×

NMB BANK
NIC ASIA

अर्थतन्त्रलाई गति दिन भ्रष्टाचार र कुशासनको अन्त्य गर्नुपर्छ– टीआई नेपाल

काठमाडाैं | मंसिर २२, २०८०

NTC
Premier Steels

मुलुकमा सुशासन प्रवर्द्धनका लागि आवश्यक काम गर्न ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टीआई नेपाल)ले ध्यानाकर्षण गराएको छ ।

Muktinath Bank

 भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा टीआई नेपालले शुक्रवार जारी गरेको वक्तव्यमा अवैध सम्पत्तिको चलखेल, दण्डहीनता र कुशासनले देशलाई जर्जर बनाउँदै लगी असफल राष्ट्र बनाउन सक्नेतर्फ स्पष्ट शब्दमा संसद, सरकार र मुलुकका सबै राजनीतिक दलको बारम्बार ध्यानाकर्षण गराउँदै आएको उल्लेख छ । 
मुलुकको जिम्मेवारी लिएर बसेका कुनै पनि पक्षले यिनका विरुद्ध प्रभावकारी एवं परिणाममुखी कार्य गर्न तत्परता नदेखाएकोमा विषयको गम्भीरता आत्मसात् गर्न नसकेको वा नचाहेको महसुस हुन थालेको टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘देशलाई खोक्रो बनाउँदै लगेका विकृति निर्मूल गर्न निर्णायक कदम नचालिएसम्म जतिसुकै चर्का नारा, ठूला भाषण र छिनमै सेलाउने मौसमी तत्परताको कुनै अर्थ नरहने सर्वविदितै छ । दण्डित हुनुपर्ने र दण्ड दिने जिम्मेवारी वहन गर्नेबीचको सीमारेखा धमिलिँदै गएर अनुहार नछुट्टिने हुन पुग्नु असफल राष्ट्रको टड्कारो पूर्वसङ्केत हो भन्ने तथ्यलाई समेत उपेक्षा गर्न सकिँदैन,’ उनले भनेकी छिन् ।


Advertisment
Nabil box
Kumari

अवैध तरिकाले आर्जित धनलाई स्वतः वैध तुल्याउने बाटो खोल्ने, व्यक्ति र समूहविशेषको निहित स्वार्थ–पोषणप्रति अभिलक्षित निर्णयलाई नीतिगत निर्णयको नाम दिएर छानबिनको दायराभन्दा बाहिर राख्ने, ठूला भ्रष्टाचारका मुद्दामा कारवाही नै नचल्ने र चले पनि तिनमा संलग्न उच्चपदस्थले उन्मुक्ति पाउने, राष्ट्रिय ढुकुटीको रकम अनुत्पादक कार्यमा खर्च गर्ने असङ्ख्य गल्छेडा खोल्दै जाने, पर्याप्त आम्दानीको कुनै दृश्य स्रोत नभएका सार्वजनिक व्यक्तिको विलासितापूर्ण जीवन र अकूत सम्पत्तिको कहिल्यै छानबिन नहुने, अदालतले जघन्य फौजदारी अपराधमा दोषी ठहर्याएका व्यक्तिको सजाय मिनाहा गर्ने जस्ता मुलुकको कानून, न्याय प्रणाली र लोकलाज समेतलाई उपेक्षा गर्ने कृत्यको अन्तहीन श्रृङ्खला तत्काल बन्द गर्न टिआई नेपालले संसद्, सरकार र सबै राजनीतिक दलको पुनः गम्भीर ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

Vianet communication

निरन्तर खस्कँदो अर्थतन्त्रलाई गति दिनसमेत भ्रष्टाचार र कुशासनको अन्त्य गरी मुलुकलाई सदाचार एवं सुशासनको बाटोमा अघि बढाउनु जरुरी रहेको प्रधानाङ्गले बताएकी छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x