रण गरेको थियो । तर कांग्रेसको चियापानलाई प्रमुख प्रतिपक्षी दल एमालेले जति अरू दलले प्राथमिकता राखेको देखिएन ।


Advertisment
Rupse Holidays
Nabil box

एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल, सचिव छविलाल विश्वकर्मासहितका दर्जनौं प्रभावशाली नेताको लस्कर लिएर पुगेका थिए ।तर कांग्रेसकै सबै पदाधिकारी र सिनियर नेता समयमै कार्यक्रममा देखिएनन् ।
यसैबीच राजनीतिक दलको चियापानमा राजनीतिक सन्देश दिन पनि नेताहरू पछि परेनन् ।  
दशैंसहितका चाडपर्वको सन्देश र शुभकामना दिन भनिए पनि नेताहरूले चियापानमा राजनीतिक सन्देश दिएका हुन् । 

Vianet communication

कार्यक्रममा नेताहरूले केही न केही हिसाबमा मिलेर जानुपर्ने चुनौती रहेको स्वीकार भने गरे । 
कार्यक्रममा सँगैजस्तो बोलेका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले आफूहरूमाथि प्रश्न उठाउने प्रयास भएको भन्दै उचित समयमा जवाफ दिने बताए । 

‘प्रश्न उठ्दै गर्छन् । तर हामी उचित समयमा जवाफ दिन्छौं,’ पुराना दलका पनि पुराना नेतामाथि एकपछि अर्को प्रश्न उठे नि भन्ने संचारकर्मीको प्रश्नमा देउवाले भने, ‘तर तपाईंहरूले भनेजस्तो चुनौती बढेको छैन ।’

ओलीसँगै उभिँदा यस्तो बताएका उनै देउवाले चियापानको अन्तिममा भने पुराना दलमाथि चुनौती नबढेको बताए । 
‘चुनौती बढेको छैन । तर सामान्य आलोचना हुनु स्वाभाविक हो । प्रजातान्त्रिक पार्टी भएकाले आलोचना हुन्छ यो स्वभाविक हो ।’ 

तर चियापानमा देउवासँगै स्टेजमा देखिएका ओलीले भने आफूरूमाथि प्रश्न उठाउने प्रयास भएको बताए । ‘हामीमाथि प्रश्न उठेको छैन । तर प्रश्न उठाउने प्रयास भएको छ,’ गत निर्वाचनबाट उदाएको रास्वपातर्फ लक्षित गर्दै ओलीले भने, ‘हामी  यथोचित समयमा जवाफ दिन्छौं ।’
यी दुई नेताबीच चियापानमा आएका प्रधानमन्त्री प्रचण्डले दलमाथि उठाइएको प्रश्नको सामाना साझा रुपले गर्नुपर्ने बताए ।

‘मैंले त प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेदेखि नै राजनीतिक दलहरूका बीचमा समझदारी बनाउन प्रयास गर्दै आएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तर मुलुकमा अराजकता सृष्टि गर्ने उद्देश्यका साथ राजनीतिक दलहरूमाथि प्रश्न उठाउने गरिएको छ । सबै दल एक ठाउँमा उभिएर यस्तो प्रवृत्तिविरुद्ध जवाफ दिने तयारीमा छौं ।’
कांग्रेसले आयोजना गरेको चियापानजस्ता कार्यक्रमले राष्ट्रिय राजनीतिमा समझदारी बढाउने पनि प्रचण्डले बताए । राजनीतिलाई स्थिरतातिर लान यस्ता कार्यक्रमले सघाउने उनको भनाइ थियो ।

तर यी तीन नेतापछि चियापानमा कार्यक्रममा सहभागी भएर प्रतिक्रिया दिँदा रास्वपा सभापति रवि लामिछानेले पुराना दलप्रति घुमाउरो जवाफ दिए । ‘हाम्रो प्रतिस्पर्धा दलसँग होइन । हामीले लड्ने देशको गरिबी र भ्रष्टाचारसँग हो । दलबीच चुनावमा मात्रै प्रतिस्पर्धा हो तर हामीले लड्नुपर्ने विषय साझा छन् ।’

चुनावका बेला लोकतान्त्रिक प्रतिस्पर्धा भए पनि दलहरू साझा मुद्दामा एक ठाउँमा उभिनुपर्ने उनले बताए ।
००००
दशैंको बिदाइसँगै कोशी प्रदेशको राजनीतिक परिस्थिति फेरिने संकेत देखिएको छ । दोहोरो दबाबबीच दशैं मनाएका मुख्यमन्त्री केदार कार्की दशैंको समापनसँगै नेकपा एमालेसँग तर्किन थालेका छन् । उनलाई मुख्यमन्त्री बनाउन एमालेले साथ दिएको थियो । एमालेका ३९ र उनकै पार्टी नेपाली कांग्रेसका ८ सांसदको सहयोगमा कार्की मुख्यमन्त्री बनेका थिए । ती सांसदहरू नेता डा शेखर कोइराला निकटका थिए ।    

एमालेले आइतवार मन्त्रिपरिषद् विस्तार गर्न दबाब दिइरहेका बेला मुख्यमन्त्री कार्कीले भने झापामा कार्यक्रम राखेका छन् । शनिवार भने उनी आफ्नै पार्टी कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा भाग लिन सिलसिलामा काठमाडौंमा थिए ।  एमालेका नेताहरूलाई आइतवार फर्केपछि छलफल गर्ने आश्वासन दिएर उनी काठमाडौं गएका थिए ।
००००
सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको टोली चीन प्रस्थान गरेको छ ।
यही कात्तिक १५ देखि १७ गतेसम्म चीनको सर्वोच्च अदालतको औपचारिक भ्रमणका लागि श्रेष्ठ नेतृत्वको टोली शनिवार त्यसतर्फ प्रस्थान गरेको हो ।
००००
भारतले आफ्नो देश बाहिरका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् खरिद गरी खपत गरिए त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ । भारतको विद्युत मन्त्रालययले गत ३ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गर्दै सन् २०२४–२५ देखि २०२९–३०सम्मका लागि नविकरणीय ऊर्जाको न्यूनतम खपत अंश तोकेको हो । 
जसमा वायु, जलविद्युत वितरीत र अन्य नवीकरणीय ऊर्जाको खपत हिस्सालाई तोकिएको छ ।
००००
नेपाली बजारमा प्याजको थोक मूल्य किलोमै ११० रुपैयाँ पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार प्याज सुकेको (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ११० रुपैयाँ रहेको छ । 
००००
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन् ।
सार्क मन्त्रिपरिषद्ले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै महासचिव सरवरले गत मङ्गलवारदेखि कार्यभार सम्हालेका सार्क सचिवालयले जनाएको छ ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । 
यही कात्तिक १३ गते सोमबार पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक बोलाइएको पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
००००
मिथिलाञ्चलको महामहोत्सव विवाह पञ्चमीमा ११ हजार स्क्वायर फिटको अन्नबाट भगवान् रामजानकीको मूर्ति निर्माण गरेर विश्व किर्तीमान कायम गर्ने कार्य थालनी भएको छ ।
विवाहपञ्चमी महामहोत्सवलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि यो शुभकार्य गर्न लागिएको बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहले बताए। अध्यक्ष साहले ७० क्विन्टल अन्न अनाजबाट मूर्ति निर्माण हुने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x