×

NMB BANK
NIC ASIA

धमाधम फिल्म घोषणा

नेपाली फिल्म: घोषणा धमाधम, सुटिङ कहिले ?

काठमाडाैं | मंसिर २३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो समय हलमा नेपाली चलचित्रको खडेरी देखिए पनि घोषणा भने धमाधम भइरहेका छन् । अहिले घोषणा गरिएका चलचित्रमध्ये कुनै लगत्तै छायांकनमा जाने तयारीमा छन् । कुनै भने एक वर्षपछि छायांकन गर्ने योजनाका साथ अहिले घोषणा गरिएको छ । 

Muktinath Bank

भदौंमा प्रदर्शनमा आएको ‘नाङ्गो गाउँ’ हलमा चलिरहेकै समयमा निर्माण पक्षले ‘नाङ्गो गाउँ २’ निर्माणको घोषणा गरेको थियो । चलचित्रले राम्रो व्यापार गरेपछि यसका निर्माता हिमाल कड्रिया र निर्देशक दीपेन्द्र लामाले दोस्रो श्रृङ्खला निर्माणको घोषणा गरेका थिए । लामाकै लेखन एवं निर्देशनमा निर्माण हुने चलचित्रको कथा ‘नाङ्गो गाउँ’ जहाँबाट सकिएको थियो, त्यहीबाट सुरु हुने जनाइएको छ । जसअनुसार चलचित्रमा ‘नाङ्गो गाउँ’कै मुख्य कलाकार अभिनेता दयाहाङ राई र शिशिर वाङ्देलको शीर्ष भूमिका रहने बुझन् सकिन्छ । चलचित्रको घोषणा अहिले गरिए पनि छायांकन भने अर्को वर्ष मात्र हुने लेखक एवं निर्देशक लामाले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसपछि ‘नाङ्गो गाउँ’का निर्माता एवं निर्देशकले अर्को एक चलचित्र पनि घोषणा गरिसकेका छन् । दीपेन्द्र लामाको लेखन एवं निर्देशन, हिमाल कड्रियाको निर्माण रहने उक्त चलचित्रको नाम ‘दुखी आत्मा’ राखिएको छ । 


Advertisment
Nabil box
Kumari

चलचित्रको शीर्ष भूमिकामा अभिनेता दयाहाङ राई अनुबन्धित भइसकेका छन् । अहिले पटकथा लेखन कार्य अन्तिम चरणमा पुगेको बताउँदै लेखक एवं निर्देशक लामाले चलचित्रको छायाँकन कहिले सुरु हुन्छ भन्ने तय नभएको बताए । 

Vianet communication
Laxmi Bank

‘प्रेम गीत’ फ्रेम्ड निर्माता सन्तोष सेनले चलचित्र ‘बलिदान’ निर्माणको घोषणा गरेर पोष्टर र टिजरसमेत सार्वजनिक गरिसकेका छन् । सन्तोष स्वयंमको निर्देशन रहने चलचित्रले अर्को दशैंलाई प्रदर्शन गर्ने मितिसमेत घोषणा भइसकेको छ । 

महंगो बजेटमा निर्माण हुन लागेको भनिएको चलचित्रमा अभिनेता अर्पण थापा र सौगात मल्ल अनुबन्धित भइसकेका छन् । पवन विष्ट निर्माता रहने चलचित्रको कार्यकारी निर्मातामा चक्रबहादुर चन्द र प्रेम पुरी रहनेछन् । तिहारपछि छायांकन सुरु हुने भनिए पनि चलचित्रको छायांकन मंसिरको तेस्रो सातासम्म सुरु भएको छैन । छायांकन सुरु हुन अझै एक महिनाभन्दा बढी समय लाग्ने निर्देशक सेनले लोकान्तरलाई जानकारी दिए । 

null

यसवर्ष कात्तिकको ४ गतेबाट प्रदर्शनमा आएको ‘पशुपति प्रसाद २ः भस्मे डन’ चलिरहेकै समयमा यसको तेस्रो श्रृङखला ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरिएको थियो । दोस्रो श्रृङखलाले राम्रो कमाइ गरेपछि तेस्रो श्रृङखलाको घोषणा गरिएको थियो । खगेन्द्र लामिछानेको कथा रहने तेस्रो श्रृङखलालाई दीपेन्द्र के. खनालले नै निर्देशन गर्नेछन् । निर्माताका रूपमा रोजिना सिटौला रहनेछिन् । मुख्य भूमिकामा खगेन्द्र लामिछाने, वर्षा शिवाकोटी, विपीन कार्कीलगायत कलाकार रहनेछन् । ‘पशुपति प्रसाद’ र ‘पशुपति प्रसाद २ : भस्मे डन’का अपूरा र छाडिएका पात्रहरूको कथा तेस्रो श्रृङ्खलामा समावेश गरिने जनाइएको छ । चलचित्रको छायांकन कहिलेबाट सुरु हुने निर्माण टिमले तय गरिसकेको छैन । यता, दीपेन्द्र के. खनालले ‘मेयर’ नामक चलचित्र बनाउने घोषणासमेत गरिसकेका छन् ।

