×

NMB BANK
NIC ASIA

दशैंमा युट्युबमा आएका फिल्म पनि रुचाइए, ‘फूलबारी’देखि ‘बाबरी’सम्मलाई लाखौंले हेरे

काठमाडाैं | कात्तिक १२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

दशैंको अवसर पारेर प्रदर्शनमा आएका नेपाली फिल्मले हलमा दर्शकको साथ पाए । असोज २६ गतेबाट प्रदर्शनमा आएको ‘परदेशी २’ र कात्तिक ४ गतेबाट प्रदर्शनमा आएको ‘पशुपति प्रसाद २ : भस्मे डन’ अहिले पनि दर्शकको बाक्लो उपस्थितिका साथ प्रदर्शनरत छन् । 

Muktinath Bank

दुवै फिल्मले राम्रो व्यापार गरेका छन् । ​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दशैंमा हलमा नेपाली फिल्मले दर्शक पाउँदा युट्युबमा सार्वजनिक गरिएका फिल्म हेर्ने दर्शकहरू पनि उल्लेख्य देखिएका छन् । 


Advertisment
Nabil box
Kumari

दशैं​​को छेकोमा युट्युबमा आधा दर्जनको हाराहारीमा नेपाली फिल्म सार्वजनिक भएका थिए । ति सबै फिल्मले युट्युबमा छोटो समयमै लाखौं भ्युज पाएका छन् । 

Vianet communication
Laxmi Bank

झन्डै एक महिना अगाडि सार्वजनिक फिल्म ‘दुई नम्बरी’लाई आइतवारसम्म युट्युबमा ८८ लाख हाराहारीले हेरिसकेका छन् । यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरीलगायतको अभिनय छ । 

त्यस्तै, एक साताअघि युट्युबमा सार्वजनिक फिल्म ‘फूलवारी’ले ४६ लाख बढी भ्युज पाइसकेको छ । युट्युबमा ट्रेन्डिङको​ पहिलो नम्बरमा रहेको यो फिल्ममा विपिन कार्की, दयाहाङ राई, अरुणा कार्की, प्रियंका कार्की, शिल्पा मास्केलगायतका कलाकारहरूको अभिनय छ । 

दुई साताअघि सार्वजनिक फिल्म ‘बाबरी’ले ४० लाख बढी भ्युज पाएको छ । धिरज मगर, अदिति बुढाथोकी, धिरज नाडकरलगायतका कलाकारहरूको यसमा शीर्ष भूमिका छ । 

‘२.० छड्के’, ‘रोमियो एण्ड मुना’ जस्ता दशैंको माहोलमा युट्युबमा सार्वजनिक नेपाली फिल्मले पनि राम्रो भ्युज पाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x