×

NMB BANK
NIC ASIA

मन्त्री किराँतीले सार्वजनिक गरे भीमको पालाम गीत [भिडियो]

काठमाडाैं | मंसिर १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

मौलिक संस्कृतिमा आधारित पालाम गीत ‘मिम्जिमा ए’ सार्वजनिक गरिएको छ । 

Muktinath Bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीद्वारा सार्वजनिक गरिएको गीतमा गायक भीम लिम्बु र गायिका मनु नेम्वाङले स्वर दिएका छन् । पच्चीस मिनेट लामो म्युजिकल फिल्म सार्वजनिक गर्दै मन्त्री किरातीले यसले कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले गायक भीमसँगको पुरानो सम्बन्धलाई स्मरण गर्दै सङ्गीत यात्रामा अगाडि बढेको बताए । ‘उनले सपना देखेर सङ्गीत यात्राको प्रारम्भ गरे । चौरमा बसेर गएको गीत र त्यो यात्रा सङ्घर्ष अहिले पनि मलाई स्मरण छ । मैले राजनीति रोजे र उनले सङ्गीत रोजे’, किरातीले भने, ‘उनको गीतसङ्गीत प्रतिको लगाव अझै उस्तै छ । उनको गीत सार्वजनिक समारोहमा यसरी अतिथि बनेर आउन पाउँदा निकै खुसी छु ।’ 


Advertisment
Nabil box
Kumari

उनले गीतसङ्गीतले समाजमा प्रभाव पार्ने भएको हुँदा यसमार्फत कला, संस्कृतिलाई समेट्दै सकारात्मक प्रभाव पार्ने कार्य गर्न आग्रह गरे । उनले भने, ‘लिम्बू समुदायले गाउने पालाम र ख्यालीको विशेष महत्व छ । पालामसँग लिम्बूहरूको सांस्कृतिक पहिचान जोडिएको छ । पहिचानसँग जोडिएका हरेक कलाको संरक्षण र सम्वर्द्धन गर्न आवश्यक छ ।’ 

Vianet communication
Laxmi Bank

गीतमा भीम र मनुसँगै कोरसको रुपमा रुकमान लिम्बु, निरन्ता नेम्वाङ्ग, शिव साम्बाहाम्फे, दीपा सुहाङ छन् । गीतको सङ्कलक गायक भीम नै छन् भने यसमा शब्द सुवर्ण नेम्वाङले लेखेका हुन् । गीतमा अशोक लोहरूङ राई एरेञ्जर, राजेश श्रेष्ठ रेकर्डिस्ट रहेका छन् भने किशोर थापाले मिक्सिङ गरेका छन् । 

गीतको सार्वजनिक भिडियोमा रेखा लिम्बु, मोन नाल्बो सुब्बा, विशाल सेनेहाङ, रुकमान लिम्बु, कृष्ण सेनेहाङ, नवीन सेनेहाङ, खुसी थुलुङ, शैलेन्द्र नाल्बो लगायतले अभिनय गरेका छन् । 

तारेभिरको रमणीय दृश्यमा छायाङ्कन गरिएको गीतमा गाउँमा पाहुना आउँदा धान नाच्ने परम्परा र त्यही भेटघाटको क्रममा बस्ने मायालाई देखाइएको गायक लिम्बुले जानकारी दिए । ‘कला, संस्कृतिसँगै सँस्कारलाई गीतको शब्द र भिडियोमार्फत व्यक्त गरिएको छ । यसले त्यो परम्परालाई पुस्तान्तरण गर्न पनि मदत गर्छ । त्यसैले यो गीत मात्र नभइ संस्कृति जोडिएको म्युजिकल फिल्म हो’ गायक भिमले भने,‘दुई दशक अगाडि गीतसङ्गीतमा पाइला टेकेता पनि यो लिम्बु भाषामा भने मेरो पहिलो गीत हो ।’ 

सार्वजनिक भिडियोमा नृत्य र निर्देशक लोकेन सावाले गरेका हुन् भने यसमा छायाङ्कन युवराज राई, मेकअप सञ्जु थलाङ, सम्पादन अनिल राना र फोली साउण्ड मानसी किरणले गरेका हुन् । 

गायक भीम झन्डै एक दशकको विश्रामपश्चात् पुनः गायनमा सक्रिय  भएका छन् । ‘माया मेरो झुटो रे’, ‘हाते काटेर’, ‘खुल्यो खुल्यो रस खुल्यो’, ‘फेसबुकैले’, ‘धानै नाचिन्छ’ जस्ता गीतमार्फत उनि गायनमा स्थापित भएका हुन् । उनले आउँदो समयमा यति ठूलो विश्राम नलिने र गीतसङ्गीतमा निरन्तरता दिने बताए । 

याक्थुङ युथ एशोसियसनका सचिव रुकमान लिम्बुले मन्तव्य राख्दै उपस्थितलाई धन्यवाद दिए । उनले भने,‘हामीले आफ्ना क्रियाकलापमार्फत मनोरञ्जनसँगै संस्कृतिलाई टेवा पुग्ने कार्य गरिरहेका छौँ । यो म्युजिकल फिल्मले नयाँ पुस्तालाई संस्कृतिबारे जानकार गराउनेमा म विश्वस्त छु ।’ 

गीत सार्वजनिक समारोहमा भाषाविद तथा अभिनेता यासेली योङहाङ, नेपाल ट्रष्टका बोर्ड डाइरेक्टर याङजोम शेर्पा, किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष गोविन्द आङबुङ, गायक दीपक लिम्बु, सङ्गीतकार महेश खड्का, चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

भिडियो

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x