×

NMB BANK
NIC ASIA

जाजरकोट भूकम्प

सोमबारको भूकम्पमा थप १३ जना घाइते, जाजरकोट र रुकुम पश्चिममा कति भए राहत वितरण ? [विवरणसहित]

काठमाडाैं | कात्तिक २०, २०८०

NTC
Premier Steels

 शुक्रबारको शक्तिशाली भूकम्पपछि सोमबार फेरि आएको अर्को झट्काले थप १३ जना घाइते भएका छन् । गृह मन्त्रालयले ५.८ म्याग्निच्युडको सोमबारको परकम्पनबाट रुकुम पश्चिममा ११ र जाजरकोटमा २ जना घाइते भएको जनाएको छ । सोमबार दिउँसोको परकम्पको केन्द्रबिन्दु पनि जाजरकोट नै रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

Muktinath Bank

गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा शुक्रबार जाजरकोटको बारेकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट हालसम्म १५३ जनाको मृत्यु भएको उल्लेख छ। यस पूर्व सो घटनाबाट मृत्यु भएको सङ्ख्या १५७ उल्लेख भएकोमा ४ जनाको दोहोरो विवरण परेकोले सो सङ्ख्या हटाइएको उनले बताए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो घटनामा घाइते भएका ३७५ जनामध्ये रुकुम पश्चिममा ५, जाजरकोटमा ३, बाँकेमा ४२, सुर्खेतमा १७ र काठमाडौँमा ९ गरी कुल ७६ जना उपचाररत छन् । यस्तै बाँकी २९९ जना घाइतेहरू भने उपचारपश्चात् घर फर्किएको मन्त्रालयले जनाएको छ ।  


Advertisment
Nabil box
Kumari

मन्त्रालयले क्षतिको विवरण मूल्याङ्कनका लागि  टोली गाउँ गाउँमा खटाइए‌को भन्दै यसबारे यकिन विवरण प्राप्त हुने क्रम जारी रहेको जनाएको छ । 

Vianet communication

 हाल स्थानीय जनप्रतिनिधि तथा सुरक्षा निकायबाट सङ्कलन भएको प्रारम्भिक तथ्याङ्कका आधारमा राहत सामाग्री वितरण भइरहेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार हालसम्म राहत कार्यमा गृह मन्त्रालयको नेतृत्वमा विभिन्न सङ्घसंस्थाबाट जाजरकोट जिल्लामा ब्ल्याङ्केट ३ हजार ६५५ थान, कपडा १,५०० थान, डसना ३५ थान, सिरक ५४ थान, तन्ना ४२० थान, बेबी प्याक १०० बटा, होम टेन्ट ४७ थान, त्रिपाल ३ हजार ४०९ थान वितरण भएको छ । 

यसैगरी म्याट्रेस ५३६ थान, स्लिपिङ ब्याग ६२ थान, पि.फम ५० रोल, बाल्टिन ६६७ थान, सोलार १५३ थान, पानी शुद्धीकरणका लागि पीयूष २७४ वटा, घुम्ती शौचालय ५० वटा, हाइजिन किट २८४ थान र चामल ३० हजार ५५० केजी, दाल ७९९ केजी, खाने तेल २६२ कार्टुन, चिउरा १०२ बोरा लगायतका विभिन्न प्रकारका सामाग्रीहरू वितरण भइसकेको छ।

 त्यसैगरी रुकुम पश्चिम जिल्लामा टेन्ट १० थान, त्रिपाल १,००७ थान, म्याट ६०० थान, कम्बल १,००० थान, कपडा १५० थान, पि.फम २२ रोल, बाल्टिन २६७ थान, तन्ना २०० बान, ब्ल्यांकेट ३०० थान, चामल ६,४०० केजी, दाल १ हजार १४० केजी, तेल ३४० लिटर र पानी शुद्धीकरणका लागि पीयूष २६७ वान लगायतका विभिन्न प्रकारका सामाग्रीहरू वितरण भएको मन्त्रालयले जनाएको छ । 

हालसम्म त्रिपाल ८,३२० थान, स्लिपिङ ब्याग १ हजार ३४५ थान, टेन्ट ३५० थान, ब्ल्यांकेट ९० थान लगायतका गैरखाद्य सामाग्री जिल्लामा पठाइसकिएको मन्त्रालयले जनाएको छ । 

विभिन्न सङ्घसंस्थाबाट प्राप्त सहयोग समेत गरी हालसम्म  दुई जिल्लामा पठाइएका गैरखाद्य सामाग्री त्रिपाल १२,६८४ थान, टेन्ट ८४९ थान, ब्ल्यांकेट ७,६८५ थान, स्लिपिङ ब्याग ३ जहार २१२ थान, म्याट्रेस २,४१५ थान, पि.कम ७२ रोल लगायतका सामाग्री पठाइएको पनि मन्त्रालयको भनाइ छ । 

यसैगरी राहत वितरणका भारतबाट प्राप्त सामग्री पनि प्रभावित स्थलतर्फ पठाइसकिएको छ। यसैगरी उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार ५–५ करोड रुपैयाँ समेत जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा भइसकेको मन्त्रालयले जनाएको छ । 

राहत वितरणका लागि कर्णाली प्रदेश सरकार, काठमाडौँ महानगरपालिका, शान्ति नेपाल, द्वारिकाज फाउन्डेसन, मारवाडी सेवा समिति, प्रदेश उद्योग वाणिज्य सङ्घ कर्णाली प्रदेश, नेपाल रेडक्रस सोसाइटी, युनिसेफ, विश्व खाद्य कार्यक्रम, जिल्ला प्रशासन कार्यालय, रुपन्देही, दाङ र बाँकेको संयोजनमा विभिन्न स्थानीय तहलगायतका  दाताहरूबाट प्राप्त खाद्य तथा गैरखाद्य सामाग्री उल्लिखित दुई जिल्लामा पठाइएको समेत भट्टराईले जानकारी दिए । सरकारले सबै सहयोगी दाताहरूलाई धन्यवाद व्यक्त गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x