×

NMB BANK
NIC ASIA

धनकुटामा ओलीमाथि आक्रमण

ओलीमाथि आक्रमणबारे प्रहरी: आक्रमणकारीले मदिरा सेवन गरेका रहेछन्, पहिचानवादी होइनन्

विराटनगर | मंसिर २८, २०८०

NTC
Sarbottam
फाइल तस्वीर ।
Premier Steels
Marvel

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आक्रमण गर्ने महेश राईले मादक पदार्थ सेवन गरेको दाबी गरेको छ ।

Muktinath Bank

रोक्न खोज्दाखोज्दै भीडमा पसेर उनले आक्रमण गरेको प्रहरीले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राईलाई शंका लागेर सुरक्षामा खटिएका प्रहरीले फूलमाला लगाउने लाइनमा जानबाट रोक्न खोजे पनि भीडबाट छिरेर गएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले बताए ।


Advertisment
Nabil box
Kumari

महालक्ष्मी– ५ धनकुटाका राई एमाले कार्यकर्ताकै सहयोग लिएर स्वागत गर्ने लाइनमा पुगेको प्रहरीले जनाएको छ । 

Vianet communication
Laxmi Bank

‘प्रहरीले उनलाई रोक्न खोजेका थिए । तर, एमालेकै कार्यकर्ताहरूको सहयोग लिएर उनी लाइनमा छिरेका हुन्,’ डीआईजी बाँस्तोलाले भने, ‘आक्रमणकारीले मादकपदार्थ (मदिरा) पनि सेवन गरेका रहेछन् ।

आक्रमणलगत्तै एमाले कार्यकर्ताले उनलाई कुटपिट गरेका थिए । नामकरणविरुद्ध कोशी प्रदेशमा पहिचानवादीकाे आन्दोलन भइरहेको बेला ओलीमाथि आक्रमण भएको हो । यसले गर्दा आक्रमणकारी पहिचान पक्षधर भएको हुनसक्ने कतिपयको भनाइ थियो । तर प्रहरीले भने आक्रमण गर्ने राई पहिचानवादी नभएको दाबी गरेको छ ।

हुन पनि यसअघि बिहीवार बिहान भोजपुरमा पहिचान पक्षधरले ओलीलाई कालो झण्डा देखाएका थिए । भोजपुरको सदरमुकाम भोजपुर बजारबाट धनकुटा जाने क्रममा ओलीलाई पहिचानवादीहरूले कालो झण्डा देखाएका हुन् । 

मध्यपहाडी संकल्प यात्राअन्तर्गत धनकुटाको लेगुवा पुगेका एमाले अध्यक्ष ओलीमाथि बिहीवार दिउँसो आक्रमण भएको हो ।

फूलमाला र अबिरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीलाई टाउकोमा मुड्का प्रहार गरेका हुन् । तर उनले हानेको मुक्का ओलीलाई चोट पर्नेगरी भने लागेन ।

आक्रमणलगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए । यसपछि राईलाई प्रहरीले  नियन्त्रणमा लिएको थियाे । 

ओली बिहीवार भोजपुरबाट धनकुटा आएका थिए । त्यसपछि उनी जन्मजिल्ला तेह्रथुम पुगेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x