×

NMB BANK
NIC ASIA

पद रिक्त भएको चार महिनापछि कोशीमा सभामुख चयन गर्ने तयारी, पुसमा निर्वाचन गर्ने सहमति

विराटनगर | मंसिर २०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

कोशी प्रदेशसभाको सभामुखको निर्वाचन पुसमा गर्ने सहमति भएको छ । सभामुखको चुनावी प्रक्रिया पुस पहिलो सातादेखि शुरू गर्ने सहमति प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूले गरेका हुन् । 

Muktinath Bank

प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकमा सभामुखको निर्वाचनबारे छलफल भएको थियो । छलफलमा पुस पहिलो साताभित्रमा चुनावी प्रक्रिया थाल्ने सहमति भएको उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दलहरूसँग छलफल गरेर चाडै प्रक्रिया थाल्न उपसभामुख सिर्जना दनुवारलाई बैठकमा सहभागी सांसदहरूले आग्रह गरेका थिए । ‘बैठकमा मैले नै रिक्त रहेको सभामुखको पदमा अब के गर्ने भनेर चासो दिएर कुरा उठाएको थिएँ,’ उनले भनिन् ‘बैठकमा सहभागी दलका प्रतिनिधि तथा नेताहरूले संसदीय दलका नेताहरूसँग छलफल गरेर अगाडि बढ्न मलाई सुझाव दिनुभएकोले अब त्यहीअनुसार प्रक्रिया अगाडि बढ्नेछ ।’ सबै दलका नेताहरू काठमाडौंमा रहेकोले उनीहरू आएपछि छलफल गरेर अगाडि बढ्ने उनले जानकारी दिइन् ।


Advertisment
Nabil box
Kumari

कोशी प्रदेशसभा गएको साउन १६ देखि सभामुखविहीन छ । सभामुख नहुँदा उपसभामुख दनुवारले सभा चलाइरहेकी छन् । २०७९ पुस २८ गते सभामुखमा निर्विरोध निर्वाचित भएका बाबुराम गौतमले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीका लागि बहुमत पुर्‍याइदिन राजीनामा दिएका थिए । गौतमले राजीनामा  दिएको ४ महिनापछि प्रदेशसभामा सभामुख चयनको विषयमा औपचारिक छलफल शुरू भएको हो । 

Vianet communication
Laxmi Bank

प्रदेशसभाको बैठकमा भने सांसदहरूले सभामुख चयनको प्रक्रिया अगाडि बढाउन माग गर्दै आएका छन् । मंगलबारको प्रदेशसभा बैठकमा पनि नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले सभामुख चयनमा ढिलाइ गर्नु गलत भएको भन्दै तत्काल चयनको प्रक्रिया थाल्न माग गरेका थिए ।

प्रदेशसभामा बहुमत सुरक्षित राख्न सत्ता गठबन्धनले सभामुख पद राप्रपालाई दिन चाहेको छ । त्यसबारे केन्द्रमा नै करिब सहमति भइसकेको नेताहरूले बताएका छन् । राप्रपाले सभामुख पाए लिने मनसाय व्यक्त गरेको छ । यद्यपि त्यसबारे औपचारिक सहमति भइसकेको छैन ।

केन्द्रीय सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्नुअघि सभामुख पदको विषयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग गठबन्धनका शीर्ष नेताहरूले छलफल गरेको स्रोतले बताएको थियो । 

छलफलमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच कोशी प्रदेशको सभामुख राप्रपालाई दिने विषयमा सहमति भएको चर्चा रहेको छ ।  

सभामुख प्रतिपक्षीलाई दिनेगरी सत्ता गठबन्धनभित्र छलफल भइरहेको नेपाली कांग्रेसका सांसद भूपेन्द्र राईले बताए । ‘सत्ता गठबन्धनसँग राख्नुपर्छ भनेर हामीले भनेका छैनौ,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी र प्रतिपक्षीसँग पनि थप छलफल गर्छौं र निष्कर्षमा पुग्छौं ।’ 

संविधानको धारा १८२ मा प्रदेशसभाको सभामुख र उप–सभामुखको चयन प्रक्रिया उल्लेख छ । उपधारा (३) मा सभामुख वा उप–सभामुखको पद रिक्त भएमा प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचन गरी पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । 

संविधानमा भएको व्यवस्था अनुरूप कोशी प्रदेशमा अहिले एमालेले सभामुख लिन पाउँदैन । तर, एमाले उप–सभामुखलाई राजीनामा गराएर भए पनि सभामुख लिने प्रयासमा छ । 

सभामुख एमालेले पाउँदा उपसभामुख राप्रपालाई दिने एमालेको प्रस्ताव छ । संसदमा ठूलो दल भएको हैसियतले सभामुखमा आफ्नो पहिलो दाबी रहेको एमालेका प्रमुख सचेतक रेवतिरवण भण्डारीले बताए ।  ‘सभामुखमा हाम्रो दाबी हुनु स्वाभाविक हो’ उनले भने, ‘प्रतिपक्षीलाई पनि बाहिर राख्न पाइँदैन, त्यसैले प्रमुख प्रतिपक्षी र प्रतिपक्षीलाई मिलाएर लैजानुपर्छ ।’ 

उपसभामुख दनुवारले भने आफूले सभामुखमा दाबी नगर्ने बताएकी छन् । ‘मैले पहिला दाबी गरेकी थिएँ’ उनले भनिन् ‘तर, अहिले परिस्थिति फेरिएका कारण मेरो दाबी छैन । नहुने कुरामा दाबी गरेर जिद्दी गर्ने कुरा पनि भएन ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x