×

NMB BANK
NIC ASIA

एमालेको अभियान

माझ किरातमा छैन ओलीको सभा, टपरीमा मासुभात खाने र भेटघाट मात्रै गर्ने

विराटनगर | मंसिर २७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिमको झुलाघाटबाट मंसिर १४ गते शुरू भएको एमालेको मध्यपहाडी संकल्प यात्रा आज खोटाङको दिक्तेलबाट भोजपुर प्रवेश गर्दै छ । एमाले अध्यक्ष केपी शर्मा ओली सहितको टोली बुधवार बिहान खोटाङको दिक्तेलबाट भोजपुर प्रस्थान गर्ने कार्यक्रम छ । ओली सहितका नेताहरूले भोजपुरको टेम्केमयुङ गाउँपालिकामा खाना खानेछन् । 

Muktinath Bank

संकल्प यात्रामा सहभागी नेता तथा कार्यकर्तालाई दुना टपरीमा दालभात तरकारी र मासु खुवाउने कार्यक्रम रहेको एमाले भोजपुरका उपाध्यक्ष मकर खड्काले जानकारी दिए । खड्काका अनुसार राँगा र खसीको मासु नेताहरूलाई खुवाइने छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आज सभा भने नरहेको एमाले भोजपुरले जनाएको छ । बिहान टेम्केमयुङमा कायकर्ताहरूसँग भेटघाट गर्ने र दिउँसो भोजपुर बजारमा जनभेटघाट र टक्सार बजारको अनुगमन तथा उद्योगी व्यापारीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको उनले बताए । 


Advertisment
Nabil box
Kumari

संकल्प यात्रा शुरू गर्दा कोशीका पहिचानवादीहरूप्रति कडा अभिव्यक्ति दिएका ओली सोमबारसम्म पहिचान पक्षधरप्रति आक्रामक देखिएका थिए । माझ किरातमा प्रवेश गरेपछि भने उनी एकाएक नरम बनेका छन् । मंगलबार माझ किरात प्रवेश गरेसँगै उनको स्वर पहिचानवादीप्रति नरम बनेको हो । 

Vianet communication
Laxmi Bank

ओखलढुङ्गाको हर्कपुरमा आयोजित सभालाई उनले सम्बोधन गरेका थिए । सम्बोधनमा उनी नरम देखिएका थिए । त्यहाँ उनले पहिचानवादीहरूलाई गाली गरेनन् । 

पहिचानवादीहरूलाई आतंककारीसम्म भन्न भ्याएका ओलीले हर्कपुरको सम्बोधनमा दाजुभाइ भनी सम्बोधन गरेका थिए । उनले पहिचानवादीको नाममा भइरहेको आन्दोलनमा सहभागीहरू भावनामा बगिरहेको भन्दै वैधानिक र शान्तिपूर्ण रूपमा चल्नु पर्ने बताए । 

पहिचानवादीहरू प्रदेशको नाम कोशी राखेपछि निरन्तर आन्दोलनमा छन् । उनीहरूले प्रदेशको नाम परिवर्तन गर्नुपर्ने माग गर्दै दबाबमूलक अभियान चलाइरहेका छन् । 

त्यसप्रति नेकपा एमाले कठोर बनेपछि उनीहरूले नेकपा एमालेको मध्यपहाडी समृद्धि यात्रालाई अवरोध गर्ने घोषणा गरेका छन् । 

आन्दोलनकारीहरूले एमाले अध्यक्ष ओली, सचिव योगेश भट्टराई र महेश बस्नेतलाई पहिचान पक्षधर शक्तिविरुद्ध अभिव्यक्ति दिएको र ८२ जना सांसदले कोशी नामको पक्षमा मतदान गरेको भन्दै उनीहरुविरुद्ध आन्दोलन केन्द्रित गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x