कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
काठमाडाैं | कात्तिक १८, २०८०
गएराति गएको भूकम्पबाट सबैभन्दा बढी जाजरकोटको नलगाड नगरपालिकामा अहिलेसम्म पालिका उपप्रमुखसहित ४९ जनाको मृत्यु भएको छ । वडा नम्बर ४ का वडाध्यक्ष बद्रीबहादुर पन्तका अनुसार वडा नम्बर १ मा सबैभन्दा बढी २२ जनाको मृत्यु भएको छ।
वडा नम्बर ३ मा ६, वडा नम्बर ४ मा १, वडा नम्बर ५ मा ९, वडा नम्बर ६ मा ५ र वडा नम्बर ७ मा ५ जनाको मृत्यु भएको हो । 'मेरो वडामा एक जना ७० वर्षीया धनसरी सार्कीको मृत्यु भएको छ ।
मृतकको ४० वर्षीय छोरा खर्कबहादुर र खर्कका छोरा पनि घाइते भएका छन्,' पन्तले लोकान्तरसँग भने,'अहिले भूकम्प प्रभावित वडाहरूमा सबैभन्दा बढी समस्या बस्न र खानको समस्या भएको छ ।'
सबै वडाहरूमा उद्धारको काम जारी रहेको उनले बताए । त्यसैगरी वडा नम्बर ५ का वडाध्यक्ष भविन्द्रबहादुर सिंह पनि आफ्नो वडामा ९ जनाको मृत्यु भएको बताउँछन् ।
९ जना घाइतेहरूलाई उद्धारगरी नगर अस्पताल दल्ली पठाइएको छ भने अन्य घाइतेहरूको उद्धार कार्य जारी रहेको उनले बताए । 'राति प्रायः सबै जना सुतिसकेको अवस्थामा भूकम्प आएको पत्तै पाएनन्,' सिंहले लोकान्तरसँग भने, 'किसानहरू काम गरेर थाकेका हुन्छन् त्यसैले प्रायः सबै छिट्टै सुत्छन् । भूकम्प आएको थाहै नपाएकाले भत्किएको घरमा पुरिएर धेरैको मृत्यु भएको हो ।'
अहिलेसम्म नगरपालिका भरी ३ सयदेखि ४ सय जनाको जीवित उद्धार गरिएको उनले बताए । स्थानीयवासी, नेपाली सेना, प्रहरीसहित संयुक्त टोली विभिन्न वडामा उद्धारमा खटिएको उनले बताए ।
मानवीय क्षतिको विवरण संकलन हुने क्रम जारी नै रहेको उनले बताए । पशु चौपायाको पनि उलेख्य संख्यामा क्षति भएको उनले बताए।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...