×

NIC ASIA

सरसर्ती २४ घण्टा

संक्रमणकालीन न्यायबारे राष्ट्रसंघको चासो, ओलीले देखाए प्रधानमन्त्री

काठमाडाैं | कात्तिक १३, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंग्याउन सकस भइरहेका बेला संयुक्त राष्ट्रसंघले यसबारे चासो देखाएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा चासो राख्दै सघाउन तयार रहेको बताएका हुन् । यद्यपि नेपाल भ्रमणमा रहेका उनले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडित मैत्री हुनुपर्ने सर्त अघि सारेका छन् । 

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भेटवार्तापछि आयोजित  संयुक्त पत्रकार सम्मेलनमा उनले भने, ‘संक्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउनुुपर्छ ।’ 
००००
तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन असहज भएको दाबी गरेका छन् । 
आइतवार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा उनेले यस्तो बताएका हुन् । उनले संक्रमणकालीन न्यायको विषय पीडितहरूलाई ध्यान राखेर समाधान गरिनुपर्ने समेत बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी त्यसलाई छिटो भन्दा छिटो टुंग्याउन चाहन्छौँ । तर, प्रधानमन्त्रीज्यू जो हिजोको विद्रोही नेता हुनुहुन्थ्यो । आज प्रधानमन्त्री हुनुहुन्छ । उहाँले नै यी सबै विषयहरू टुंग्याउन भूमिका खेल्नुपर्नेमा चाहिँ अलिकति हिंसालाई बढावा दिने खालको, हिंसालाई महिमा मण्डन गर्ने खालको उहाँका क्रियाकलापले अलिकति असहज जस्तो भएको छ’, ओलीको भनाइ उदृत गर्दै एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘खास गरेर युद्ध सुरु भएको दिनलाई दिवसको रूपमा मान्यता दिने जुन कुराहरू भयो । यसले पीडितहरू अलिकति चिन्तामा छन् । हामीले चाहिँ शान्ति प्रक्रिया टुंग्याउँदाखेरी गम्भीर अपराधमा आम माफी हुन नहुने, यसमा हाम्रा अन्तर्राष्ट्रिय कमिटमेन्टहरूलाई पनि ध्यान दिनुपर्ने, सर्वोच्च अदालतको जुन आदेश छ, त्यो कुरालाई समेत ध्यानमा राखेर त्यो विषय छिटो भन्दा छिटो टुंगियोस् भन्ने चाहन्छौँ ।’
००००
यसैगरी महासचिवसँगको भेटमा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्बाटै छिट्टै पारित गर्ने बताए ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि नेपालले भोग्नुपरेको नकारात्मक परिणामबारे गम्भीर बन्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् ।


Advertisment
Rupse Holidays
Nabil box

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि परिवर्तनको कारक बनेका विकसित मुलुकहरूलाई दायित्व पूरा गर्न राष्ट्रसंघले पहलकदमी लिनुपर्ने उनको भनाइ थियो । 

Vianet communication

नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेससँगको भेटमा राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन् । आइतवार शीतल निवासमा भएको शिष्टाचार भेटमा उनले सो आग्रह गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । महासचिवले आइतबार राष्ट्रपतिदेखि विभिन्न दलका नेतालाई भेटेका छन् भने सोमबार सगरमाथा क्षेत्र र पोखराको भ्रमण गर्ने कार्यतालिका छ । उनले मंगलबार संघीय संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ ।  
००००
हमासको आक्रमणबाट इजरायलमा मृत्यु भएका थप ३ नेपाली विद्यार्थीको शवको पहिचान खुलेको छ ।
पदम थापा, प्रवेश भट्टराई र राजन पराजुलीको शवको पहिचान भएसँगै हालसम्म ८ विद्यार्थीको शवको पहिचान खुलेको इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ ।
००००
परराष्ट्रमन्त्री एनपी साउद आइतबार अमेरिका प्रस्थान गरेका छन्। 
भ्रमणका क्रममा उनले सोमबार वाशिङ्टन डिसीमा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  
००००
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबै राजनीतिक दलको सहमतिमा मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । सहमतीय सरकार सञ्चालनको प्रयास गर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उनले बताए ।

झापाको विर्तामोडमा अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशनमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा सहमतीय मन्त्रिपरिषद् विस्तार हुने स्पष्ट गरे ।
००००
गैरआवासीय नेपाली संघ (एनआरएनए)को  आरके शर्मा समूहले संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएको छ । 
११ औँ महाधिवेशनअघि कोषाध्यक्षको भूमिकामा रहेका लोक दाहाल र सुनिल साहमार्फत शर्माले विभिन्न बैंकमा रहेका १८ वटा खाता बन्द गर्न निवेदन दिएका हुन् ।
००००
नेकपा (माओवादी  केन्द्र)को अभियान एक महिना थपिएको छ । आइतबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले तीनमहिने पार्टी रूपान्तरण अभियान  एक  महिना  लम्ब्याउने निर्णय गरेको हो ।
००००
चालू आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले रु चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा रु चार खर्ब ९९ करोड बराबरको वस्तु आयात भएको छ । गत आवको तेस्रो महिनाको तुलनामा चालू आवको तेस्रो महिनासम्म कुल आयात एक दशमलव ६९ प्रतिशतले बढेको छ ।
००००
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ ।
आइतवार नेप्से परिसूचक २८ दशमलव १८ अङ्कले ओरालो लागेर १ हजार ८ सय ७५ दशमलव ६५ मा सीमित भएको छ ।
००००
लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । त्यहाँस्थित नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक सम्भावित इजरायली डिफेन्स फोर्स र हिजबुल्ला समूहबीचको आर्टिलरी–रकेटमोर्टार प्रहारका क्रममा यही कात्तिक ११ गते राति ती हतियारको सेल खसेर उनी घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x