×

NMB BANK
NIC ASIA

कोशी प्रहरी अस्पताल किचलो : मध्यराति सुनसरी सारिएपछि फेरि बेलबारी ल्याउन पहल

विराटनगर | मंसिर २७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

स्थापना भएको वर्ष दिन पनि बित्न नपाउँदै प्रदेश स्तरीय अस्पताल अन्यत्र सारेपछि नगरबासीहरू जनप्रतिनिधिसँग रुष्ट बनेका छन् ।

Muktinath Bank

मोरङको बेलबारीमा प्रहरीले सञ्चालन गरेको प्रदेश स्तरीय अस्पताल मंसिर २६ गते मध्यरातमा सुनसरीको सदरमुकाम इनरुवा सारिएको थियो । नगरबासीले खबरदारी गरेपछि स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सांसदहरू अस्पताल फिर्ता ल्याउने प्रयासमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्पताल मंसिर २६ गते मध्यराति अपहरण शैलीमा सुनसरी जिल्ला समन्वय समितिमा सारिएको भन्दै जनप्रतिनिधिहरूले प्रदेश सरकारसँग फिर्ताका लागि हारगुहार गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

पूर्व सञ्चारमन्त्री समेत रहेका सुनसरी क्षेत्र नम्बर ४ का सांसद ज्ञानेन्द्र कार्कीले आफ्नो बलमा उक्त क्षेत्रमा अस्पताल लगेको स्रोतको दाबी छ ।

Vianet communication
Laxmi Bank

जिल्ला समन्वय समितिको इनरुवाको भवनमा अस्पताल सारिएको छ ।

बेलबारीमा भने इलाका प्रहरी कार्यालयको पुरानो भवनमा अस्पताल सञ्चालन गरिएको थियो ।

इलाका प्रहरी नयाँ भवनमा सरेपछि २०७९ फागुन ११ गते तत्कालीन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अस्पतालको उद्घाटन गरेका थिए ।

ठाउँ साँघुरो भएको भन्दै प्रहरीले स्थानीयतहलाई समेत जानकारी नदिई मध्यरातमा अस्पताल इनरुवामा लगेको थियो । ‘हामीले बेलबारी ४ मा बन्दै गरेको १५ शय्याको अस्पतालकै भवन दिन्छौं भनेर भनेका थियौं’, उपमेयर नितु थापा कोइरालाले भनिन्, तर हामीलाई कुनै पनि जानकारी नगराई मध्यरातमा अस्पताल उठाइएछ ।’ 

अस्पताल रोक्न नसकेको भनेर चर्को विरोध भएपछि जनप्रतिनिधिहरूले बुधवार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

मंगलवार मुख्यमन्त्री केदार कार्कीलाई भेटेर जनप्रतिनिधिहरूले साविककै स्थानमा अस्पताल पुनः स्थापित गराउन माग गरेका थिए । प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू, गीता तिम्सिना, उपमेयर नितु थापा कोइराला र स्थानीय राजनीतिकर्मीहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै स्थानान्तरण भएको अस्पताल पुन सोही ठाउँमा स्थापना गर्न माग गरेका छन् । ‘रातको समयमा सरसामान लगिएपछि हामी सबै छक्क परेका छौं, ‘प्रदेशसभा सदस्य समेत रहेका ज्ञानेन्द्र सुवेदीले भने, समस्या भएको भए हामीसँग छलफल गरेको भए हुने थियो । निकास निस्की हाल्थ्यो ।’

भेटमा मुख्यमन्त्री कार्कीले एमालेको संकल्प यात्रा सकिएपछि डीआईजीसँग बसेर छलफल गर्ने आश्वासन दिएका छन् । ‘अहिले एमालेको संकल्प यात्रामा डीआईजी  सुरक्षामै व्यस्त हुनुहुन्छ’, मुख्यमन्त्रीको भनाइ उद्धृत गर्दै प्रदेशसभा सदस्य गीता तिम्सिनाले भनिन्, ‘हामी पनि फिर्ता ल्याउन पहल गरिरहेका छौं ।’ 

नगरपालिकाले डाक्टरहरूलाई क्र्वाटरको व्यवस्थापन समेत गर्ने गरेको थियो  । 

अस्पतालमा एसी समेत नगरपालिकाले जडान गरिदिएको उपमेयर थापाले बताइन् ।

चालू आर्थिक वर्षका लागि नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

यता कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी राजेश बास्तोलाले भने अस्पतालका लागि ठाउँ अभाव भएकाले इनरुवामा सारिएको बताए । ‘हामीले प्रदेशभन्दा अन्यत्र अस्पताल लगेका छैनौं, ‘बास्तोलाले भने इनरुवामा संरचनाहरू पनि बनेका छन् ।’

मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य समेत रहेका मेडिकल व्यावसायिक डा. सुनिल शर्माले भने अस्पतालको विषयमा कुनै चासो नदिएको भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x