×

NMB BANK
NIC ASIA

बुटवल धागो कारखानाको बेहाल

सरकारी कारखानाबाट करोड बढीको सामान चोरियो, टनेलभित्रको तार समेत काटेर लगे

बुटवल | मंसिर २८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

डेढ दशकभन्दा बढी समयदेखि बन्द रहेको बुटवल धागो कारखानाका १ करोडभन्दा बढी मूल्यको सामान चोरी भएको पाइएको छ । कारखानालाई कोरोना महामारीका बेला अस्थायी अस्पतालका रूपमा उपयोग गरिएको थियो । झण्डै २२ महिना कोभिड अस्पताल सञ्चालन भएर बाहिरिँदा धागो कारखानाका करोडभन्दा बढी मूल्यका उपकरण चोरिएका हुन् ।

Muktinath Bank

धागो कारखानाका आईसीयू, भेन्टिलेटर, जनरल वार्ड बनाइएका र अन्य स्थानमा भूमिगत रूपमा जडान गरिएका फिडर वायर चोरी भएका छन् । धागो कारखानाले उक्त तामाको वायर १ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको रहेको जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिड अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमातहत सञ्चालन भएको थियो ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication
Laxmi Bank

बुटवल धागो कारखाना लिमिटेडका कार्यालय प्रमुख डोलराज शर्माले विद्युत् सबस्टेसनबाट मशिन टनेलभित्र बिच्छ्याइएका तामाका महत्त्वपूर्ण उपकरण मध्ये मोटा तारहरू काटेर चोरी भएको जानकारी दिए ।

‘बाहिरको मान्छे प्रवेश गरेर चोरी गरेको होइन,’ शर्माले लोकान्तरसँग भने, ‘अस्पतालले हामीलाई बाहिरिने बेलामा पनि कुनै औपचारिक जानकारी दिएन । हामी भित्र गएर हेर्दा त एक करोड रुपैयाँभन्दा बढीका तार काटेर लगेका रहेछन् । हाम्रा सामान चोरिएपछि हामीले इलाका प्रहरी कार्यालय, बुटवलमा व्यक्तिलाई किटानी जाहेरी समेत दिएका छौं, त्यसको अझै टुंगो लाग्न सकेको छैन ।’ 

किटानी दिएका व्यक्ति अहिले फरार छन् । २२ महिनासम्म अस्पताल हुँदा त्यहाँ कारखानाका कर्मचारी जान पाएनन् । अस्पताल निस्किएपछि हेर्दा सामान चोरी भइसकेको पाइयो ।

‘राष्ट्रलाई संकट परेका बेला किन नदिने भएर दिइयो, अहिले राज्यले प्रयोग गरेको संरचना राज्यकै अर्को कार्यालयले उपयोग गर्दा बिगारेर चोरी गर्नेसम्मका काम भए,’ कार्यालयका प्रशासन सहायक सुदर्शन यादवले भने ।

null

त्यहाँबाट अस्पताल हटाइएपछि मेडिकलजन्य उपकरण यत्रतत्र छरिएका छन् । झ्याल फोडेर ढोका बनाइएका स्थान पनि जस्ताकोतस्तै छाडिएको छ ।

कारखानामा अहिले दंगा नियन्त्रण गण बस्दै आएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन (मेसु) डा. सुदर्शन थापाले यस बारेमा आफूले बुझ्ने बताए ।

‘म त्यहाँ अन्तिमसम्म नेतृत्वमा थिइनँ,’ डा. थापाले भने, ‘अहिले म प्रादेशिक अस्पतालको नेतृत्वमा आएपछि यस बारेमा सुनेँ । त्यस्तो गलत काम कसले गरेको रहेछ, बुझ्छु ।’ 

कारखानाको पूर्वपट्टि डक्टरहरूको क्याबिन र पश्चिमट्टीबाट पसेर सामान चोरिएका छन् । कोरानाकालमा दाताले दिएका महत्त्वपूर्ण उपकरण समेत प्रयोगमा ल्याउन नसक्दा थन्किएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) दानबहादुर थापाले घटनाबारे बुझ्ने बताए । 

null

२०४८ बाट व्यावसायिक उत्पादन थालेको धागो कारखाना २०६४ फागुदेखि बन्द छ ।

२०६६ देखि सबै कर्मचारी कटौती गरी कारखानामातहत अहिले तीनजना कर्मचारी रेखदेखका लागि मात्र छन् । बेलाबेलामा निजी क्षेत्रलाई दिएर कारखाना सञ्चालन गर्ने छलफल हुँदै आए पनि उद्योग मन्त्रालयले कारखाना चलाउन पहल गर्न सकेको छैन । 

१७ वर्षअघि बन्द गरिएको कारखानाले अहिले रेखदेखको जिम्मा लिन बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई आग्रह गरेको छ । धागो कारखाना सञ्चालक समितिले असोज ११ गते औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई पत्र पठाएर कर्मचारीको तलब समेत खुवाउन नसकेको भन्दै कारखानाको सुरक्षा जिम्मेवारी लिन आग्रह गरेको थियो । 

null

अहिले कारखानाको संरचना, मशिनलगायत सामग्री बुझबुझारथका लागि भन्दै तीनजना कर्मचारी खटाइएका छन् । कारखाना सञ्चालक समितिमा उद्योग विभागका महानिर्देशक अध्यक्ष तथा अर्थ मन्त्रालय, साल्ट ट्रेडिङ कर्पोरेसन, जनकपुर चुरोट कारखाना र हिमाल सिमेन्टका प्रतिनिधि सदस्य छन् ।

यही समितिले कारखाना जिम्मा लिन लिमिटेडलाई पत्र पठाएको हो । बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख प्रकाश अधिकारीले धागो कारखानाको जिम्मा लिन नसकिने बताए ।

छुट्टै कम्पनी भएकाले त्यसको जिम्मेवारी लिने कार्यविधि नरहेको जवाफ आफूहरूले पठाइसकेको उनले जानकारी दिए । १४३ रोपनी क्षेत्रफलमा रहेको यो उद्योग परिसरमा ६ वटा ठूला भवन छन् ।

null

वर्षौंदेखि उद्योग बन्द हुँदा उद्योगका अधिकांश मशिन बिग्रिएका छन् । भवन पनि जीर्ण छन् । शर्माले कर्मचारीको तलब सुविधा र औद्योगिक क्षेत्रलाई जग्गाको भाडाबापतको खर्च धागो कारखानाले दिनुपर्ने बताए ।

जग्गाको भाडाबापत औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई १ करोडभन्दा धेरै रकम तिर्न बाँकी रहेको उनको भनाइ छ । 

सरकारले उद्योगलाई यसरी राख्नु भन्दा कि त आफैं चलाउनुपर्ने कि निजीकरणमा लैजानुपर्ने उद्योगीहरूको भनाइ छ । धागो कारखाना चलाउन निजी क्षेत्र सक्षम रहेको बुटवलका उद्योगी व्यवसायीहरू बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x