×

NMB BANK
NIC ASIA

रुसी सेनामा मृत्यु भएका नेपाली युवकको परिवारको पीडा

फोन कुर्दाकुर्दै युक्रेन युद्धमा छोरो मारिएको खबर आयो– बुवाआमालाई सुनाउने कसले ?

बुटवल | मंसिर १९, २०८०

NTC
Sarbottam
रूपकको तस्वीर र पृष्ठभूमिमा घर
Premier Steels
Marvel

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर– १ मन्द्रेलीटोलका रूपक कार्की ‘अध्ययन र रोजगारी गरेर फर्किएपछि परिवारमा सुखका दिन आउँछन्’ भन्दै रुस गएका थिए । 

Muktinath Bank

एक्लो छोरोको यस्तो आश्वासनले ५५ वर्ष कटेका बुवा मानबहादुर र आमा लक्ष्मीमा पनि सुखद् भविष्यको आशा पलायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबैसँग घुलमिल हुने र सरल मिजासका २४ वर्षीय रूपकलाई रुस पठाउन बुवाआमाले ११ लाख रुपैयाँ ऋणको जोहो गरे । वि.सं. २०७९ असार पहिलो साता रूपक परिवारबाट बिदा भएर रुसतर्फ उडे ।


Advertisment
Nabil box
Kumari

रुस पुगेका रूपक ६ महिनाअघि रुसी सेनामा भर्ती भएको खबर आयो ।

Vianet communication
Laxmi Bank

रूपकले आफू रुसी सेनामा भर्ती भएको सूचना दिएपछि बुवाआमाको मन अमिलो भयो किनभने रुस र युक्रेनको युद्ध भइरहेको उनीहरूले पहिल्यै सुनेका थिए ।

रूपकले गत असारमा घरमा फोन गरेर अब युद्ध भइरहेको क्षेत्रमा जाँदैछु, ६ महिना फोन गर्न पाइँदैन, नआत्तिनुहोला भनेका रहेछन् ।

छोराले दिएको ६ महिनाको समयसीमा कुर्न बुवाआमाहरूलाई निकै गाह्रो भयो । फोन वा कुनै खालको सम्पर्क थिएन । परिवारका सदस्यहरू आत्तिन थालेपछि रूपकका आफन्त (फुपूका छोरा) करण रायमाझीले एक महिनाअघि खोजीका लागि भन्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिए ।

हिजो (सोमवार) सरकारले रुस–युक्रेन युद्धका क्रममा रूपकको मृत्यु भएको भन्दै नाम सार्वजनिक गरेपछि परिवारका सदस्यहरू छाँगाबाट खसेजस्तै भएका छन् । 

घटनाबारे सुनेका आफन्तहरू कसैले यो कुरा रूपकका बुवाआमालाई भन्ने हिम्मत गरेका छैनन् । वडाध्यक्ष सञ्जुकुमार सारु मगरले रूपकको मृत्यु भएको भनेर वडामा इमेल आएपछि आफन्तलाई जानकारी दिइएको बताए ।

यो खबरले अहिले गाउँभर सन्नाटा छाएको छ । वडाबाट शुरूमा यो खबर सुनेकी फुपू महिन्द्रकुमारी रायमाझी शोकसँगै अन्योलमा समेत छिन् ।

‘भदोको मुत्यु भएको खबर माइतीलाई कसरी सुनाऊँ, दाजुभाइ यसै विक्षिप्त छन्,’ महिन्द्रकुमारीले रुँदै लोकान्तरसँग भनिन्, ‘पढ्न भनेर रुस गएको मान्छे कसरी सेनामा पुग्यो होला ?’

रूपककी दिदी सरलाको चार वर्षअघि नै विवाह भइसकेको छ ।

‘आफ्नो बाँच्ने सहारा छोरो फर्केला र बुढेसकालमा सुख पाइएला भन्ने आशमा बसेका बुवाआमालाई मृत्युको खबर सुनाउनुजत्तिको पीडादायी कुरा के होला ?’ रूपकका फुपाजु नेत्र रायमाझीले भने । 

रूपक रुस जाँदा १० लाखभन्दा बढी खर्च नै भएको थियो । वडाध्यक्ष मगरले सरकारले रूपकको शव ल्याउन पहल गर्नुपर्ने बताए । 

नेत्रका अनुसार रूपकसँगै अन्य चारजना पनि सँगै रुस गएका थिए । दुईजना वाणगंगाकै र एकजना अर्घाखाँचीका हुन् । घाइते भएका उनीहरूलाई रुसी सेनाले उपचारपछि फेरि युद्धग्रस्त क्षेत्रमा पठाएको छ ।

रुसी सरकारले अहिले त्यहाँ पढ्न र अन्य रोजगारीको सिलसिलामा पुगेकाहरूलाई १ वर्ष सेनाको तालिम दिएर युद्धमा काम गरेपछि रुसको नागरिक बनाउने बताएको छ । यही प्रलोभनमा परी नेपाली युवाहरू रुसी सेनामा भर्ती भइरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x