निर्देशक दीनेश राउतले चलचित्र ‘पूजार सार्की’ निर्माणको घोषणा गरेका छन् । विकास सुवेदीको लेखन, सुभाष भुसाल निर्माता रहने चलचित्रमा अभिनेताद्धय आर्यन सिग्देल र प्रदीप खड्का अनुबन्धित भइसकेका छन् । दुई चलेका अभिनेताहरूको सहकार्य लिएर चलचित्र वृत्तमा चासोका रूपमा हेरिएको छ । चलचित्रको छायांकन माघको पहिलो साताबाट सुरु गरिने निर्देशक राउतले जानकारी दिए । राउत यतिबेला अन्य चलचित्रको समेत तयारीमा छन् ।  

null

निर्देशक परिच्छेद सेनले ‘महाराजधिराज’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । २०८१ सालको तिहारलाई रिलिज मिति तय गर्दै निर्माण घोषणा गरिएको चलचित्रको छायांकन भने सुरु भएको छैन । 

‘लाखे’ चलचित्रका निर्देशक सम्राट बस्नेतले सस्पेन्स, थ्रिलर र कमेडी जनरामा ‘कंगारु’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । राजीव गुरुङ (दीपक मनाङे)को प्रस्तुतिमा बन्ने चलचित्रमा केही दिनअघि मात्रै अभिनेता केदार घिमिरेलाई अनुबन्धित गरिएको छ । यो चलचित्रको छायांकन फागुनबाट सुरु हुने जनाइएको छ । 

null

सुरेन्द्र पौडेलको निर्देशनमा चलचित्र ‘वरिष्ठ बलराम’ निर्माणको घोषणा गत कात्तिक पहिलो साता भएको थियो । दयाहाङ राई, खगेन्द्र लामिछाने, दिव्या रायमाझीको शीर्ष भूमिका रहने चलचित्रको छायांकन मंसिर १५ बाट सुरु हुने भनिए पनि सुरु भइसकेको छैन । यो चलचित्रको छायांकन सुरु हुन केही समय लाग्ने बुझिएको छ । 

एक्सन स्टार बिराज भट्टले आफ्नै निर्माण तथा निर्देशनमा ‘१२ गाउँ’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । अघिल्लो साता चलचित्रको टाइटल लोगो सार्वजनिक गर्दै उनले विराट भट्ट प्रोडक्सनको ब्यानरमा चलचित्र बन्न लागेको जानकारी दिएका थिए । चलचित्र एक्सन–थ्रिलर जनरामा निर्माण हुने उनले बताएका छन् । कलाकार को को हुने र छायांकन कहिलेदेखि सुरु हुने उनले केही खुलाएका छैनन् । 

यस्तै, दयाहाङ राई र रिश्मा गुरुङलाई लिएर चलचित्र ‘रिमै’ निर्माणको घोषणा केही दिनअघि मात्रै गरिएको थियो । सोसल–रोमान्टिक जनरामा निर्माण हुन लागेको चलचित्रलाई ‘मन्त्र’ फेम्ड निर्देशक खिलबहादुर गुरुङले निर्देशन गर्दैछन् । उपेन्द्र सुब्बाको पटकथा लेखन रहने चलचित्रको छायाँकन चैतबाट सुरु हुने निर्देशक गुरुङले जानकारी दिए । चलचित्रको प्रदर्शन मितिसमेत घोषणा भइसकेको छ । आगामी वर्ष तीजको अवसर पारेर भदौं २१ गतेबाट चलचित्र प्रदर्शनमा आउने जनाइएको छ । 

अभिनेता प्रदीप खड्काको पहिलो हिन्दी चलचित्र ‘ऐरी’ निर्माणको घोषणा पनि केही दिनअघि मात्रै भएको थियो । ‘बुलबुल’ फ्रेम्ड निर्देशक विनोद पौडेलले ‘भूठान’ नामक चलचित्र बनाउँदैछन् । हरिवंश आचार्य, विपिन कार्की लगायतको अभिनय रहने चलचित्रको नाम र टिजर पोष्टर केही दिनअघि मात्रै सार्वजनिक गरिएको थियो । अमेरिकामा खिचिने चलचित्रको सन २०२४ को अन्त्यसम्म सुटिङ सक्ने र सन २०२५ मा प्रदर्शन गर्ने निर्माण पक्षको योजना छ ।

गत बिहीबार मात्रै चलचित्र ‘११ः ५५’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा एक कार्यक्रमकाबीच घोषणा गरिएको चलचित्रमा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, महेश खनाल, करिश्मा श्रेष्ठ लगायतको अभिनय रहनेछ । क्राइम–थ्रिलर जनरामा बन्ने भनिएको चलचित्रलाई केशव पाण्डेले निर्देशन गर्दैछन् । चलचित्रको छायांकन आउँदो शनिबारबाट सुरु हुने जनाइएको छ । 

null

निर्माता एवं निर्देशक दीपकराज गिरी पनि नयाँ चलचित्रको तयारीमा छन् । चलचित्रको नाम सार्वजनिक नगरे पनि उनले आफ्नो चलचित्र आगामी वर्षको दशैंमा प्रदर्शनमा आउने घोषणा गरिसकेका छन् । यीबाहेक अन्य केही चलचित्र समेत पछिल्लो समय घोषणा भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x