×

NIC ASIA

सरसर्ती २४ घण्टा

लोसपामा खटपटदेखि शेखर कोइराला समूहको बैठक आह्वानसम्म

काठमाडाैं | मंसिर २५, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीको केन्द्रीय समिति बैठक बहिष्कार गरेका छन् ।
आइतवार लोसपा केन्द्रीय समितिको बैठक बसेको छ । मधेशवादका लागि लड्दै आएका योद्धासहित नेता तथा कार्यकर्तालाई केन्द्रीय समितिमा समावेश नगरेको हुनाले पार्टीको केन्द्रीय समिति बैठक बहिष्कार गरेको महतोले बताएका छन् । यससँगै लोसपामा विभाजनको बिउ रोपिएको छ । यसैबीच महतोको बहिस्कारका बीच बसेको बैठक एक दिनमै ९ प्रस्ताव पारित गर्दै सकिएको छ । 
००००
सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशमाथि आउँदो मङ्सिर २९ गते संसदीय सुनुवाइ हुने भएको छ । आइतबार बसेको संसदीय सुनुवाइ समितिमा १० जना उजुरीकर्तासँग समितिले छलफल गरेको छ ।
००००
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा गोविन्दराज पोखरेलले जानकारी दिए ।
००००
काठमाडौँ महानगरपालिकाले स्रोत शिक्षक पदपूर्तिका लागि अन्तिम नतिजा प्रकाशन गरेको छ । स्रोत शिक्षक छनोट समितिको आइतबार बसेको बैठकले मंसिर २३ गते सञ्चालन भएको विषयगत लिखित तथा प्रयोगात्मक परीक्षा र अन्तरवार्ताको प्राप्ताङ्कका आधारमा योग्यता क्रम निर्धारण भएका उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
००००
नेपाल प्रहरीले गत बिहीबार नागढुङ्गाबाट बरामद भएको दुई किलोग्राम सुन प्रकरणमा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद सुन ओसारपसारमा संलग्न रहेको आरोपमा काठमाडौँको सोह्रखुट्टे बस्दै आएका २७ वर्षीय चिनियाँ नागरिक चेन झिउइलाई आज पक्राउ गरेको हो ।
००००
पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका—२५ हेमजा निवासी २३ वर्षीया अनिशा खड्का  र पोखरा—५ बस्ने २४ वर्षीया भावना बराल छन् ।
००००
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन् । शनिवार बिहानदेखि ज्वरो आएपछि उनलाई आइतबार अस्पताल भर्ना गरिएको हो ।
००००
एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ । दुबईमा जारी उक्त प्रतियोगिता अन्तर्गत आजको खेलमा २६२ रनको लक्ष्य पाएको नेपाल ४०.१ ओभरमा १८८ रनमा अल आउट भएको हो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् ।
गजुरेलले मंसिर २० गते  नै राजीनामा दिएका हुन् । यद्यपि उनको राजीनामा भने स्वीकृत भइसकेको छैन । उनले राजीनामाको कारण खुलाएका छैनन् । यसैबीच प्रधानमन्त्रीको सचिवालयमाथि सांसद अमरेश कुमार सिंहले आर्थिक चलखेलको आरोप लगाएका छन् । यसको सचिवालयले भने खण्डन गरेको छ । 
००००
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको सरुवासम्बन्धी मापदण्ड बनाएको छ । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले बनाएको मापदण्ड आइतवार मन्त्री अनिता देवी साहको टेबलमा पुगेको छ ।

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख सुमन दाहालले उक्त मापदण्ड स्वीकृतिका लागि मन्त्रीको टेबलमा पुगेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दाहालका अनुसार स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा निजामती सेवा ऐनको आधारमा नभएर स्थानीय सरकार सञ्चालन ऐनको आधारमा हुनुपर्ने प्रावधान राखिएको छ ।
००००
रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित र पूर्ण रूपमा सञ्चालन गर्दै ‘एयरपोर्ट’मा आइतवारदेखि निजी क्षेत्रले धर्ना शुरू गरेका छन् ।


Advertisment
Rupse Holidays
Nabil box

पटक–पटक सरकारको ध्यानाकर्षण गराए पनि त्यसको कुनै सुनुवाइ नभएपछि रूपन्देहीको निजी क्षेत्र चरणबद्ध आन्दोलनमा उत्रेका हुन् । धर्नामा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेय पनि सहभागी छन् ।
००००
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा उल्लेखनीय सुधार भएकोले उनलाई आइतवार डिस्चार्ज गरिएको हो ।
००००
काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानका क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ ।
तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज आइतवार बिहान ९ः३१ मा काठमाडौंबाट १ हजार १२६ केजी सामान लिएर उडेको थियो ।
००००
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा कानुन व्यवसायीको तर्फबाट स्थगित गरिएको छ । चितवनमा नेपाल बार एसोसिएसनको गोष्ठीका कारण अधिवक्ता उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गरिएको हो ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x