×

NIC ASIA

सरसर्ती २४ घण्टा

विप्लवविरुद्ध पक्राउ पुर्जीले हलचल, प्रधानमन्त्री असन्तुष्ट

काठमाडाैं | मंसिर १९, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
जिल्ला अदालत, काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र माइला लामालगायतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 

सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरूलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ ।
संघीय इकाइहरू तथा विभिन्न जातजाति वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पारेको उनीहरूमाथि आरोप छ । उक्त मुद्दा २०७६ असोज ९ मा दर्ता भएको थियो ।  अभियोगपत्र दीपेश राई, हेमन्तप्रकाश ओली, उदयबहादुर चलाउने, चन्द्रबहादुर खड्का, राजु कार्की, नीन विष्ट र केदार खतिवडालाई समेत विपक्षी बनाइएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साथै सोही दिन विप्लव, हरिबहादुर खड्का, माइला लामा, माइला लामा र सुरेन्द्र महर्जनविरुद्धको राजद्रोहको अर्को मुद्दा पनि दर्ता भएको थियो । उक्त मुद्दा न्यायाधीशहरू कमलप्रसाद ज्ञवाली र नारायणप्रसाद दाहालको इजलासमा छ ।  


Advertisment
Rupse Holidays
Nabil box

विप्लव तत्कालीन सरकारसँगको सहमतिको आधारमा शान्तिप्रक्रियामा आएका थिए । सो पार्टीले मुद्दा फिर्ताको लागि निरन्तर पहल गरिरहेका बेला मुख्य नेताविरुद्ध नै पक्राउ पुर्जी जारी भएपछि हलचल उत्पन्न भएको छ । 
स्वयम् विप्लवले पक्राउ पुर्जीलाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । विगतमा भएका सहमतिलाई राज्यले पालना गर्नुपर्ने उनको भनाइ छ । 

Vianet communication

यस्तै प्रधानमन्त्री प्रचण्डले पनि पक्राउ पुर्जीबारे असन्तुष्टि जनाएका छन् । सोमबार सम्पादकहरुसँगको छलफलका क्रममा उनले विप्लवहरु शान्तिपूर्ण राजनीतिमा आइसकेकाले अब अफ्ठ्यारो पार्न नहुने बताए । ‘जे भयो गलत भयो । सरकारले विप्लवहरुसँग सम्झौता गरिसकेको छ । सहमति गरेर उनीहरु शान्ति प्रक्रियामा आइसकेका छन्’, उनको भनाइ थियो, ‘शान्तिपूर्ण राजनीतिमै भएको हुनाले उनीहरुलाई फेरि फर्काएर अप्ठ्यारो पार्न हुँदैन ।’
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मका बारेमा पछिल्लो समयमा भएका गतिविधिहरू सरकारको सूचनामा रहेको बताएका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरवारमा सोमवार सम्पादकहरूसँग अन्तरक्रिया गर्दै उनले यस्तो बताएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले धर्मका विषयमा संविधानमा लेखिएभन्दा यता–उता नहुने स्पष्ट पारे । यसैगरी प्रचण्डले वर्तमान सरकारमा सम्मिलित राजनीतिक दलहरूको सत्ता गठबन्धन नटुट्ने दाबी गरे । 

यसैगरी प्रचण्डले सामाजिक सञ्जाल टिकटक बन्द गर्न सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धेरै जोड गरेको बताएका छन् ।

दुई महिना रोके पनि धेरै दबाब आएपछि टिकटक बन्दको निर्णयमा पुगेको उनले बताए ।
००००
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद–बिक्री नेपालको विद्यमान कानून र प्रक्रियाअनुसार भए–नभएकोबारे अध्ययन गरी निक्र्योल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
००००
सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ । आइतवार सात दशमलव २९ अङ्कले घटेको नेप्से परिसूचक सोमबार तीन दशमलव ४२ अङ्कले घटेको छ । सोमवारको कारोबारपछि नेप्से परिसूचक एक हजार आठ सय ४७ दशमलव ८१ अङ्कमा कायम भएको छ ।
००००
नेकपा एकीकृत समाजवादीको महाधिवेशन सार्न सो पार्टीका नेताहरू सहमत भएका छन् । सोमवार केन्द्रीय कार्यालय, काठमाडौंमा शुरू भएको ६९ औँ सचिवालय बैठकमा नेताहरू महाधिवेशन सार्न सहमत भएका हुन् ।
००००
सरकारले रुसी सेनामा कार्यरत हुँदा ६ जना नेपाली मारिएको विवरण सार्वजनिक गरेको छ । सोमवार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्यरत रहँदा ६ जनाको निधन भएको जानकारी आफूलाई प्राप्त भएको जनाएको हो । 
रुसमा ज्यान गुमाउनेमा गोरखका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा १ का रुपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जा पुतलीबजार ५ का पितम कार्की, दोखला मैलुङ ६ का राजकुमार रोका र इलाम ५ का गंगाराम मोक्तान रहेको परराष्ट्रले जनाएको छ ।
००००
नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला एक लाख २० हजार आठ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज आठ सयले बढेर प्रतितोला एक लाख २१ हजार छ सय पुगेको हो ।
००००
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई नियुक्ति दिएर राज्य कोषबाट तलब– भत्ता खुवाएको पाइएको हो । 

विवरणअनुसार सल्लाहकार, स्वकीय सचिवालय र निजी सचिवालयमा गरि ४० जनालाई नियुक्ति दिइएको छ । सल्लाहकार सचिवालयमा ५ जना, स्वकीय सचिवालयमा ३१ जना र निजी सचिवालयमा ४ जनालाई नियुक्ति दिइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x