×

NMB BANK
NIC ASIA

थमन विक हत्या प्रकरण

​असई थमन विक हत्या प्रकरणमा प्रदेश सांसद शर्मासहित ७ जनालाई जन्मकैद

काठमाडाैं | मंसिर २८, २०८०

NTC
Sarbottam
अभिराम शर्मा
Premier Steels
Marvel

असई थमन विक हत्या प्रकरणमा प्रदेश सांसद अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको फैसला भएको छ ।

Muktinath Bank

जिल्ला अदालत महोत्तरीका न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलासले बिहीवार यस्तो फैसला सुनाएको हो । यद्यपि प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोसपा अध्यक्ष महन्थ ठाकुरका विश्वास पात्र समेत रहेका शर्मा महोत्तरीबाट मधेश प्रदेशसभामा निर्वाचित भएका थिए । उनी लोसपाका प्रदेश संसदीय दलका नेता समेत हुन् ।


Advertisment
Nabil box
Kumari

शर्माका अलावा जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र, लोसपाका नेता तथा जलेश्वर अस्पताल विकास समितिका पूर्व अध्यक्ष सुरेश पाण्डे, प्रदीप साह माझी, सञ्जयकुमार साह, मोहन ठाकुर र धर्मेन्द्र रायलाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालत महोत्तरीका सूचना अधिकारी महेन्द्र झाले लोकान्तरलाई जानकारी दिए ।

Vianet communication
Laxmi Bank

यसैसँग जोडिएको आगलागी मुद्दामा सातै जनाले जनही ६ महिना कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति दामासाहीले तिर्नुपर्ने फैसला भएको छ ।

एमाले सांसद कोइरी र अर्का प्रतिवादी पवन कापडले भने दुवै मुद्दामा सफाइ पाएको झाले बताए ।

सूचना अधिकारी झाका अनुसार २८ जना प्रतिवादी रहेकोमा हाजिर भएका ९ जनाको हकमा मात्र फैसला भएको हो ।

फरार रहेका कौशल यादव, देवेन्द्र यादव, देवेन्द्र चौधरी, रमेशप्रसाद साह, सत्यन्द्र चौधरी, चन्देश्वर साह मेहतरीसहित १९ जना फरारको हकमा मुद्दालाई मुल्तबीमा राखिएको झाले जानकारी दिए ।

२०७२ भदौ २५ मा मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई विकको हत्या भएको थियो ।

घाइते अवस्थामा जनकपुरतर्फ लैजाँदै गर्दा एम्बुलेन्सबाटै थुतेर हत्या गरिएको थयो ।

हेर्नुहोस्, यससम्बन्धी लोकान्तर खोज:

असई थमन विक हत्या प्रकरण : सांसददेखि मेयरसम्मलाई पक्राउ गर्न अदालतको ताकेता !

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x