×

NIC ASIA

सरसर्ती २४ घण्टा

कोइरीलाई सफाइ- बालकृष्णलाई रिहा गर्न आदेश, ओलीमाथि आक्रमणबारे एमालेको प्रतिक्रिया

काठमाडाैं | मंसिर २९, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

मध्यपहाडी संकल्प यात्राअन्तर्गत बिहीवार धनकुटाको लेगुवा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फूलमाला र अबिरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीलाई टाउकोमा मुक्का प्रहार गरेका हुन् । तर उनले हानेको मुक्का ओलीलाई चोट पर्नेगरी भने लागेन ।


Advertisment
Rupse Holidays
Nabil box

तर, नेकपा एमालेले  मादक पदार्थ सेवनबाट उत्तेजित बनेका व्यक्तिले अध्यक्ष ओलीमाथि अस्वाभाविक व्यवहार देखाएको बताएको छ । 

Vianet communication

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एक वक्तव्य जारी गर्दै  लेगुवा बजारमा जनताबाट स्वागत लिने क्रममा मादक पदार्थ सेवनबाट उत्तेजित बनेका महेश राईले अस्वभाविक व्यवहार गरेको बताएका हुन् । 
सोही विषयमा सामाजिक सञ्जालमा अनर्गल प्रचार भएको भन्दै उनले पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् । 

‘हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओली आज भोजपुरबाट धनकुटा जाने क्रममा लेगुवा बजारमा जनताबाट स्वागत लिने क्रममा मादक पदार्थ सेवनबाट उत्तेजित बनेका महेश राई (महालक्ष्मी नपा ५ निवासी)भन्ने  व्यक्तिले देखाएको अस्वभाविक व्यवहारलाई लिएर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, उनको वक्तव्यमा भनिएको छ, ‘तथ्य नबुझी अनर्गल प्रचार नगर्न ,जनमानसमा  भ्रम नछर्न, सम्वन्धित  सवैमा हार्दिक  अपिल गर्दछु।’
००००
व्यावसायिक कम्प्लेक्स तथा भवनहरूले सेवाग्राहीसँग पार्किङ शुल्क उठाउन नपाउने काठमाडौं महानगरपालिकाको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सम्पत्ति उपभोग वा व्यवसाय गर्ने हकमा अंकुश लगाउने देखिएको भन्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले काठमाडौं महानगरपालिका आर्थिक ऐन, २०८० को एक दफा र अनुसूचीका केही व्यवस्था खारेज गरिदिएको हो ।
००००
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण ३० लाख धरौटीमा रिहा हुने भएका छन् ।
उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धरौटीमा रिहा गर्न आदेश गरेपछि खाँण कारागारमुक्त हुने भएका हुन् ।
००००
असई थमन विक हत्या प्रकरणमा प्रदेश सांसद अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको फैसला भएको छ ।
जिल्ला अदालत महोत्तरीका न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलासले बिहीवार यस्तो फैसला सुनाएको हो । यद्यपि निलम्बित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन् ।
००००
नेपाली कांग्रेसका दुवै महामन्त्रीको आसन्न महासमिति बैठकमा एउटै प्रस्ताव लानलाई संयुक्त बनाउने बैठक गरेका छन् । 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीवार काठमाडौंमा संयुक्त बैठक गरेका हुन् ।
बैठकले आसन्न महासमिति बैठकमा प्रस्तुत गर्ने महामन्त्री थापाको सांगठनिक प्रस्ताव र अर्का महामन्त्री शर्माको समसामयिक राजनीतिक प्रस्तावलाई संयुक्त बनाइ अन्तिम रुप दिने बताइएको छ ।
००००
सरकारले २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ ।    
सरकारले बिहीवार गते राजपत्रमा सूचना प्रकाशित गरेर विभिन्न २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको हो ।
००००
सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गरेको छ । 

बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई रथीमा बढुवा गरेको सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सोही बैठकलेसहसचिव सेवा लम्साललाई सचिवमा बढुवा गरेको छ ।
००००
नेपाली कांग्रेसका केन्दी्रय सदस्य डा शेखर कोइरालाले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले सुशासन दिन नसकेको बताएका छन् । 

विराटनगर विमानस्थलमा बिहीवार पत्रकारहरूसँग कुरा गर्दै उनले माओवादी नेतृत्वको वर्तमान सरकारले सुशासन दिन नसक्ने भन्दै अब सरकार परिवर्तन गर्नुमा जोड दिए ।
००००
नेपाल सुपर लिग फुटबल प्रतियोगितामा एफसी चितवनलाई पराजित गर्दै धनगढी फुटबल क्लब अङ्कतालिकाको शीर्षस्थानमा उक्लेको छ ।
००००
कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्वर्गीय राजा महेन्द्र शाहको शालिक राख्ने विषयलाई लिएर राजनीतिक दलबीच मत भिन्नता देखिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले बिहीवारदेखि लागू हुनेगरी ७ दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
००००
१४ किलो सुन प्रकरणमा त्रिभुवन विमानस्थलकी सरसफाइ सुपरभाइजर सुशीला पाण्डे पक्राउ परेकी छन् ।
अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सारक टोकराज पाण्डेले जानकारी दिए ।
००००
अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक नै रहे पनि सरकारको राजस्व आम्दानीभन्दा खर्च बढी रहेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ४ महिनाको तथ्यांकअनुसार सरकारी खर्च साढे ३ अर्बभन्दा माथि हुँदा राजस्व परिचालन करिब पौने ३ अर्ब मात्र रहेको पाइएको हो ।

यसैबीच अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरूमा सुधार हुँदै गएको दाबी गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेसले बिहीबार ललितपुरमा आयोजित औद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दै र रेमिट्यान्स बढ्दै गएकोले अर्थतन्त्रका सबै सूचकमा सुधार हुँदै गएको दाबी गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x